१५ पुष २०८२, मंगलवार

Tag: काठमाडौं

चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ  : प्रकाशमान सिंह

चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ : प्रकाशमान सिंह

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मंसिर ४ को चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन्। राजधानीको बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाताहरूसँगको  भेटघाटमा नेता सिंहले आम युवा विद्यार्थीले चाहेजस्तो शिक्षा र रोजगारी सुनिश्चित गर्न आफूले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सबै नेपालीले चाहेअनुरुपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्ने सक्ने दाबी उनले गरे। । नागरिकले चाहेजस्तो राजनीतिक परिवर्तन भए पनि आम नेपालीको जीवनस्तर बदलिन नसकेको नेता सिंहले बताए।आसन्न निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न मतदातालाई उनले आग्रह गरेका छन्। ‘अवसर पाउँदा कसले के गरिरहेकोछ, कुन राजनीतिकले दल के गरिरहेको छ, कुन नेता के गर्दै छन्’, उनले भने, ‘यी सबको लेखाजोखा गर्नुहोला र विवकेपूर्ण निर्णय लिनुहोला...
घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त (कमलपोखरी) का अनुसार आइतबार राति ९:२० बजे बागबजारस्थित नानीदेवी महर्जनको घरको पाचौँ तलाको झ्यालबाट खस्दा २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएकी उनको उपचारका क्रममा राति १२:४० बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
प्रदीपको टिमले  मात्र गर्न सक्छ काठमाडौं ५काे विकास : नरहरि आचार्य

प्रदीपको टिमले मात्र गर्न सक्छ काठमाडौं ५काे विकास : नरहरि आचार्य

Breaking News, चुनाव, पर्यटन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
१३ कार्तिक काठमाडौं ।कांग्रेसका  बाैद्धिक नेता नरहरि आचार्यले काठमाडौं- ५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताएका छन्। आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरूको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्। ‘काठमाडौं- ५ मा युवाहरूको बलियो टिम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टिमले जिते मात्र काठमाडौं- ५ मा विकासका ढोका खुल्न थाल्छन्।’ साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए। ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिबद्धतालाई पूरा गर्न अब ५ वर्ष प्रदीपजीले घच्घच्याउनुहुनेछ,’ आचार्यले भने। अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रस्ट पारे। त्यसैले, गठबन्धनप्रति जिम्मेवार र...
नेकपा एकीकृत समाजवादीले भोलि घोषणापत्र ल्याउने

नेकपा एकीकृत समाजवादीले भोलि घोषणापत्र ल्याउने

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । महासचिव बेदुराम भुसालका अनुसार भोलि दिउँसो तीन बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक हुन लागेको हो । एकीकृत समाजवादीले उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो । समाजवादीले घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ ।...
इलेक्ट्रिक स्कुटर हिराेकाे ‘भिडा-भी १’ सार्वजनिक

इलेक्ट्रिक स्कुटर हिराेकाे ‘भिडा-भी १’ सार्वजनिक

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
१३ कार्तिक काठमाडौं । अन्ततः हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पको ई-स्कुटरको नाम भिडा-भी १ राखिएको छ । कम्पनीले यसलाई शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा उपलब्ध छ । एउटा भिडा-भी १ प्लस र अर्को भिडा-भी १ प्रो हो । कम्पनीका यी ई-स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक पटक चार्ज गर्दा यी स्कुटरहरू १६५ किलोमिटरसम्म चल्न सक्छन् । यी स्कुटरको दायरा १.४५ लाख भारतीय रुपैयाँदेखि सुरु हुन्छ । भिडाका यी स्कुटरले भारतमा ओला, अथर, बजाज, टिभिएस, ओकिनाला लगायत अन्य ईभी कम्पनीका स्कुटरसँग प्रतिस्पर्धा गर्नेछन् । हिरो मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक पवन मुंजालले स्कुटर सार्वजनिक गर्दै भने, ‘हामीले यो वर्षको मार्च महिनामा सम्पूर्ण विश्वलाई वाचा गरेका थियौं, जुन आ...
१११ मेगावाटको रसुवागढी आयोजनामा धमाधम उपकरण जडान

१११ मेगावाटको रसुवागढी आयोजनामा धमाधम उपकरण जडान

अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
१३ कार्तिक काठमाडौं , रसुवा — उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालु आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ ।  भूमिगत संरचनाबाट १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ । जडान भइरहेका तीन वटा टर्वाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ । साथै, चालु आर्थिक वर्षभित्रै तीन वटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नका लागि प्राविधिकहरु जुटेका हुन् । भूमिगतरूपले हिमाली जिल्ला रसुवाको भिरपाखोमा नमूनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपश्चात् प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्‌कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माणको अगुवाइ लिएको थ...
आयात ३४ प्रतिशत बढ्यो पेट्रोलियम पदार्थको ,

आयात ३४ प्रतिशत बढ्यो पेट्रोलियम पदार्थको ,

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१३ कार्तिक काठमाडौ । — साउन र भदौ महिनामा गत वर्षको समीक्षा अवधिको तुलनामा समग्र आयात १३ प्रतिशतले घटे पनि सोही अवधिमा पेट्रोलियम पदार्थको आयात भने ३४ प्रतिशत बढेको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा कुल २ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ । गत वर्षको यसै अवधिमा जम्मा ३४ अर्ब १८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । रकमका आधारमा साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १६.७ प्रतिशत पुगेको छ । जबकि गत वर्षको साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा जम्मा १०.९ प्रतिशत मात्रै थियो । समग्रमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा कुल आयातमा यसको हिस्सा समेत बढेको देखिएको हो । मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पर्दछ । साउन र भदौमा धेरै आयात हुने वस्तुमा...
नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय स्कुलिङ कार्यक्रम (७-११ कात्तिक, २०७९) भर्खरै सम्पन्न भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा स्कुलिङ परम्परामा यो पृथक विशेषतायुक्त र ऐतिहासिक रहेको छ । विज्ञानसम्मत तरिकाले नवीनताको खोज गर्नु यसको मूल विशेषता हो । स्कुलिङ विभागका हामी एकाध सदस्यबाहेक पार्टीका अन्य सबै केन्द्रीय सचिवालय सदस्यहरूको सक्रिय सहभागिता रहेको यो कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कमरेड कञ्चन, प्रवक्ता तथा स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज कमरेड सुदर्शन, कार्यालय सदस्यद्वय क. प्रविर र क. दिपक आ–आफ्नो विषयको प्रस्तोता हुनुहुन्थ्यो । यो स्कुलिङ कार्यक्रमले सत्यको अन्वेषणमा महत्त्वपूर्ण योगदान पुरयाउने विश्वास लिइएको छ । स्कुलिङका सन्दर्भमा एउटा सन्दर्भ बेला-बेलामा चर्चामा आइरहन्छ । एकजना अभिभावकले आफ्ना दुई छोराहरूलाई विद्वान् र पारङ्गत बनाउन एकजना ठुला विद्वान्...

रानी पोखरीमा छठ मनाउन नपाइने

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
११ कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ । पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकाले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए । ‘३ चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीमा तेस्रो चरणमा भएको काम महानगरलाई हस्तान्तरण भइसकेको छैन,’ मानन्धरले भने, ‘छठ मनाउने क्रममा ती पूर्वाधार भत्किएमा वा बिग्रिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा उठेकाले रानी पोखरी छठका लागि खुल्ला नगर्ने निर्णय महानगरले गरेको छ ।’ उनका अनुसार पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन । मन्दिर महानगरलाई हस्तान्तरण भएकै कारण हिजो भाइटीकाको दिन मन्दिर खुल्ला गरेर व्यवस्थापनको समन्...
माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै

माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
६ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ । इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौं,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले  भने ।...