११ श्रावण २०८१, शनिबार

यातायात ब्यवस्था बिभागका महानिर्देशक रिजाललाई कालाे माेसाे दलेर कार्वाही

काठमाडौं :यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालाे माेसाे दलेर कार्वाही भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेकाे हाे ।

संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ । कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको स्रोतको भनाइ छ।

पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको बेला युवा संगठनले कालो माेसाे दलेको जनायकाे छ।