९ आश्विन २०८१, बुधबार

Breaking News

रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

Breaking News, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
चाैरजहारी ।रुकुम पश्चिमको चौरजहारीमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) जारी प्रक्रियाको शुभारम्भ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीद्धारा प्रदान गरिने सवारी लाईसेन्स जारी प्रक्रियाको आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुभारम्भ गरेका हुन । आजबाट यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट लाईसेन्स वितरणको प्रक्रिया सुरु भएको छ । वायोमेट्रिङ सुरु भएसँगै लाइसेन्स वितरणको प्रक्रिया शुभारम्भ भएको हो । अनलाइन मार्फत फारम भरेकाहरुको आजबाट बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने छ । उहाँले वायोमेट्रिकपछि लिखित परीक्षा संचालन हुने र त्यसपछि ट्रायल हुने बताउनुभयो । कार्यालयले अहिले ट्रायल सेन्टर भाडामा लिइएको छ । ...
मृतक रमेश सिंहकाे नाममा संकलित रकम उनका परिवारलाई हस्तान्तरण गरियाे

मृतक रमेश सिंहकाे नाममा संकलित रकम उनका परिवारलाई हस्तान्तरण गरियाे

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट । गत साउन ५ गते शुक्रबार भारतकाे हरिद्वार भन्ने ठाउमा  गुडिरहेको टृकले ठक्कर दियपछि च्यापेर घटनास्थलमै मृत्यु भयका कुशे गाउपालिका वडा न २ तल्ला डाेग्रि टाेलका रमेश सिंहकाे नाममा जम्मा भयकाे संकलित रकम उनकि आमालाई हस्तान्तरण गरियकाे छ। विभिन्न ब्यक्ति र संघ संस्थाबाट सहयोग रकम रु ३,७९८९७ जम्मा भयकाे छ ।र जसमा नगत ३,२५६२४ संकलित रकम र २७३९०काे सामान सहित आज एक कार्यक्रम गरि मृतक सिंह कि आमालाई हस्तान्तरण गरियकाे छ । भने जम्मा २६,८८३ रुपैया आफन्त  माेहन बिक्रम सिंहकाे खातामा रहेकाे र  उक्त रकम पनि निकाशा गरि मृतक रमेश सिंह कि आमालाई दिने बताएको छ । मृतक रमेशकी आमा र साना भाइ बहिनी:  मृतक रमेशका बुवा काे ६ बर्ष पहिले नजिकैकाे भिरमा लडेर मृत्यु भय पछि उनका घरमा आमा र साना भाइ बहिनि छन्। उनकि आमाले गाउमै मजदुरी गर्दै उनलाई ११ कक्षा सम्म पढाईन र रमेश ठुलाे भय पछि , बर्खा बिदा र ...
संघिय शिक्षा ऐन संसदमा पठाउने निर्णय भयकाे छ : प्रधानमन्त्री दाहाल

संघिय शिक्षा ऐन संसदमा पठाउने निर्णय भयकाे छ : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि रिक्त रहेकाे त्रिवि सेवा आयोगको अध्यक्ष पनि पर्सिसम्म नियुक्त हुने, र संघिय शिक्षा ऐन संसदमा पठाउने निर्णय भयकाे बताय ।समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पर्सि मन्त्रिपरिषदबाट पास गरेर यो ऐन संसदमा पठाउने बताए । उनले अगाडि भने, यसले शिक्षा क्षेत्रमा देखिएका थुप्रै कुरा सम्बोधन गर्ने तागत राख्छ ।’ प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको सरकार भएको बेला तयार भएको र पार्टीको बहुमत सदस्य यसलाई सार्वजनिक र कार्यान्वयन गर्न तयार भएपनि तत्कालीन प्रधानमन्त्री तयार नभएको उनले बताए । प्रचण्डले अगाडि भने, ‘उहाँले त्यसलाई तकियामुनि राख्नुभयो । अहिले त्यो हराएको छ ।’ आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहेको भएपनि हालसम्म  नभेटि...
प्रशासन काे आँडमा दादागिरी गर्ने कलेजलाई अखिल क्रान्तिकारी काे चेतावनी

प्रशासन काे आँडमा दादागिरी गर्ने कलेजलाई अखिल क्रान्तिकारी काे चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।अखिल(क्रान्तिकारी) ले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ KMC को प्रशासन गुण्डामा परिणत भयाे,कार्वाहीको निसाना बनाउछाैं उसले गरेको विद्यार्थीहरु माथी हुने कुनै पनि किसिमको हिंसा,शोषण र लुट हामीलाई कदापि स्विकार्य छैन । साथै विद्यालय जस्तो ज्ञानको ज्योति फैलाउने स्थानमा जातिय,भेगीय लिंगिय हिसाबले गरिने विभेद र हिंसा त हामी कल्पना पनि गर्न सक्दैनौं । अखिल(क्रान्तिकारी) ३ नं. संगठन समितिका संयाेजक उषाकिरण आजादद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, बागबजारमा रहेको KMC मा विद्यार्थीलाई लुटीरहेको काठमाडौं मोडेल माध्यामिक विद्यालयमा १२ क्लासमा विज्ञान विषय अध्ययन गरिरहेका अविनास यादवलाई वाडेन, कोअर्डिनेटरले जिस्क्याउने, हेप्ने गर्दै आएकोमा यहि श्रावण ११ गते कलेजको होस्टेलका वाडेन र कोअर्डिनेटरले नै योजनाबद्ध निर्घात कुटपिट गर्न लगाएको विषय निकै गम्भिर छ । घटनाको छानविन गर्न आवाज उठाउदा...
माओवादी केन्द्र कि उपाध्यक्ष पम्फा भुसालकाे टिम ६ दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

माओवादी केन्द्र कि उपाध्यक्ष पम्फा भुसालकाे टिम ६ दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसाल छ दिने भारत भ्रमणपछि स्वदेश फर्किएकी छिन् । भुसालसँगै उनको नेतृत्वको पाँच सदस्य टोली शुक्रबार राति स्वदेश फर्किएको हो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो । उपाध्यक्ष भुसालले भाजपा अध्यक्ष जगतप्रकाश नड्डासँग पार्टी मुख्यालयमा भेटवार्ता गरेकि थिइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले यसअघिको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेकी छिन्। अध्यक्ष नड्डासँगको भेटवार्ता फलदायी र ऐतिहासिक भएको उपाध्यक्ष भुसालले जानकारी दिइन् ।...
बिदेशमा जादा पर्यटन र भिजिट भिसामा नजान, परराष्ट्रकाे आग्रह

बिदेशमा जादा पर्यटन र भिजिट भिसामा नजान, परराष्ट्रकाे आग्रह

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न पनि भनेको छ । आफैंले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेवसाइट, टेलिफोन र इलमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नक्कली रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वसनमा नपर्न नेपाली नागरिकहरुलाई अनुरोध गरिन्छ ।’...
याेग्य र सक्षम ब्यक्तिलाई त्रिभुवन बिश्वबिद्धालयले ढाेका बन्द गर्याे :अखिल क्रान्तिकारी

याेग्य र सक्षम ब्यक्तिलाई त्रिभुवन बिश्वबिद्धालयले ढाेका बन्द गर्याे :अखिल क्रान्तिकारी

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयले ढोका बन्द गरेको बताएका छन् । शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले योग्य र सक्षम व्यक्तिहरूलाई विश्वविद्यालयले ढोका बन्द गरेको बताएका हुन् । सङ्गठनको तर्फबाट बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दैं केन्द्रीय संयोजक राईले गत असार १२ गते त्रिवि सभा बैठकले करार शिक्षण सहायक र कर्मचारीहरूलाई जस्केलाबाट स्वतः स्थायी गर्ने कुनियतले शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन गर्ने निर्णय गरेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले खोज, अध्ययन र अनुसन्धानको पर्याय बन्नुपर्ने नेपालको सबैभन्दा ठुलो र जेठो ‘...
एमालेकाे रकमबाट माओवादी पार्टी चलेकाे थियाे : ओेलि

एमालेकाे रकमबाट माओवादी पार्टी चलेकाे थियाे : ओेलि

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन्।आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे’ ओलीले भने । शुक्रबार काठमाडौंमा भयकाे जनसंगठन समन्वय संयन्त्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए । माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ ओलीले भने, ‘हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले आरोप लगाए । प्रचण्डले माओवादीको पार्टी कार्यालय समेत जिवितै राखेको ओलीको भनाइ थियो । पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए ।...
प्रधानमन्त्री प्रचण्ड इटलिबाट स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड इटलिबाट स्वदेश फिर्ता

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी हुन यही साउन ६ गते त्यसतर्फ गएका थिए । प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए । स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनाै भनेर पहिल्यै घोषणा गर्ने कल्चर...
एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५  जना गयल भए भने यस वर्ष ५० जना मात्र गयल देखिए । 'यो तथ्याङ्कबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको देखिन्छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ' महानगरले भनेको छ । गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको सङ्ख्या ३२५ (८.२४ प्रतिशत) जना थियो । यस वर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेक...