११ श्रावण २०८१, शनिबार

२६ औं सांस्कृतिक प्रतिरोध दिवस, प्रतिरोधी मन्तव्य र काव्यिक सिर्जना प्रस्तुतिका साथ सम्पन्न

काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट “अखिल नेपाल जनसांस्कृतिक महासंघ”को आयोजनामा अनामनगर घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा २६ औं सांस्कृतिक प्रतिरोध दिवस सशक्त प्रतिरोधी मन्तव्य र काव्यिक सिर्जना प्रस्तुतिका साथ भव्य रुपमा मनाइएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता महासंघका संयोजक हिरामणि दुःखी र सञ्चालन सहसंयोजक खेम थपलियाले गरेका थिय ।

कार्यक्रममा बरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्यहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली, सीताराम तामाङ, दिनेश शर्मा सागर, उदय चलाउने दिपक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा.रामप्रसाद ज्ञवाली, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी, क्रान्तिकारी महिला संगठनकी नेतृ शारदा महत, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक दर्शन नेपाली, क्रान्तिकारी युवा संगठनका कार्यालय सदस्य अविनाश कुँवर, सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक पुष्कर श्रेष्ठ, अखिल क्रान्तिकारीका केन्द्रीय संयाेजक मिलन राई लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए भने कविहरु अशोक सुवेदी, छायादत्त न्यौपाने, अग्नीराज पौडेल अराप, रोजन रखाल, पुण्यप्रसाद आचार्य, लक्ष्मी माली, इन्दिरा अधिकारी, विष्णु न्यौपाने, माेदनाथ मरहट्टा, प्रकाशचन्द्र ढकाल, अविनाश कुँबर, दर्शन नेपाली, शिला योगी, गौरी देवकोटा, सुनिता बुढाथोकी, आस्था घिमिरे, नन्दिश अधिकारी, अनिल श्रेष्ठ, बलराम तिमल्सिना, प्रनिशा कटुवाल, उषाकिरण, बसन्त बोगटी र रामप्रसाद ज्ञवालीले प्रतिरोधी काव्यिक सिर्जना वाचन गरेका थिय।कार्यक्रममा मोहन वैद्य किरण, हेमन्तप्रकाश ओली सुदर्शन, निनु चापागाई, प्रा.डा.जगदीशचन्द्र भण्डारी र मित्रलाल पंज्ञानीले सशक्त प्रतिरोधी मन्तव्य राखेका थिय। कार्यक्रममा मन्तव्य राख्दै मोहन वैद्य किरणले सुरुमा देश र जनताको मुक्तिका निम्ति प्राणको आहुति दिनु भएका अनेकोट लगायत सम्पूर्ण सहिदहरुहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै, सहिदहरुले देखाएको बाटोमा दृढतापुर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त  गरेका थिय।

कार्यक्रम तत्कालीन जनयुद्धको क्रममा आजकै दिन काभ्रेपलान्चोक जिल्लाको अनेकाेटमा सामुहिक हत्या गरियका साँस्कृतिक सहिदहरु लगायत विभिन्न सहिदहरुकाे स्मृतिमा आयाेजना गरियकाे थियाे ।