१४ पुष २०८२, सोमबार

Breaking News

भारतिय संसद भवनकाे नक्शा नेपाल सरकारकाे नाेटिसमा छ: उर्जा मन्त्रि :बस्नेत

भारतिय संसद भवनकाे नक्शा नेपाल सरकारकाे नाेटिसमा छ: उर्जा मन्त्रि :बस्नेत

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताएका हुन् । ‘यो विषय सरकारको नोटिसमा छ,’ मन्त्री बस्नेतले भने, ‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’ बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । ...
शिक्षक लाइसेन्स परिक्षामा जुनसुकै बिषय पढेकाले परीक्षा दिन पाउने

शिक्षक लाइसेन्स परिक्षामा जुनसुकै बिषय पढेकाले परीक्षा दिन पाउने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने भएका छन् । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन पाउँथे । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने छ ।’ अर्थमन्त्री डा. महतले आधारभूत तहका शैक्षिक योग्यता शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन तथा स्तरोन्नती गरिने समेत बताए । साथै सामुदायिक विद्यालयका शिक्षकसँग स्थानीय तहको कार्यसम्पादन करार गरी कार्यसम्पादन स्तरलाई वृत्ति विकाससँग आबद्ध गर्ने व्यवस्था गरिने छ । यसैगरी खुला प्रतिस्पर्धाबाट प्रधानान्याधापक छनोट गर्न स्...
भेरि नगरपालिका वडा न १पिपेमा आधारभूत सिलाई कटाई तालिम संचालन

भेरि नगरपालिका वडा न १पिपेमा आधारभूत सिलाई कटाई तालिम संचालन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट । भेरि नगरपालिका वडा न १ पिपेमा ४५ दिने महिला उद्येमशिल आधारभूत सिलाई कटाई तालिम संचालन भयकाे छ । भेरि नगरपालिका खलंगा जाजरकोटकाे आर्थिक सहयाेगमा संचालन भयकाे उक्त तालिमलाई वडा न १ ले समन्वय गरेकाे छ भने दिल टेलर्स भेनपा १ ले आयाेजककाे जिम्मा लिई २ जना प्रशिक्षक ,दिनेश परियार र गणेश परियारलाई ताेकि तालिम संचालन भयकाे  हाे । महिलाहरुलाई सीप सिकाई उद्धमशिल तथा आत्मनिर्भर बनाउनका लागि तालिम संचालन गरियकाे वडा अध्यक्ष दिपक रानाले बताय । आधारभूत तालिममा २५जना महिलाहरुले सीप सिकिरहेका छन । तालिम असाढ २० गते सम्म संचालन हुनेछ बताएको छ । उक्त तालिमका लागि भेरि नगरपालिकाले ३लाख ५० हजार सहयाेग गरेकाे छ भने ५५हजार दिल टेलर्सले ब्यहाेर्ने गरि जम्मा ४ लाख ५ हजार लागतमा विभिन्न सिकाई सम्बन्धि  प्राबिधिक सामान खरिद र सहभागिलाई खाजाकाे र भत्ताको ब्यवस्था गरि तालिम संचालन गरियकाे संचालक  द...
इच्छुक प्रतिष्ठानबाट चारजना पुरस्कृत

इच्छुक प्रतिष्ठानबाट चारजना पुरस्कृत

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं ।इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे आयाेजनामा २२ ओैं इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस एवम् पुरस्कार सम्मान समारोह सम्पन्न भएकाे छ । काठमाडौं -२९ घट्टेकुलाे स्थित प्रतिष्ठानकाे आफ्नै भवनकाे इच्छुक प्रेक्षालयमा आयाेजित कार्यक्रममा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आयकाे इच्छुक पुरस्कार तथा सम्मान यस वर्ष पनि चारजनालाई प्रदान गरेको हाे । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डे्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रगतिवादी कवि मित्रलाल पंज्ञानीले बताए । “इच्छुक स्मृति पुरस्कार -२०७९” यसवर्ष नेपाली भाषी भुटानी साहित्यकार तुम्केहाङ लिम्बू र स्याङ्जाका साहित्यकार देवेन्द्र लम्साललाई संयुक्तरूपमा प्रदान गरिएकाे छ । त्यसैगरी “इच्छ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासी द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासी द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
नवलपरासी ।क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको आयोजनामा जनयुद्धको महान् सांस्कृतिक सहिद तथा जनपत्रकार कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवसको सन्र्दभमा अन्तरक्रिया कार्यक्रम शनिवार बर्दघाट–२ चिसापानीस्थित रोयल कटेजमा सम्पन्न भएको छ । कृष्ण सेन ‘इच्छुक’को २२ औँ स्मृति दिवसको अवसरमा सो पार्टीले भष्ट्राचार तथा मानव तस्करी र संसदीय ब्यवस्था बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपालका महाधिबेशन आयोजक समिति सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले भष्ट्राचारमा पोख्त भएको संसदीय दलाल ब्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी तथा बैज्ञानिक समाजवादी ब्यवस्था ल्याउन अपरिहार्य रहेको बताउनुभयो । उहाँले संसदीय ब्यवस्था राष्ट्रघाती जनघाती रहेको उल्लेख गर्दै यो ब्यवस्थाको अन्त्य गर्नका लागि क्रान्तिकारीहरुबीच बृहत एकता ...
इच्छुकलाई हत्या गरेकै ठाउमा काेण सभा सम्पन्न

इच्छुकलाई हत्या गरेकै ठाउमा काेण सभा सम्पन्न

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।प्रगतिवादी साहित्यकार तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को सम्झनामा आज देशभर विविध कार्यक्रम गरि उनको सम्झाना गरिएको छ । आजभन्दा २२ वर्षअघि तत्कालिन शाही सरकारले उनलाई माओवादी जनयुद्धलाई सहयोग गरेको आरोपमा गिरफ्तार गरि हत्या गरेको थियो । यसैबीच मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुको आयोजनामा गरिएको कार्यक्रममा सहभागीहरुले सेनलाई स्मरण गरे । सेनको सम्झनामा आयोजित कार्यक्रम शान्तिबाटीकाबाट सुरु भएको प्रभातफेरी र्याली बागबजार, पुतलीसडहुँदै महेन्द्र पुलिस क्लब अगाडि गएर कोणसभामा परिणत भएको थियो । महेन्द्र प्रहरी क्लबमा नै सेनलाई कुटिकुटी हत्या गरिएको समाचार जनआस्था साप्ताहिकले प्रकाशन गरेको थियो । त्यसकारण महेन्द्र प्रहरी क्लब अगाडि नै कोणसभाको आयोजना गरिएको हो ।ईच्छुकका हत्यारालाई कार्वाही गर , प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा जुलुस सहित सबै...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट बैंठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति जाजरकोटकाे प्रथम बैंठक सम्पन्न भयकाे छ । सबै खाले संशोधनवाद,तिव्र महत्वआँकाक्षि अवसरवाद र फुटवादलाई ध्वस्त पाराै , एकताको पक्षमा उभिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काे कार्यदिशा वैज्ञानिक समाजवादको बाटाेमा दृढतापुर्वक अगाडि बढाै ,विकृति दलाल ब्यवस्थाका विरुद्ध धाँवा वाेलाै, भ्रष्टाचार मुक्त समाज निर्माण गराै भन्ने मुल उद्धेश्यका साथ पहिलो बैठक सम्पन्न भयकाे पार्टी संयोजक हिमालले जानकारी गरायका छन। २०८० बैशाख १८ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी  पार्टी बिच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नाम राखियकाे थियाे । र साे पार्टीको अध्यक्ष माेहन वैद्य किरण र प्रवक्ता धर्मेन्द्र बास्ताेला (कन्चन) लाई चयन गरेकाे थियाे। पा...
स्वास्थ्यकर्मीलाई दु:खी बनाएर, बनाउने स्वस्थपुर्ण र सुखी नेपाल कस्तो होला?

स्वास्थ्यकर्मीलाई दु:खी बनाएर, बनाउने स्वस्थपुर्ण र सुखी नेपाल कस्तो होला?

Breaking News, अर्थवाणिज्य, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ
१ समायोजनको सकस :समायोजन ऐन २०७५ बमोजिम स्वास्थ्यका चौथो तह देखी माथीका करिब २६,७१७ कर्मचारीहरूको २०७६ असोजको तेस्रो साताको सुरूवातमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन गर्यो । समायोजन भद्रगोल हुन पुग्यो । सफ्टवयरको प्रयोग गरी समायोजन बैज्ञानिक बनाउने भनेपनि समायोजन अबैज्ञानिक र जबरजस्ती  शैलीमा भयो भन्ने कुरा अहिले सम्मको अस्तब्यस्तता बाट पनी जगजाहेर नै छ। सरकारले स्वास्थ्य सेवा पृथक र महत्वपुर्ण सेवा हो भन्ने मान्यता राखी यसलाइ अली बिशेस महत्व दियर स्वास्थकर्मी हरू संग प्रयाप्त छलफल गरी,बहस गरी, स्वास्थ्यकर्मीका तमाम समस्या समाधान गर्दै,स्वास्थ्य कर्मीहरूको लागी छुट्टै बैज्ञानिक सफ्टवयरको निर्माण गरी समायोजन गरेको भए सायद कर्मचारीहरू पनि खुसी,उत्साहित र उत्प्रेरित भयर समायोजन भएको ठाउमा जान्थे होला तर यउटा अविभावकबाट नै मुढेबलमा जबर्जस्ती घोग्रेठ्याक लगाउने काम गरीयो ।यो स्वास्थ्...
जाजरकोटका कम्युनिस्ट नेता स्व.रत्नप्रसाद शर्मा काे स्मृति सभा सम्पन्न

जाजरकोटका कम्युनिस्ट नेता स्व.रत्नप्रसाद शर्मा काे स्मृति सभा सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
जाजरकोट ।जाजरकोट छेडागाड नगरपालिका वडा नम्बर ६ मा शुक्रबार रत्न प्रसाद न्यौपाने फाउन्डेसनको आयोजनामा दोस्रो स्मृति सभा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवम निर्वाचन बिभाग उपप्रमुख निरज आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रिय कमिटी सदस्य डम्बर बहादुर सिंहको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका अन्य अतिथिमा पार्टी प्रदेश कमिटी उपाध्यक्ष, प्रदेश सदस्यहरु, पार्टी जिल्ला अध्यक्ष, उपसचिव, भातृ संगठनका केन्द्रिय सदस्यहरु रहेका थिए । कार्यक्रममा स्थानीयको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा रत्न स्मारिका पुस्तक पनि बिमोचन गरिए थियो कार्यक्रमको सभाध्यक्षता प्रतिष्ठानका अध्यक्ष राधिका शर्माले गरेकी थिइन भने संचालन प्रतिष्ठानका सदस्य रत्न आर.सी.ले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्यमा युवा नेता के पि शर्माले गरेका थिए । छेडागाड नगरपालिका...
कृष्णसेन इच्छुक स्मृति दिवश, आज विभिन्न कार्यक्रम गरि मनाईदै

कृष्णसेन इच्छुक स्मृति दिवश, आज विभिन्न कार्यक्रम गरि मनाईदै

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।जनयुद्धका महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरीआज मनाइने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग सम्बन्धित सञ्चार र संस्कृतिसँग सम्बन्धित सङ्गठनहरूको काठमाडौँमा बुधबार बसेको बैठकले जेठ १३ गते बिहान काठमाडौँ शान्तिवाटिकाबाट प्रभातफेरी सुरु गरी इच्छुकको हत्या भएको स्थल महेन्द्र पुलिस क्लबअघि कोणसभा र कविगोष्ठी आयोजना गर्ने निर्णय गरेको हो । बैठकले अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त आयोजनामा प्रभातफेरी, कोणसभा र कविगोष्ठी गर्ने निर्णय गरेको जनाइएको छ । प्रभातफेरी र गोष्ठीमा नेपाल पत्रकार महासङ्घ, सञ्चारसँग सम्बन्धित माओवादी धाराका विभिन्न सङ्गठन, सञ्चारकर्मी, संस्कृतिकर्मी, स्रष्टा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जवस, मोर्चा र पार्टी नेता...