२०८३ असार १०, बुधवार

Breaking News

जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन

जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन

Breaking News, राजनीति, शिक्षा, समाचार
जाजरकोट : बारेकाेट गाउपालिका जाजरकोटका एकै गाउका दुई युवा अखिल क्रान्तिकारी काे जिल्ला अध्यक्ष मा सर्वसम्मत चयन भयका छन । बारेकाेट गाउपालिका - ३ पहाड मुल्सामका दुई युवा जाजरकोट र डाेल्पा जिल्लाकाे अध्यक्षमा चयन भयका हुन । नेत्र बिक्रम चन्द "विप्लव" ले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काे जाजरकोट जिल्ला काे अध्यक्ष मा वीर बहादुर नेपाली "प्रखर सि" र डाेल्पा जिल्लाकाे अध्यक्ष मा काली बहादुर नेपाली "बिज्ञान सि" चयन भयका हुन । नलगाड नगरपालिका जाजरकोटमा  शुक्रबार सम्पन्न  भयकाे  २३ औं जिल्ला अधिवेशनले "प्रखर सि" लाई अध्यक्षमा र उपाध्यक्षमा महेन्द्र सी, सचिवमा कमला सी, कोषाध्यक्षमा कल्पना सी र सह-सचिवमा गणेश सी सहित २५ सदस्यीय जिल्ला कमिटिमा  निर्वाचित भएका थिय। यसै गरि सनिवार सम्पन्न डाेल्पा जिल्लाको ८ औं जिल्ला सम्मेलनले बिज्ञान सिकाे अध्यक्ष मा २१ जनाकाे ज...
सार्वजनिक ठाउँ मिचेर बनाईयका ५२ वटा घरहरु भत्काउने भेरी नगरपालिका काे निर्णय

सार्वजनिक ठाउँ मिचेर बनाईयका ५२ वटा घरहरु भत्काउने भेरी नगरपालिका काे निर्णय

Breaking News, पुर्वाधार, समाचार
जाजरकोट :सार्वजनिक बाटो तथा जग्गा मिचेर बनाईएका सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । भुकम्पले क्षेतीग्रस्त भएको खलंगा बजारको नव निर्माण गर्न भेरी नगरपालिकाले बिहिबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगाएत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागिता रहेको थियो । बैठकले सरकारी मापदण्ड पुरा गरेर घर निर्माण गर्नुको साथै, सडक, मन्दीर, खानेपानी लगाएतका सार्वजनिक संरचनाको नव निर्माण गर्ने निर्णय भएको भेरी नगरपालिकाले जानकारी दिएको छ । बैठकले जिल्ला सदरमुकाम खलंगा भित्र बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ वटा घरका संर...
चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

Breaking News, यातायात, समाचार
चितवन :चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।...
डिप्रोक्स लघुबित्तका शाखा प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा संगठनले दल्यो कालोमोसो

डिप्रोक्स लघुबित्तका शाखा प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा संगठनले दल्यो कालोमोसो

Breaking News, अर्थवाणिज्य, राजनीति
सुर्खेत :डिप्रोक्स लघुबित्त बित्तीय संस्था गुर्वाकोट–६ मेहेलकुनाका शाखा प्रबन्धक दिपेन्द्र कट्टेललाई क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले कालोमोसो दलेका छन् । संस्थामा ऋणी सदस्यहरुलाई सामाजिक तथा मानसिक यातना हुने गरेर दबाब दिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठनले शाखामै पुगेर कालोमोसो दलेका हुन् । देशैभर भष्ट्रचार तथा सुदखोर बिरुद्ध उत्रिएको मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालको युवा संगठनले कर्णाली प्रदेशमा पनि कालोमोसो अभियान शुरु गरेको संगठनले जनाएको छ । सदस्य महिलाहरु माथि ज्यादती गरेकोलगायतका चार बुदें चार्जसिट सार्वजनिक गर्दै क्रान्तिकारी युवा संगठनले मोसो जनायकाे छ। लघुबित्तको हाकिम दिपेन्द्र कट्टेल लाई कार्वाही किन ? भन्ने शिर्षकमा संगठनले अभियोग पत्र सार्वजनिक गरेको छ । जसमा कट्टेलले संस्थाले असुल गरि...
क्रान्तिकारी युवा संगठन नेपालका अध्यक्ष हरिष भट्ट सहित दर्जन  भन्दा बढि गिरफ्तार

क्रान्तिकारी युवा संगठन नेपालका अध्यक्ष हरिष भट्ट सहित दर्जन भन्दा बढि गिरफ्तार

Breaking News, राजनीति, समाचार
काठमाडौं : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका युवा नेता हरिष भट्ट सहित दर्जन भन्दा नेताकार्यकर्ताहरुलाई प्रहरीले माईतिघर मण्डलाबाट गिरफ्तार गरेको छ । आज  उक्त पार्टी निकट जवस माेर्चाहरुले अरुण चाैधरीलाई उन्मुक्ति दिएको भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको हाे । उनिहरु अरुण चाैधरिलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शनमा उत्रिएका थिए ।...
नेपाल बार एशाेसियशन जाजरकोटकाे अध्यक्षमा अधिवक्ता भिम बहादुर सिंह

नेपाल बार एशाेसियशन जाजरकोटकाे अध्यक्षमा अधिवक्ता भिम बहादुर सिंह

Breaking News, चुनाव, निर्वाचन
जाजरकोट :कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन, जाजरकोटको अध्यक्षमा अधिवक्ता भीमबहादुर सिंह सर्वसम्मत चयन भएका छन । सोमबार सम्पन्न नेपाल बार एशोसिएशन, जाजरकोटको जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा राजबहादुर सिंह, सचिवमा सहदेव जंग शाह र कोषाध्यक्षमा छविराज शर्मालाई अधिवेशनले सर्वसम्मत चयन गरेको छ । अध्यक्ष सिंह पत्रकार महासंघ जाजरकोट शाखाका पुर्व अध्यक्ष र हाल केन्द्रीय निर्वाचित सदस्य हुन ।...
जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । जिल्लाको नलगाड नगरपालिका- ५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझेका छन। अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिने बताएको छ। ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन समेत दियका छन। संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरेका छन। यी पुल जडान र ढुवानीको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ। यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक ...
अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
बुटवल : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।...
इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष मा पंज्ञानि र सदस्य सचिवमा मरहट्टा चयन

इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष मा पंज्ञानि र सदस्य सचिवमा मरहट्टा चयन

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाल पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको भालुबाङमा भएको बस दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद रिक्त हुन पुगेको थियो । प्रगतिवादी कवि तथा निबन्धकार पंज्ञानी सो प्रतिष्ठानको सदस्यसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । पंज्ञानीलाई अध्यक्षमा चयन गरेपछि खाली भएको सदस्य सचिवमा प्रतिष्ठानकै कार्यसमिति सदस्य समेत रहेका कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई चयन गरिएको छ । अध्यक्ष पंज्ञानी तथा सदस्यसचिव मरहट्टा दुबै जना तीसको दशकदेखि निरन्तर प्रगतिवादी साहित्य लेखनमा क्रियाशील ब्यक्ति हुन । दुवै स्रष्टा नेपालको प्रगतिवादी साहित्यका क्षेत्रमा कविता र निबन्धकारका रूपमा स्थाप...
कुशे ८ मस्टा प्रा.वि मा भयकाे आर्थिक अनियमितता बारे आरसिपि जाजरकोटकाे ध्यानाकर्षण पत्र

कुशे ८ मस्टा प्रा.वि मा भयकाे आर्थिक अनियमितता बारे आरसिपि जाजरकोटकाे ध्यानाकर्षण पत्र

Breaking News, अर्थवाणिज्य, शिक्षा, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको कुशे गाउपालिका - ८ कफल्लाकाे मस्टा प्राथमिक विद्यालयमा भयकाे आर्थिक अनियमितता बारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटले गम्भीर ध्यानाकर्षण भयकाे जनायकाे छ । बिहिवार जिल्ला ईन्चार्ज प्रेम बहादुर चलाउने "अनन्त" र संयाेजक ठगेन्द्र बहादुर सिंह हिमालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा मार्फत बिद्यालयकाे प्रअ द्वारा भयकाे आर्थिक अनियमितता बारे पार्टीको ध्यानाकर्षण भयकाे जनायकाे छ । बिद्यालयका शिक्षक,बुद्धिजीवी र अबिभावककाे राेहबरमा २०८० असाेज ५ गते बसेकाे बैंठकले साेहि बिद्यालय का प्रअले रु ५,७८,१८८ रुपैया अनियमितता गरेकाे प्रमाणित गरेकाे थियाे । उक्त बिषयलाई स्थानीय सरकार र शिक्षा इकाईले समेत संरक्षण गरेकाे विज्ञप्तिमा उल्लेख गरियकाे छ । विज्ञप्तिमा भनियकाे छ "आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा गरिएको अनियमितता र भ्रष्टाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण...