११ श्रावण २०८१, शनिबार

यमुना सिंह लाई बचाउन सहयाेगकाे अपिल गरियकाे छ

जाजरकोट। जिल्लाको कुशे गाउपालिका वडा न. २ ढार टाेलमा बस्ने गणेशमान सिंह कि १४ बर्षकी छाेरी यमुना सिंहलाई बाल टिभिकाे काे संकेत देखिय पछि उपचारका लागि  सहयाेगकाे अपिल गरियकाे छ ।

यमुना सिंह गाउँकै जनकल्याण आधारभुत विध्यालयमा कक्षा ५ कि छात्रा हुन।उनी अरू बालबालिका भन्दा शारीरिक रूपमा हेर्दा ८/९ बर्षकी जस्ती देखिन्छिन । समाजका सबैले भन्छन् कि उमेर अनुसार बालिकाकाे नत ताैल मिल्छ नत उचाइ अन्य बालबालिका भन्दा शारीरिक हिसाबले उनी कम्जोर देखिन्छिन। तर घरयासी काम काज सबै गर्न सक्छीन । यमुना काे घरपरिवारमा जम्मा ७ जना छन् जसमा भाईबहिनी ५ जजा मध्य ३ बहिनी २ भाई मध्य उनी जेठि छाेरी हुन । उनका बुवा गणेशमान सिहं र आमा निर्मला शाही (सिहं) हुन । आमाको माइतीघर जुनिचाँदे गाउँ पालिका वडा न. ११ काेर्ताङ हाे । बालिकाका बाबुआमा गाउँ घरमा दैनिक मजदुरि गरि घर परिवार चलाउन धाैँधाैँ हुने र  समाजमा १२ महिना गाउँमा काम गरि खाने कमाउने वातावरण पनि नभएकोले बालिका यमुनालाई पटक-पटक उपचार गरे पनि निकाे नभएकोले बालिकाका बुवाले छाेरीलाई भारत लिएर ज्याला मजदुर गरि उपचार खर्च जुटाउन र दशैमा घरपरिवारका लागि लत्ताकपडा ल्याउने उदेश्यले साउन १ गते घर वाट हिडेका थिए ।

भारतकाे रिसिकेश एम्स हस्पिटलमा छाेरीलाई भर्ना गरि चेकअफ गर्दा बालिकालाई टिभि राेगकाे कारणले मुटुमा प्वाल परेको भनी रिपोर्ट डाक्टरले बालिकाको बावुलाई सुनाए यही उपचार गर्न सकिदैन यहाँ वाट रिफर गर्छाैं। अब छाेरीलाई बचाउन मुटुको अपरेसन गर्न लाखौं खर्च लाग्ने भनि डाक्टरले बालिकाको वुवालाई सुनाए त्यहाँ बाट “Sri Sathya Sai Sanjeevani Hospital new nava Raipur chhattisgarh” रिफर गरेका कागजजात बालिकाको बाबुलाई हातमा डाक्टरले पारे पछि त्याे देखेर यमुनाका बुवा केही बेर आत्तिए र  अब छाेरीलाई मुटुको अप्रेसन का लागि लाखाै जुटाउन पर्ने छ , मजदुरी गरेर कमायकाे सबै पैसा चेकजाँच मै सकियाे, अब अप्रेसनमा लाखाै खर्च गरेर छाेरीलाई बचाउनका लागि सबै आफन्त  लाई सहयाेगका लागि खबर गरे,गाउमा बेरोजगार अभावले गर्दा काेहि भारतकाे कुना, काेहि खाडि मुलुकमा छन , मुटुको जस्तो अप्रेसन मा लाखाै रकम जम्मा नगरे छाेरीकाे उपचार हुन कठिन भय पछि, सबै आफन्त र सहयाेगी मनहरुलाई जति सकिन्छ तेति नै सहयाेग गरि “यमुना सिंह बचाउ अभियानमा” जाेडिनका लागि बालिका सिंहका अंकल, समाजसेवी युवा अशाेक बहादुर सिंहले पहल गरेका छन ।

हाल बिरामी बालिका यमुना सिंहलाई भारतकाे “Sri SathyaSaSanjeevani Hospital new nava Raipur chhattisgarh” भन्ने ठाउँमा हस्पिटल वेडमा भर्ना गरि अपरेसन गर्न जम्मा धराैटि रकम नहुदा अपरेसन हुन सकेकाे छैन। र उनी वेडमै छटपटाईरहेकि छिन । उनकाे ज्यान बचाउन सम्पुर्ण आफन्त र सहयाेगि मनहरुमा अपिल गरियकाे छ ।

सहयाेगका लागि :

नाम : अशोक बहादुर सिहं
माेबाईल न. :९८४४८३०००३
नेपाल बैकं लि. जाजरकोट
खाता न. ०७५०१००११९७३७२०००००१
अशाेक बहादुर सिंह
कृषि विकास बैंक लि. जाजरकोट
खाता न.  ०८२०५०५१३१७४४००११