११ श्रावण २०८१, शनिबार

स्वास्थ्य सेवा बिभाग खरिद शाखाका प्रमुख डा.सुरेन्द्र चाैरासियालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दल्याे कालाेमाेसाे

काठमाडौं ।स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ । आज विहान निवासबाट कार्यालय जाने क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् ।

डा. चौरसियाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँगको मिलेमतोमा गरिब ११ करोड कमिसन खाएर १९ करोडको म्याद सकिएको आइरन चक्की खरिद गरेको, सेटिङमा विभागले खरिद गर्ने स्वास्थ्य सामाग्री निश्चित व्यक्तिले मात्रै पाउने गरी मापदण्ड बनाउने गरेकोले, शक्तिकेन्द्रलाई प्रभावमा पारेर एकीकृत चिकित्सा अध्ययन गरेका चौरसिया पब्लिक हेल्थको दरबन्दीमा विभागको खरिद शाखा प्रमुखको रुपमा कार्यरतलगायतका ८ आरोप लगाएको छ ।

सोही ठाउमा स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द चौरसियालाई कारवाही किन ? भन्ने शिर्षक राखेर छरिएको पर्चामा त्यसका पछाडिको कारण दिइएको छ ।
पर्चामा उक्त कारवाही एउटा चेतावनीस्वरुप गरिएको सांकेतिक कारवाही मात्रै हो र चौरसिया र यस्ता अरु भ्रष्टाचारी नसच्चिए र सरकारले कारवाही नगरे थप ठूलो कारवाही गर्न बाध्य हुनेछौं भनेर समेत जोड दिइएको छ । सरकारले समयमानै यस्ता भ्रस्टाचारीलाई कारवाही गरोस नत्र चौरसियाजस्ता भ्रष्टाचारीहरु जनताको कारवाहीबाट उम्कन सक्ने छैनन ।
त्यहाँ वितरित पर्चामा भनिएका निम्न कारणहरुले यस्तो सम्भावना बलियो देखिदै छ ।
१. स्वस्थ्य सेवा विभागमा सेटिङमा हुने भ्रष्टाचारको मुख्य नाइके भएकोले ।
२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायतसंगको मिलेमत्तोमा करिब ११ करोड कमिसन खाएर १९ करोडको आइरन चक्की खरिद प्रकरणका योजनाकार । उक्त आइरन बक्की म्याद सकिएको अवस्थामा स्वास्थ्य संस्थामा पुग्ने र महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड गरेकोले ।
३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार सम्बन्धी मुद्धालाई प्रभावित पार्न रकम बोकेर आयुक्त र कर्मचारीका घरघरमा पुग्ने गरेकोले ।
४. ठूलो कमिसनको सेटिङमा विभागले खरिद गर्ने स्वास्थ्य सामाग्री निश्चित व्यक्तिले मात्रै पाउने गरी मापदण्ड बनाउने गरेकोले ।
५. शक्तिकेन्द्रलाई प्रभावमा पारेर एकीकृत चिकित्सा अध्ययन गरेका चौरसिया पब्लिक हेल्थको दरबन्दीमा विभागको खरिद शाखा प्रमुखको रुपमा कार्यरत ।
६. काभ्रे जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना जापनिज स्वास्थ्य स्वयम् सेविकालाई यौन दुर्व्यवहार गरेर देशकै बदनाम गरेकाले
७. सिन्धुली जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना राजनीतिक कार्यकर्ताकी श्रीमतिमाथि यौन दुर्व्यवहार गरेकोले ।
८. कृषि अनुदानको दुरुपयोग गरेकोले ।
यो चेतावनीस्वरुप गरिएको सांकेतिक कारवाही मात्रै हो । चौरसिया र यस्ता अरु भ्रष्टाचारी नसच्चिए र सरकारले कारवाही नगरे थप ठूलो कारवाही गर्न बाध्य हुनेछौं ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल–जिन्दावाद !
महान् सहिद–जिन्दावाद ! भ्रष्टाचारी शासक प्रशासक–मूर्दावाद !