११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटद्वारा संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल अभियान तिब्र

जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपाल जिल्ला संगठन समिति जाजरकोटले संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल सम्बन्धिकाे अभियान तिब्र पारेकाे छ ।

जिल्लामा रहेका सात वटा स्थानीय तह हरुमा भईरहेका बिकास निर्माण का कामहरुमा अनुगमन र निरिक्षण गर्दै , आउने गरेका जनगुनासाे उपर छलफल गर्दै, सबै कामहरुमा पारदर्शिता हुनु पर्ने, ईस्टामेट अनुसार काम हुनु पर्ने र काम गर्दा मजदुर हरुले पनि समयमै पारिश्रमिक पाउनु पर्ने र बिकास निर्माणमा बाधा पुर्‍याउने खालका कदम काेहि कसैले गर्न नहुने पार्टी जिल्ला संयोजक हिमालले बताय ।

जिल्लाको पूूर्वि इलाका नलगाड नगर पालिका देखि थालिएको अभियान बारेकाेट हुँदै कुशे गाउपालिका सम्म पुगेकाे र क्रमश छेडागाड नगरपालिका ,जुनिचाँदे गाउपालिका हुदै शिवालय गाउपालिका र अन्तिममा भेरि नगर पालिकामा अभियान  संचालन गरिने पार्टी संयाेजक हिमालले बताय । दुई महिने अभियान का लागि जिल्लाको पुर्व र पश्चिम भागमा दुई वटा टिम निर्माण गरि अभियान जारि रहेकाे ,विशेष गरि शिक्षा, स्वास्थ्य र बिकास निर्माणका क्षेत्रमा भइरहेका चरम लापरबाही काे अनुसन्धान र छलफल अगाडि बढाईरहेकाे संयोजक हिमाल बताय ।

छलफल का क्रममा लिइएका तस्बिर हरु :

माेहन वैद्य (किरण ) नेतृत्वको क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला (कन्चन) नेतृत्वको नेकपा बहुमत काे गत बैशाखमा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भई हाल देशै भरि पार्टी र जवस माेर्चाका भेला अधिवेशन भईरहेका छन ।