११ श्रावण २०८१, शनिबार

अखिल क्रान्तिकारी द्वारा त्रिविकाे ढिलासुस्ती बिरुद्ध ताला र नारा सहित बिराेध प्रदर्शन ।

काठमाडौँ : अखिल क्रान्तिकारीले सबै तह र सङ्कायको परीक्षाफल प्रकाशित नभएसम्मका लागि परीक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

तालाबन्दीपछि आइतबार आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले भने, ‘गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने कुरा हाम्रो सङ्गठनलाई स्वीकार्य छैन ।’ उनले अक्षम त्रिवि प्रशासनले तत्काल राजीनामा नदिए कडा सङ्घर्ष गर्ने चेतावनी पनि दिए ।

त्रिवि क्याम्पस विशेष समितिका इन्चार्जसमेत रहेका सङ्गठनका केन्द्रीय सदस्य गोविन्द बिस्टले नेपालको शैक्षिक जगतकाे  अग्रणी संस्था त्रिवि पछिल्लो समय दिनप्रतिदिन सङ्कटको भुमरीमा फस्दै गएको र त्यसलाई रोक्न सङ्गठनले त्रिवि प्रशासनसँग संग माग राखिएको हाे ।

तालाबन्दी गर्नुपर्ने थप कारण उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘परीक्षा नियन्त्रकको राजीनामा, दोषी कर्मचारीलाई कडा कारबाही र विद्यार्थीको उत्तरपुस्तिकाको तत्काल खोजी गरी सबै तह र सङ्कायको परीक्षाफल प्रकाशित नभएसम्म बाध्य भएर परीक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । अक्षमहरूलाई देशको ढुकुटी झ्वाम पार्दै कुर्सीमा बसिरहने अधिकार छैन । तत्काल निकास नदिए हाम्रो सङ्गठन सडक मोर्चाबाट कारबाही गर्न बाध्य हुनेछ ; ।

विज्ञप्ति जारी गर्दै बिस्टले भनेका छन्, ‘विडम्बना ! त्रिविले गल्ती र कमजोरीहरू थप बढाउँदै लगिरहेको छ । विभिन्न तह र सङ्कायको परीक्षाफल एक वर्ष बितिसक्दासमेत त्रिविले प्रकाशन गर्न सकेन । हाम्रो सङ्गठनले त्यस्तो हदै दर्जाको ढिलासुस्ती, लापरबाही र अक्षमताका विरुद्धको सङ्घर्षपछि तुरुन्तै परीक्षाफल प्रकाशित गर्ने सहमति भएको थियो तर रिजल्टको पर्खाइमा बसेका विद्यार्थीलाई छक्याउँदै २०७८ पुस २० देखि माघ ४ सम्म त्रिविले परीक्षा लिएको स्नातक तह बीबीएस चौथो वर्ष Business Research Method विषयको सिम्बोल नं. ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थीको उत्तरपुस्तिका हराएको घटना बाहिरिएपछि हाम्रो सङ्गठन गम्भीर तथा आक्रोशित भएको छ ।’

बिज्ञप्ति :