११ श्रावण २०८१, शनिबार

घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत्त (कमलपोखरी) का अनुसार आइतबार राति ९:२० बजे बागबजारस्थित नानीदेवी महर्जनको घरको पाचौँ तलाको झ्यालबाट खस्दा २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो।

गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएकी उनको उपचारका क्रममा राति १२:४० बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।