११ श्रावण २०८१, शनिबार

जुम्लाका ग्रामीण भेगमा अखाद्य तथा म्याद नाघेका बस्तु बिक्री बितरण/१४ हजार बराबरको सामान प्रशासन द्वारा नस्ट।

गिता कुमारी शाही ।

९ पुस  जुम्ला ।  सिंजा गाउँपालिका ३ अवस्थित नराकोट बजारको अनुगमन गरिएको हाे । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले बजारका १७ वटा पसलको अनुगमन गरेको हो। धेरै पसलमा मिति सकिएको सामानहरु भेटिएको रिजालले बताइन्। उनका अनुसार किराना, खुद्रा, मोबाईल पसल र होटलहरुको अनुगमन गरिएको छ।

अनुगमन टोलीले १३ हजार ९ सय ८० रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको रिजालले बताइन्। बरामद गरिएका सामानहरु गाउँपालिका जनप्रतिनिधिको रोहोबरमा नष्ट गरिएको हो।

अनुगमनमा उद्योग तथा उपाभोक्त हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटा, आन्तरिक राजश्व कार्यालय जुम्लाका खेम प्रसाद उपाध्याय, उद्योग वाणिज्य संघ जुम्लाका प्रतिनिधि नन्द बहादुर गुरुङ्ग, खाद्य प्रविधि तथा गुण नियणन्त्र डिभिजन कार्यालय जुम्लाका भरत रोकाया लगायत सहभागि थिए।

अनुगमन टोलीले मिति सकिएको सामान बिक्री नगर्न,अनिवार्य प्यान नम्बर राखेर कारोबार गर्न र करचुक्ताको प्रमाण पत्र लिन व्यापारीलाई सुझाव दिएको छ। पछिका अनुगमनका बेला लापरबाही गरे कानुनको दायरामा ल्याइने सहायक प्रजिअ रिजालको भनाइ छ। उद्योग तथा उपाभोक्त हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको बताउँछन्।

सदरमुकाम बाहिरका पसलहरुले मिति सकिएका सामान बेच्ने गरेको जनगुनासो बढे पछि अनुगमन गरिएको थियो।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका भरत रोकायाले सदरमुकामका व्यापारीले मिति सकिएको अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको बुझिएको बताए। बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल, सुपरपावर सुर्ति जस्ता म्याद सकिएको सामान भेटिएको उनले बताए।