११ श्रावण २०८१, शनिबार

नेकपा एकीकृत समाजवादीले भोलि घोषणापत्र ल्याउने

१३ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

महासचिव बेदुराम भुसालका अनुसार भोलि दिउँसो तीन बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक हुन लागेको हो ।
एकीकृत समाजवादीले उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो ।

समाजवादीले घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ ।