१८ असार २०८२, बुधबार

Tag: अखिल (क्रान्तिकारी)

गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेसका उम्मेदवार विनाेद चाैधरीकाे घरमा कालाे ब्यानर :

गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेसका उम्मेदवार विनाेद चाैधरीकाे घरमा कालाे ब्यानर :

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
२ मंसिर बुटवल  । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वयंसेवक नेपालले गृहमन्त्री तथा नेपाली काँग्रेसका उमेद्वार बालकृष्ण खाँडको घरमा कालो ब्यानर टाँगेको छ । युवा जनस्वयंसेवक नेपाल रुपन्देहीले मंसिर ४ को निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनेका बालकृष्ण खाँड एमसिसी र एसपिपिको मतियार बनेको बन्दै अबज्ञा गरिएको जनाएको छ । यस्तै अर्का उम्मेद्वार दिपक बोहोराको घरमा पनि कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति रुपन्देहीले मंसिर ४ को निर्वाचनमा दिपक बोहोरालाई सामाजिक बहिस्कार गरौँ । आयल निगमको जग्गामा घोटाला गरेको, राष्ट्रघाती सम्झौता एमसिसीको मतियार भएको, दलाल भु–माफिया भएको भन्दै ब्यानर टाँगेको छ । गृहमन्त्री खाँड र दिपक बोहोरा दुबैलाई भोट नहाल्न र सामाजिक बहिष्कार गर्न समेत आह्वान गरिएको छ । बिहिवार  नेपालकै धनाढ्यमा गनिने विनोद चौधरीको...
नेकपा  (बहुमत ) निकट अखिल क्रान्तिकारीद्वारा  उमेश श्रेष्ठ विरुद्ध कालो ब्यानरसहित प्रदर्शन

नेकपा (बहुमत ) निकट अखिल क्रान्तिकारीद्वारा उमेश श्रेष्ठ विरुद्ध कालो ब्यानरसहित प्रदर्शन

राजनीति, शिक्षा, समाचार, स्वास्थ
काठमाडौँ: शैक्षिक र मेडिकल क्षेत्रमा विकृति फैलाएर ब्रह्मलूट गरेको भन्दै  उमेश श्रेष्ठविरुद्ध कालो ब्यानरसहित प्रदर्शन गरिएको छ । नेकपा बहुमतको भातृ सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले सुनिल शर्मा निर्देशक रहेको काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज र उमेश श्रेष्ठविरुद्ध मङ्गलबार कालो ब्यानरसहित प्रदर्शन गरेको हो । यस अघि अखिल क्रान्तिकारी केन्द्रीय समितिले सुनिल शर्मा निर्देशक रहेको काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज विरुद्ध मङ्गलबार कालो ब्यानरसहित प्रदर्शन गरेको हो । त्यसैगरी अखिल क्रान्तिकारीले शैक्षिक माफिया उमेश श्रेष्ठलाई कारबाही किन भन्ने शीर्षकमा सार्वजनिक गरेको कालो ब्यानरमा लेखिएको छ : १) सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गरेकाले । २) प्राकृतिक स्रोत र साधनमाथि व्यापक ब्रह्मलुट गरेकाले । ३) विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेका...
चुनाव सम्बन्धी धारणा सार्वजनिक गर्न क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै

चुनाव सम्बन्धी धारणा सार्वजनिक गर्न क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ: नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नेकपा(क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आउदै गरेको संसदीय निर्वाचन वहिस्कार तथा अवज्ञाबारे पत्रकार सम्मेलन गर्दैछन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन वहिस्कार तथा अवज्ञाबारे संगठनको आधिकारीक धारणा सार्वजनिक गर्न आज शुक्रबार दिउसो १ बजे काठमाडौँको अनामनगरमा रहेको संबाद डबलीमा दुई विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । बहुमत निकट अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले हिजो बिहिबार संयुक्त विज्ञप्ति जारी गरी पत्रकार सम्मेलन हुन लागेको जानकारी दिएका छन् । ...
सिमाक्षेत्रमा हुने भारतिय दादागिरीको प्रतिरोध गरौँ : मिलन राई

सिमाक्षेत्रमा हुने भारतिय दादागिरीको प्रतिरोध गरौँ : मिलन राई

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, सुचना संचार
काठमाडौं, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन दाईले भारतिय दादागिरीको प्रतिरोध गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष राईले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दैँ सिमाक्षेत्रमा पटकपटक हुने भारतिय हस्तक्षेप र दादागिरीको प्रतिरोध गर्न अपिल गरेका हुन । अध्यक्ष राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हिजो शुक्रबार मात्रै दार्चुला जिल्लाको व्यास गाउँपालिका -०२ दुम्लिङको महाकाली नदि क्षेत्रमा सडक निर्माण कार्यका लागि भारतीय पक्षद्वारा बम विस्फोट गराउदा व्यास गाउँपालिका-२ दुम्लिङका कक्षा ०३ मा अध्ययन गर्ने ०९ वर्षीय बालक पवन महराको मृत्यु भएको छ र केही मानिस घाइते भएका छन । यस घटनाले फेरि भारतीय साम्राज्यवादको असलि चरित्र उदाङ्गो भएको छ । हाम्रो संगठन यस घटनाको कडा निन्दा र भत्सर्ना गर्दछ ।’ त्य...
बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र |

बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र |

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ  नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोका जवस/मोर्चाहरूले सबै जिल्लाका निर्वाचन आयोगका अधिकृतहरूलाई भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । जवस/मोर्चाका नेता–कार्यकर्ताहरूले मधेस ब्युरोका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र रौतहटका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र बुझाएका हुन् । सर्लाहीको निर्वाचन आयोगको कार्यालयमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माण, जिल्ला संयोजक बिहानी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज किसुनदेव शर्मा, मधेसी मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ठगा राम, युवा जनस्वयम्सेवक नेपालका जिल्ला सदस्य बिजिन्द्रमण्डलसहितको टोलीले निर्वाचन कार्यालयका अधिकृत निर्मल पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । त्यस...
देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ : भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष भूमिका खेल्ने र संसद्‌बाट पारित गराउन भूमिका खेल्नेहरूलाई सांसदको उम्मेदवार नबनाउन चेतावनी दिँदै नेकपा (बहुमत) ले आइतबार उम्मेदवारी मनोनयनकै दिन देशभरका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र दिएको छ । नेकपा (बहुमत) का विभिन्न नौवटा जनवर्गीय सङ्गठनहरूले देशशभर एकैसाथ ज्ञापनपत्र दिएका हुन् । मङ्सिर ४ गते हुने भनिएको निर्वाचनमा भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन निर्वाचन आयोगलाई आग्रह गर्दै उक्त ज्ञापनपत्र बुझाइएको जानकारी नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र विकले दिए । उनले आफ्नो पार्टी निकट रहेका नौ ...

सिटिइभिटी उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ‘सिटिइभीटी’ उपाध्यक्ष र सदस्य सचिव सहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र भट्टराई र सदस्य सचिव जीव नरायण काफ्लेको कार्यकक्ष सहित स्तर उन्नती शाखामा समेत बुधवार तालाबन्दी गरेको हो । संगठनको तर्फबाट सिटिइभिटीलाई बुझाईएको आठ बुदे मागपत्रको बारेमा सुनवाई नगरेको, वर्ष दिब भैसक्दा समेत परिक्षाफल प्रकाशित नगरेको, स्तर उन्नतिका नाममा आर्थिक चलखेलका आधारमा ४१ ओटा कलेजमा Program Extension गरेकोले, पछिल्लो समय वैधानिक भ्रष्टाचारको केन्द्रको रुपमा स्थापित भएकोले तालाबन्दी गरिएको सङ्गठनका केन्द्रीय सचिब तथा विश्वविद्यालय-सिटिइभिटी विशेष क्षेत्र इन्चार्ज नवराज भट्टले जानकारी दिए । त्यस्तै छात्रवृत्तिमा व्यापक अनियमितता र अपारदर्शीता भएकोले...