
काभ्रेको तेमाल गाउपालिका स्तरिय एकता भेला सम्पन्न
नकुल चाैलागाई
तेमाल काभ्रे ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तेमाल गाउपालिका स्तरीय एकता अधिबेशन बुधबार तेमाल ९ मेच्छे मुक्पामा सपन्न भएकाे छ ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बिच एकता भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो। एकता अधिवेशनले दर्शनलाई इन्चार्ज र सुर्यमान मोक्तानलाई संयोजक चयन गर्दै ११ सदस्यीय तेमाल गापा स्तरीय इलाका समिति गठन गरेको छ। जस्मा सदस्यहरु भिमराज तामाङ ,इन्द्र तामाङ ,लालमान तामाङ सरमथली ,लालमान तामाङ नारायणस्थान, साहिला तामाङ , कबिन्द्र दोङ र नेपाली रहेका छ्न्
एकता अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिनयराज शर्माले क्रान्तिको लागि कार्यदिशा र नेतृत्व सहि हुनु पर्ने त्यतो पार्टीले मात्र क्रान्ति गर्ने भएकोले त्यो सबै आफ्नो पार्टीमा भएको दाबी गरेका थ...