अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको इतिहास
-विश्वको जनसंख्याको आधा हिस्सा महिलाले ओगटेका छन् । मानव समाजको विकासको इतिहासमा के पाइन्छ भने आदिम साम्यवादको अन्त्यतिर त्यस समाजमा मातृ सत्ता सञ्चालनमा थियो । जसलाई मातृसतात्मक समाज भनिन्छ । त्यतिबेला समाजका मालिक महिलाहरु थिए ।
जब मानव समाज वर्गको उत्पत्ति भयो , त्यसै बखत मातृसत्तालाई अपदस्त गरेर पृतिसतात्मक समाजको स्थापना भयो । पुरुषहरु सम्पत्तिका मालिक बन्न पुगे । त्यो दास युगिन राज्यसत्ताको उदय भयो जसलाई दासस्वामी समाज वा राज्य व्यवस्था भनिन्छ । त्यसपछि पुरुषले महिलाहरुलाई दासदासीको रुपमा प्रयोग गर्न थाल्यो र पुरुषले महिलालाई यौन भोकको साधन र सन्तान जन्माउने मेसिनको रुपमा प्रयोग गर्न थाल्यो । त्यसपछि ( दास युगदेखि आजसम्म ) महिलाहरु सम्पत्तिविहिन बन्न पुगे । पैत्रिक सम्पत्तिको हकदार छोरा बन्ने प्रथा शुरु गरेपछि छोरीहरू सम्पत्तिविहिन बन्न पुगे । यो अवस्था आजसम्म पनि कायमै छ । महिलाल...









