११ पुष २०८२, शुक्रबार

Breaking News

ललितपुर नापी कार्यलयका सर्वेक्षक २लाख ५०हजार घुस सहित पक्राउ

ललितपुर नापी कार्यलयका सर्वेक्षक २लाख ५०हजार घुस सहित पक्राउ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
ललितपुर :ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ । नापी ,मालपोत र यातायात कार्यालयमा सम्बन्धित निकायले जति निगरानी गरेपनि घुस लिएर कामकाज गर्ने प्रचलन भने राेक्न सकेको छैन ।...
सिटिईभिटीकाे केन्द्रीय कार्यलय अखिल (क्रान्तिकारी)द्वारा घेराउ

सिटिईभिटीकाे केन्द्रीय कार्यलय अखिल (क्रान्तिकारी)द्वारा घेराउ

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं: माेहन वैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बिद्यार्थी  संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको केन्द्रीय कार्यालय  घेराउ गरेकाे छ।मिलन राईले नेतृत्व गरेको संगठनको विश्वविद्यालय तथा सिटिईभिटी प्रदेश समितीले मंगलबार परिषदको सानोठिमी स्थित केन्द्रीय कार्यालय घेराउ सहितको विरोध प्रदर्शन गरेको हो । प्राविधिक शिक्षामा निजिकरण र व्यापारीकरणको अन्त्य गर, आर्थिक चलखेलका आधारमा दिन खोजिएको स्वास्थ कार्यक्रमको सम्बन्धन प्रक्रिया खारेज गर, चिकित्सा ऐन विपरित चलखेलका आधारमा दिन खोजिएको नर्सिङको सन्चालन अनुमति खारेज गर, कथित शिक्षा समितीको निर्देशन खारेज गर, सिटिईभिटीलाई बिचौलिया मुक्त गर, मधेश प्रदेशमा मेरिट भर्ना र छात्रवृत्तिमा बदमासी गर्ने कर्मचारीलाई कारबाही गर, बदमासी गर्ने शिक्षण संस्थाको संम्बन्धन खारेज गर लगायत नार...
राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं: यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गए राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलका भ्रातृसंगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्...
अजित मिजारले न्याय नपाय संघर्षमा उत्रने विभिन्न दलित संगठनको साझा घाेषणा

अजित मिजारले न्याय नपाय संघर्षमा उत्रने विभिन्न दलित संगठनको साझा घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : ८ वर्ष अघि अन्तरजातीय प्रेम सम्बन्धका कारण हत्या गरिएका काभ्रेका अजित मिजारले न्याय नपाय सम्मा विभिन्न दलित संगठनहरुले संघर्षका कार्यक्रम गर्ने घाेषणा गरेका छन ।मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान  गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको बताए । ८ वर्षदेखि शिक्षण अस्पतालमा मिजारको शव रहँदासम्म ...
एसईई परीक्षा चैत १५ देखि २७ गते सम्मा संचालन हुने ,जम्मा ४,८९,४४४ परिक्षार्थिले भरे रजिष्टेृसन फारम

एसईई परीक्षा चैत १५ देखि २७ गते सम्मा संचालन हुने ,जम्मा ४,८९,४४४ परिक्षार्थिले भरे रजिष्टेृसन फारम

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् । जस मध्ये कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ १६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, ...
बाग्लुङ बडिगाड गा.पा.का स्वास्थ्य शाखा प्रमुखलाई बाटाेमै कालाेमाेसाे दलेर कार्वाही

बाग्लुङ बडिगाड गा.पा.का स्वास्थ्य शाखा प्रमुखलाई बाटाेमै कालाेमाेसाे दलेर कार्वाही

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
बाग्लुङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यक्रता हरुले बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथी कालोमोसो दलेर कार्वाही गरेका छन  ।क्रान्तिकारी  कम्युनिस्ट पार्टी नेपालका केही कार्यकर्ताले बाटोमा मोटरसाईकल सवार केसीलाई रोकि कालोमोसो खबर प्राप्त भयकाे छ । बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ शाखा प्रमुख विरेन्द्र केसीको मिलेमतोमा म्याद गुज्रिएको औषधि खरीद बिक्री गर्दै जनताको स्वास्थमा प्रतिकुल असर पार्नेगरि कमिशनको खेलमा लागेको भन्दै र आर्थिक हिनामिना गरियकाे भन्दै कालाेमाेसाे दलि कार्वाही गरियकाे बताएको छ । केसिलाई कार्वाही किन गरियकाे भन्ने बिषयमा  पार्टी जिल्ला कमिटीले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ । र यदि नसच्चियमा थप कार्वाही बढाउने विज्ञप्तिमा भनियकाे छ । ...
अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत : अखिल नेपाल शिक्षक संगठन,कर्णाली प्रदेशकाे दाेस्राे प्रदेश सम्मेलन सम्पन्न भयकाे छ ।शनिवार कर्णाली प्रदेशको बिरेन्द्रनगरमा भयकाे सम्मेलनमा  संगठनका केन्द्रीय अध्यक्ष लछिराम ढकाल, उपाध्यक्ष रुद्र केसि , कर्णाली प्रदेशका सह इन्चार्ज सिंङ बहादुर बुढा, केन्द्रीय सदस्य ललित रावल लगायतको  उपस्थितिमा भयकाे सम्मेलनले हरिलाल महताराकाे अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि गठन गरेकाे छ । संगठनले प्रदेश अन्तर्गतका जिल्ला हरुमा फाल्गुन महिना भित्र जिल्ला सम्मेलन गर्ने र सबै जिल्ला र स्थानीय तहरुमा शिक्षा लगायका क्षेत्रमा भयका चरम लापरबाही र बिकृतिका  बिषयमा तत्काल ज्ञापनपत्र बुझाउने निर्णय भयकाे संगठनका प्रदेश कमिटि सदस्य टेक बहादुर मल्लले बताउनु भयाे ।...
क्रान्तिकारी महिला संगठन ३ नम्बर प्रदेशकाे एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी महिला संगठन ३ नम्बर प्रदेशकाे एकता अधिवेशन सम्पन्न

Breaking News, राजनीति, विचार
काठमाडौं :माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट क्रान्तिकारी महिला संगठन ३ नम्बर प्रदेशको को एकता अधिवेशन सम्पन्न भएको छ ।शनिबार पार्टी कार्यालय कुपण्डोलमा भयकाे एकता अधिवेशनले धनमाया निरौला‘अनु’को संयोजकत्वमा २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । मधु श्रेष्ठ, दुर्गा सुवेदी र विमला भण्डारीलाई सह-संयोजकमा निर्वाचित गरेको छ भने सदस्यहरुमा पूर्णकुमारी देवकोटा (सिन्धुली), सपना राजथला (काठमाडौं), शान्ता पण्डित (काठमाडौं), तेलिमाया थिङ (काभ्रे), विष्णु न्यौपाने (काठमाडौं), शान्ति बिक (चितवन), अरुणा राउत थापा (चितवन), मुना न्यौपाने (नुवाकोट), शोभा आचार्य (भक्तपुर), सरिता बस्नेत (दोलखा), पञ्चमाया लामा (ललितपुर), सत्या खड्का (भक्तपुर), अस्मिता मगर (ललितपुर), अप्सरा परियार (काठमाडौं), सुुकुमाया माझी (मकवानपुर), कान्छीमाया स्याङतान (मकवानपुर), सीता गौतम (रामेछाप), स...
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा दिवंगत पुर्ण हमालप्रति श्रद्धाञ्जली ब्यक्त

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा दिवंगत पुर्ण हमालप्रति श्रद्धाञ्जली ब्यक्त

Breaking News, विचार, संस्कृति, स्वास्थ
काठमाडौं : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पुर्ण बहादुर हमालकाे निधन प्रति केन्द्रले श्रद्धाञ्जली ब्यक्त गरेकाे छ । शनिबार एक प्रेस वक्तव्य मार्फत दिवंगत हमाल प्रति श्रद्धाञ्जली ब्यक्त गरियकाे हाे। केन्द्रका अध्यक्ष हस्त बहादुर के.सि.द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ " बिश्वभर क्रियाशिल क्रान्तिकारी लेखक तथा पत्रकार संगठन, अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पूर्ण बहादुर हमालकाे निमाेनियाका कारण उपचारक्रममा २०८० साल माघ २ गते ६४ बर्षकाे उमेरमा अल्पआयुमै निधन भयकाे छ । उहाँ लामाे समय देखि बाथरोगले ग्रसित हुनुहुन्थ्यो उहाकाे मृत्युले हामी अत्यन्तै भावविह्वल भयका छाै । वक्तव्यमा भनियकाे छ -हाम्राे संगठन यश दुखद घडीमा बुवा पुर्ण प्रसाद हमाल प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शाेकसन्तब्द परिवार जनमा हार...
अनेरास्ववियु कर्णाली काे अध्यक्ष मा बिबश भारतिकाे दाबि

अनेरास्ववियु कर्णाली काे अध्यक्ष मा बिबश भारतिकाे दाबि

Breaking News, राजनीति, विचार, शिक्षा
सुर्खेत : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पौष ७ र ८ गते हुँदैछ । दैलेख सदरमुकाममा सम्पन्न हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वको लागि विद्यार्थी नेताहरुले सक्रियता बढाएका छन । विषेशगरि संगठनको प्रदेश अध्यक्षका लागि जाजरकोटका विद्यार्थी नेता बिबश भारतीले बलियो दाबी प्रस्तुत गरेका छन । अनेरास्ववियु जाजरकोटको पूर्व अध्यक्ष समेत रहेका भारती काठमाडौमा सम्पन्न अनेरास्ववियुको २३ औं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा झिने मतान्तरले पराजित भएका थिए । झिनो मतले माथिल्लो कमिटीबाट बाहिरिनु परेकोले प्रदेश कमिटीको नेतृत्वको लागि आफ्नो दाबी स्वभाविक भएकोले प्रतिनिधिहरु र नेतृत्वले आफुप्रति न्याय गर्ने भारतीको विश्वास छ । अनेरास्ववियु सिटिइभिटी एसियन ईन्जिनियर क्याम्पस कमिटीको अध्यक्ष ह...