११ श्रावण २०८१, शनिबार

चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ : प्रकाशमान सिंह

काठमाडौं  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मंसिर ४ को चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन्।

राजधानीको बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाताहरूसँगको  भेटघाटमा नेता सिंहले आम युवा विद्यार्थीले चाहेजस्तो शिक्षा र रोजगारी सुनिश्चित गर्न आफूले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सबै नेपालीले चाहेअनुरुपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्ने सक्ने दाबी उनले गरे। ।

नागरिकले चाहेजस्तो राजनीतिक परिवर्तन भए पनि आम नेपालीको जीवनस्तर बदलिन नसकेको नेता सिंहले बताए।आसन्न निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न मतदातालाई उनले आग्रह गरेका छन्।

‘अवसर पाउँदा कसले के गरिरहेकोछ, कुन राजनीतिकले दल के गरिरहेको छ, कुन नेता के गर्दै छन्’, उनले भने, ‘यी सबको लेखाजोखा गर्नुहोला र विवकेपूर्ण निर्णय लिनुहोला।’

राजनीतिक अस्थिरताकै कारण भ्रष्टाचारले सीमा नाघेको, प्रशासनिक निकाय  सिस्टममा चल्न नसकेको, जतासुकै भनसुनबिना काम हुन नसकेको उल्लेख गर्दै नेता सिंहले शासन व्यवस्थामा सुधार र भ्रष्टाचार अन्त्यका लागि कांग्रेसलाई मत दिन नागरिकलाई आग्रह गरे।

आम युवा विद्यार्थीले चाहेजस्तो शिक्षा र रोजगारी सुनिश्चित गर्न आफूले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सबै नेपालीले चाहेअनुरुपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्ने सक्ने दाबी उनले गरे।