२०८३ असार १२, शुक्रवार

Breaking News

बझाङमा जिप दुर्घटना : मन्त्री सिंह सहित ३जना घाईते, २ जनाकाे मृत्यु

बझाङमा जिप दुर्घटना : मन्त्री सिंह सहित ३जना घाईते, २ जनाकाे मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
धनगढी ।बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् ।घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगियकाे छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए । ‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भने । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिक...
पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।तत्कालीन अधिराजकुमार निराजनविक्रम शाहको नाममा काठमाडौंमा थप जग्गा भेटिएको छ । काठमाडौं– १३ कालीमाटीमा करिब सातआना जग्गा फेलापरेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ । गत ३१ जेठमा बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको बैठकले सो जग्गा ट्रस्टको नाममा ल्याउने निर्णय गरेको छ । ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यका अनुसार बोर्डको निर्णयपछि सो जग्गा ट्रस्टको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो । ट्रस्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको छ । नीराजनको नाममा रहेको कालीमाटीको जग्गा मोहीका कारण ट्रस्टले पत्ता लगाएको हो । मोहीले नै आधा जग्गा माग गर्दै ट्रस्ट कार्यालयमा निवेदन दिएपछि आधा दिएर बाँकी आफ्नो नाममा ल्याएको हो । हालसम्म विभिन्न १२ जिल्लामा राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको २१ हजार पाँच सय ६३ रोपनी जग्...
चार दलिय समाजवादी माेर्चा घाेषणा

चार दलिय समाजवादी माेर्चा घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । चार वामपन्थी पार्टी =प्रचण्ड नेतृत्वको माओवादी केन्द्र ,उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी , माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी ) पार्टी, र विप्लव नेतृत्वको नेकपा बिच संयुक्त समाजवादी माेर्चा गठन भई आज घाेषणा गरेका हुन । साेमबार काठमाडौंकाे भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहकाे हलमा एक कार्यक्रम गरि चार दलमा घोषणा गरिएको यो मोर्चा निर्माणको उद्देश्य नेपाली विशेषताको समाजवाद स्थापना गर्ने साझा प्रयास हुने नेताहरुले बताएका छन् । ७ बुदे पत्रमा हस्ताक्षर गरि ओैपचारिक रुपमा माेर्चा घाेषणा गरेका हुुन। २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएलगत्तै मोर्चा निर्माणको पहल सुरु भएको थियो । नेकपा फुट्दा केपी शर्मा ओलीको इतर समूहमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सर्वोच्चको फैसलाले अलग ग...
स्थानीय पाठ्यक्रम निर्माण गरि बितरण गर्ने पहिलाे स्थानीय तह बन्याे: कुशे गाउपालिका

स्थानीय पाठ्यक्रम निर्माण गरि बितरण गर्ने पहिलाे स्थानीय तह बन्याे: कुशे गाउपालिका

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट ।कुशे गाउपालिका जाजरकोटले स्थानीय पाठ्यक्रम निर्माण गरि वितरण गरेकाे छ । जिल्लाका सात वटा स्थानीय तह मध्ये स्थानीय पाठ्यक्रम निर्माण गरी प्रत्येक बिद्यालयमा बितरण गर्ने  पहिलो स्थानीय तह बनेको छ भेरि नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण गर्ने पहिलाे स्थानीय तह हाे भने कुशे गाउपालिका वितरण गर्ने स्थानीय तह बनेकाे हाे। पालिकाको परिचय,सम्पुर्ण बिद्यालयकाे संक्षिप्त्त चिनारी , साँस्कृतिक सम्पदा, पेशा व्यवसाय र प्रविधि, वातावरण, असल बानी व्यवहारहरु, दुर्घटना तथा विपद व्यवस्थापन, व्यक्ति र संस्थाको योगदानलाई समेटि आधारभुत तह ( कक्षा १—८)  "हाम्रो कुशे हाम्राे खुसी"स्थानीय पाठ्यक्रम २०८०" नामक पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय संस्कृति, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको गाउपालिकाका शिक्षा यूवा तथा ख...
ताप्लेजुङमा बाढीले ३ घर बगायो, दोभान बजार जोखिममा

ताप्लेजुङमा बाढीले ३ घर बगायो, दोभान बजार जोखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
ताप्लेजुङ । अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । शनिबार राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए । उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ । यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामा...
महिला उद्यमीद्वारा उत्पादित घरेलु सामाग्रीकाे  प्रदर्शनी मेला सम्पन्न

महिला उद्यमीद्वारा उत्पादित घरेलु सामाग्रीकाे प्रदर्शनी मेला सम्पन्न

Breaking News, अर्थवाणिज्य, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
ललितपुर । ललितपुर महानगरपालिका वडा न १९ काे मंगलबजार पाटन दरवारकाे ह:खा टाेलमा महिला उद्यमीद्वारा उत्पादित घरेलु सामाग्रीहरुकाे प्रदर्शनी मेला सम्पन्न भयकाे छ । ललितपुरको समृद्धि ,सुशासनको आधार !सम्पदा, साँस्कृति,सहितको स्मार्ट सेवा र पुर्वाधार !! भन्ने उद्धाेषका साथ शुक्रबार देखि सुरु भयकाे मेलामा महिला उद्यमिद्वारा उत्पादनमूलक विभिन्न सामाग्रीहरुकाे प्रदर्शनी भयकाे थियाे ।ललितपुर महानगर र महिला बिकाश शाखा  पुल्चोककाे आयाेजनामा भयकाे मेलाकाे संयाेजन महानगरीय महिला उद्यमि संजालले संयाेजन गरेकाे थियाे ।  ...
फर्केर सम्झिदा जाजरकोटको पत्रकारीता: जनक के.सि.

फर्केर सम्झिदा जाजरकोटको पत्रकारीता: जनक के.सि.

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
- जाजरकोटमा पत्रकारीताको ऐतिहासिक पृष्ठभुमि: चरम भौगोलिक विकटता, अज्ञानताको तुवालो र चौतर्फी अभावयुक्त खाडलहरुका विचमा परिवर्तन र सिर्जनात्मक कार्यको हुटहुटी भएका केहि युवाहरुको पहलमा २०३५ सालतिर लिथो मेसिनवाट मालिका हवाइ पत्रिका प्रकाशन गरि सुरु भएको जाजरकोटको पत्रकारीतामा म भने २०५७÷ ५८ साल देखि विस्तारै सहभागि हुन पुगेँ ।काठमाडौं र नेपागन्जसंग उति वेला सहज र उन्नत सम्वन्ध नभएका कारण जाजरकोटको पत्रकारीतामा सहजताको सम्भावना सुन्य जस्तै थियो । काठमाडौंमा छापिएका पत्रपत्रिकाहरु ६ महिना एक वर्ष पछि सदरमुकाम खलंगामा पुग्ने मात्र होइन श्रोत साधनको अभावले जिल्लामै पत्रपत्रिकाको छपाइ पनि गाह्रै काम थियो । उति वेला कसैले हातैले काजगमा केहि रचना र लेख लेखेर कतै देखायो भने पनि अचम्म लाग्ने अवस्था थियो । उ वेलाका जाजरकोटी युवाहरु अमर शाह, दिलिप शाह, राजेस्वर कार्की र मधुकर शाहले निकै प्रतिकुल स...
दर्शन भनेकाे के हाे : माेहन वैद्य (किरण)

दर्शन भनेकाे के हाे : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार
सामान्य परिचय : दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक बस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउँने गर्दछ । वर्ग–समाजमा दर्शन पनि वर्गिय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीबीहरुको पक्षमा बोल्दछ र उनीहरुको भलो गर्दछ । द्वन्द्वावाद र भौतिकवादको मिलनबाट द्वन्द्वात्मक भौतिकबाद बन्दछ । १.द्वन्द्ववाद के हो ? कुनै पनि वस्तुको अस्तित्व त्यसमा निहित नयाँ र पुरानो, जीवनशील र मरणशील दुई बिरोधी पक्षबीचको लडाईमा आधारित हुन्छ र यसै लडाइबाट नयाँ बस्तु जन्मन्छ । वस्तुमा रहेको यसै लडाइ अर्थात् गति वा अन्तर्विरोधको अध्ययन गर्ने पद्वतिको नाम द्वन्द्ववाद हो । द्वन्द्ववाद र भौतिकवाद दुवै पहिलेदेखि नै बेग्ला बेग्लै रुपमा विकसित हुदै आएका थिए । द्वन्द्ववाद, आदर्शवाद र भौतिकवाद अध...
१५ लाखकाे याेजना काम थालिएको १५ दिन नपुग्दै वाल भत्कियाे

१५ लाखकाे याेजना काम थालिएको १५ दिन नपुग्दै वाल भत्कियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट । जाजरकोट कुशे गाउपालिका वडा न १ मा रहेकाे गणेश आधारभूत बिद्यालयकाे घेराबार निर्माण कार्य थालियकाे १५ दिन नपुग्दै वाल भत्किएको छ । मुख्यमन्त्री राेजागार कार्यक्रम अन्तर्गतबाट १५ लाखकाे लागतमा बनेकाे उक्त वाल काम थालिएको १५ दिन नपुग्दै भत्किएको हाे। आयाेजनामा खटिएका कामदार हरुले ज्याला नपायकाे गुनासो गरेका छन , कामदार स्थानीय प्रकाश रावतले ज्याला माग्दा उल्टै पिटाइ खायकाे र अहिले वडामा निवेदन पेश गरेकाे बताय ।  भेला गरि समिति गठन गर्ने भने पनि, बिवाद भय पछि  राति  किर्ते हस्ताक्षर गरि समिति निर्माण गरियकाे रावतले बताय । प्राविधिक स्टामेट बमाेजिम गर्नु पर्नेमा आफ्नै मनपरिले काम गरियकाेले उक्त वाल भत्तकियकाे स्थानीय संजय चलाउनेेले बताय।साेहि वडाकाे आधारभूत स्वास्थ्य केन्द्र स्थापना भयकाे ३बर्ष पुगिसक्दा पनि अहिले सम्म खानेपानिकाे ब्यवस्था नभयर , आधा घण्टा टाढाबाट पानी बाेकेर चलाउने...
प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त

प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।...