२०८३ असार १०, बुधवार

Breaking News

नेपाली कांग्रेसको संसदीय दलकाे नेता बन्न  देउवा र गगनकाे  दाैड:

नेपाली कांग्रेसको संसदीय दलकाे नेता बन्न देउवा र गगनकाे दाैड:

Breaking News, राजनीति, समाचार
नेपाली कांग्रेसको संसदीय दलका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा भिड्ने पक्का भएको छ। कांग्रेसको निर्वाचन समितिले मंगलबार साँझ सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा दुवै नेता यथावत रहेका छन्। दलको चुनावअघि देउवाको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा पस्तावकमा बसेका छन्। त्यसैगरी, महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन्। अहिलेसम्मको अवस्थामा देउवाको पक्षमा ५६ र थापाको पक्षमा ३३ जना सांसद उभिने देखिएको छ। तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ। कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन्। अदालतमा मुद...
नेकपा जाजरकोटद्वारा  मसाल जुलुस :

नेकपा जाजरकोटद्वारा मसाल जुलुस :

Breaking News, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकोटले खलंगामा मसाल जुलुस निकालेको छ । तत्कालीन केपि शर्मा वलीको सरकारलसंग नेकपाले ३ बुदे सहमति गरेको थियो । तर ३ बुदे सहमति गरेको २२ महिना बिति सक्दा पनि सरकारले  सहमति कार्यान्वयन गरेको छैन । ३ बुदे सहमति कार्यान्वयन गर्न दबाब सिर्जना गर्नको लागि मसाल जुलुस गरेको नेकपा जाजरकोटका सेक्रेटरी बिराजन सिले जानकारी दिएका छन् । भेरी नगरपालिका ३ नयाँ बस्तिदेखि सुरु भएको मसाल जुलुस ठाँटीमा गएर कोण सभामा परिनत भएको थियो । कोण सभामा सम्बोधन गर्दै जिल्ला सेक्रेटरी बिराजन सीले सरकारले नेकपासंग गरेको सहमति बिना सर्त कार्यान्वयन गर्न चेतावनी दिएका छन् । अहिले पनि नेकपाका कयौँ कार्यकर्ता देशका बिभिन्न जेलमा छन् । उनीहरुलाई बिना सर्त रिहाई गर्न सेक्रेटरी  सीले कोण सभा मार्फत चेतावनी दिएका छन् । नेकपाको लडाई कुनै पार्टी वा व्यक्तिसंग सम्बन्धित नभइ वैज्ञानिक समाजवादी व...
जाँडाे बढे संगै इन्फ्लुएञ्जा भाइरस सक्रिय हुँदै: सचेत रहन डाक्टरको सल्लाह :

जाँडाे बढे संगै इन्फ्लुएञ्जा भाइरस सक्रिय हुँदै: सचेत रहन डाक्टरको सल्लाह :

Breaking News, माैसम, समाचार, स्वास्थ
४ पुस, काठमाडौं। जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा. मिलन ब्रजाचार्यले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेको बताउँछन् । इन्फ्लुएन्जा सङ्क्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस जस्ता लक्षण देखा पर्दछन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । यसबाट बच्न बिरामी भएकमा व्यक्तिसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भ...
विश्वकप २२अौ उपादिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

विश्वकप २२अौ उपादिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार
विश्वकप फुटबलको २२ औं उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन्।  खेलका  लागि दुवै टोली तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन्। फ्रान्सविरुद्ध लियोनल मेस्सीको कप्तानीमा सुरुवती ११ को टोली घोषणा गरेको छ। यसअघिभन्दा अर्जेनिटनाको टोलीमा एक परिवर्तन गरेको छ। एन्जल डिमारिया सुरुवाती टोलीमा परेका छन्। लियोनल मेस्सी, जुलियन अल्भारेजसँगै अग्रपंक्तिमा डि मारिया हुनेछन्। मिडफिल्ड भने परिवर्तन गरिएको छैन। रोड्रिगो डे पल, एन्जो फर्नान्डेज र म्याक अलिस्टार हुनेछन्। गोलरक्षकमा इमिलियानो मार्टिनेज कायम रहँदा डिफेन्डरमा ओटामेन्डी, रोमेरो, अकुना र मोलिना रहनेछन्। दोहोरो पहेँलो कार्डका कारण सेमिफाइनल गुमाएका अकुना फाइनलमा फर्किएका छन्। फ्रान्सले भने यसअघिकै टोलीलाई निरन्तरता दिएको छ। आक्रमणमा केलियन एम्बाप्पेसँगै जिरुड, डेम्बेले र ग्रिजमन रहनेछन्। रोबिट र चाउमेनीलाई मिडफिल्डमा निरन्तरता ...
जाजरकोट , कुशे ९ बालमैत्री  वडा घाेषणा ।

जाजरकोट , कुशे ९ बालमैत्री वडा घाेषणा ।

Breaking News, मनाेरन्जन, शिक्षा, संस्कृति, समाचार
जाजरकोट  । जाजरकोटको कुशे गाउँपालिका–वडा न.९ लाई बालमैत्री वडा घोषणा गरिएको छ। शनिवार  वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो। स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो। यसअघि यहि पालिकाको वडा नम्बर ०१ लाई १२ चैत्र २०७८  मा बालमैत्री वडा घोषणा गरिएको थियो। घोषणासँगै यो वडा जिल्लाकै तेस्रो बालमैत्री वडा बनेको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले   तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। निर्देशिकाको अनुसूची ३ मा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू तय गरिएको छ । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ। बालमैत्री स्थानीय शासन स्...
चाैथाे जाजरकाेट महोत्सवमा सर्वाधिक राशीको पुरुष भलिवल प्रतियाेगिता हुने

चाैथाे जाजरकाेट महोत्सवमा सर्वाधिक राशीको पुरुष भलिवल प्रतियाेगिता हुने

Breaking News, अर्थवाणिज्य, खेल, राष्ट्रिय, समाचार
आगामी पौष ११ देखि १६ गते सम्म सञ्चालन हुने चौथो जाजरकोट महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजनामा सञ्चालन हुने महोत्सवमा अहिले सम्मकै ठुलो पुरस्कार राशीको भलिवल प्रतियोगिता सञ्चालन हुने भएको हो । महोत्सवमा पुरुष खुल्ला भलिवलमा विजेताले २ लाख ५ हजार ५५५ पुरस्कार पाउने छ भने उपविजेताले १ लाख २५ हजार ५५५ पुरस्कार पाउने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जाजरकारी दिए । यस्तै, तेस्रो स्थान प्राप्त गर्ने टीमले ५० हजार ५५५ पुरस्कार पाउने छ । दर्ता शुल्क १० हजार रहेको छ । चौथो जाजरकोट महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहनेछ ।...
भारतमा पेट्रोलकाे मूल्य घट्यो

भारतमा पेट्रोलकाे मूल्य घट्यो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, समाचार
१ पुस, काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको छ। यस पटक पनि घटेर मूल्यसूची आएपछि नेपालको बजार मूल्य कम गर्न निगमलाई दबाब परेको छ। यसअघि घटेर आउँदा निगमले घाटा धेरै रहेको भन्दै मूल्य समायोजन गरेको थिएन। यस पटक इन्धनको मूल्य घटाउने तयारी निगमले गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ। त्यहीअनुसार आईओसीले घटेको मूल्यसूची पठाएको हो।...
नियम बिपरित चल्ने निर्माण ब्यवसायी र आपूर्ति कम्पनी कालाे सुचिमा ।

नियम बिपरित चल्ने निर्माण ब्यवसायी र आपूर्ति कम्पनी कालाे सुचिमा ।

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार
२९ मंसिर काठमाडौं ।सरकारले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको हो। कालो सूचीमा पर्ने कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न नपाउने बताइएको छ। कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ। सुचना हेर्नुहाेस :...
क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ।

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ।

Breaking News, खेल, समाचार
२८ मंसिर, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाएका छन् ।साबिक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ। कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो। फिफा पुरुष विश्वकपको इतिहासमा मेस्सी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका यी स्ट्राइकरले मंगलबार दोहाको लुसेल रंगशालामा विश्वकपमा आफ्नो २५ औं खेल खेले । यो जर्मनीका महान खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो । यो खेल अर्जेन्टिनाले ३-० ले जितेको छ । आइतबार लुसेल रंगशालामै हुने फाइनलमा मैदानमा उत्रिएसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । विश्वकपको २५ खेलमा अर्जेन्टिनाका लागि उन...
काभ्रे मा बस दुर्घटना : १८  जनाकाे ज्यान गयाे २१ घाईते ।

काभ्रे मा बस दुर्घटना : १८ जनाकाे ज्यान गयाे २१ घाईते ।

Breaking News, पुर्वाधार, विगन्यूज, समाचार
२७ मंसिर, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा  बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८  पुगेको छ र २१ जना घाइते भयका छन ।१३ जनाकाे घटनास्थलमै र ५ जनाकाे उपचार लिदै गर्दा बाटाेमै ज्यान  गयकाे वेथानचाेक गाउपालिकाका अध्यक्ष भगवान अधिकारीले बताय  । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी जम्मा १८  जनाको मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन । घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् । यसैबीच, गृहमन्त्री बालकृ...