२३ भाद्र २०८१, आईतवार

काभ्रेको तेमाल गाउपालिका स्तरिय एकता भेला सम्पन्न

नकुल चाैलागाई

तेमाल काभ्रे ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तेमाल गाउपालिका स्तरीय एकता अधिबेशन बुधबार तेमाल ९ मेच्छे मुक्पामा सपन्न भएकाे छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बिच एकता भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो।  एकता अधिवेशनले दर्शनलाई इन्चार्ज र सुर्यमान मोक्तानलाई संयोजक चयन गर्दै ११ सदस्यीय तेमाल गापा स्तरीय इलाका समिति गठन गरेको छ। जस्मा सदस्यहरु भिमराज तामाङ ,इन्द्र तामाङ ,लालमान तामाङ सरमथली ,लालमान तामाङ नारायणस्थान, साहिला तामाङ , कबिन्द्र दोङ र नेपाली रहेका छ्न्

एकता अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिनयराज शर्माले क्रान्तिको लागि कार्यदिशा र नेतृत्व सहि हुनु पर्ने त्यतो पार्टीले मात्र क्रान्ति गर्ने भएकोले त्यो सबै आफ्नो पार्टीमा भएको दाबी गरेका थिए ।

क्रान्तिको लागि बस्तुगत अवस्था अनुकुल भएपनी आत्मगत अबस्था तयार नभएकोले आत्मगत अबस्था तयारी लागि जनताको माज आएको बताए । नेपाली कम्युनिस्ट आन्दोलन धोका नै धोकाबाट आएकोले जनताले क्रान्ति गर्छ भन्ने कुरा बिश्वास नगरेको तर हामीहरु क्रान्ति गरेर छाड्ने स्पष्ट पारेका थिए ।

नेपाल कम्युनिस्ट आन्दोलनमा उग्रवाद र संसोधनवाद दुबै क्रान्तिको बाधक रहेको बताउदै आफुहरु यो दुबैबाट टाढा रहेको बताए । उनले १०/१० बर्षमा क्रान्तिहरुहुदै आएकोले अबको आन्दोलन निर्णायक हुने र त्यस दिशामा पार्टी प्रष्ट रहेको बताए ।

कार्यक्रममा केन्द्रिय महाधिवेशन आयोजक समिती सदस्य तथा तेमालको पुरानो नेता रङ्ग वीर दोङ्ले आफुहरु आगोको झिल्को भएको आगोको झिल्कोले संसार खतम बनाउछ हाम्रो पार्टी अहिले आगोको झिल्को भएकाे बताए । उनले क्रान्तिको सुरुवातको समयमा थोरै हुने तर बिचार सिधाान्तले परिपक्व भएपछि जनता क्रान्तिको पक्षमा आएको उदाहरण दिदै जनयुद्ध कालमा हामी थोरै थियो बिचार र ब्याबहारले जनताले हामीलाई साथ दिएको र बिश्वास गरेको तर मुख्य नेतृत्वले धोका दिएकाले फेरि आन्दोलनको तयारी गर्नु परेको बताए ।

कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला सहसयोजक ढोग प्र अधिकारी ले जिल्ला र केन्द्रको परिपत्रको भाब सम्प्रेषण सहित पार्टीले लिएको कार्यनीति र रणनीतिको बारेमा पार्टीको धारणा सार्बजनिक गरे।  कार्यक्रममा प्रदेश सदस्य प्रदिप अस्तानी तेमाल को पुरानो नेता टेक ब तामाङ लगायतले सुभकामना मन्तब्य राखेका थिए।

इलाका संयोजक सुर्य ब मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम इन्चार्ज दर्शनले संचालन गरेका थिए।