२३ भाद्र २०८१, आईतवार

नेकपा युवा संगठन नेपालद्वारा एक शिक्षकलाई कालाेमाेसाे दलि कार्वाही

जाजरकोट।  नेकपा निकट  युवा संगठन नेपाल, भेरी कर्णाली ब्यूरोले कुशे गाउपालिका ४ हिमालय भानुभक्त  आधारभुत बिद्यालय ताँगाचाैरका  शिक्षक   रणबहादुर शाहीलाई कालोमोसो लगाई कारबाही गरेको छ ।
युवा संगठन नेपाल, भेरी कर्णाली ब्यूरोले  ठेकेदार, शिक्षक र राजनीतिकर्मी रणबहादुर शाहीले आफु शिक्षण पेशामा आवद्ध भैरहेको अवस्थामा कुशे गाउँपालिकामा निर्माण हुँदै गरेको कुशे ४ काे  तिलिङ्गे जलविद्युत  वैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ सालदेखि २०७९ सालसम्म आइपुग्दा करिब २ करौड २१ लाख रुपैयाँ हिनामिना गरि कामलाई अलपत्र पारेको, समग्र विद्यार्थी र जनताको भविष्यसँग जोडिएको शैक्षिक संस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गरेको, शिक्षण पेशाबाट राजीनामा नदिई नेपाली काङ्ग्रेस कुशे गाउँ पालिकाको सचिव बनेर सिङ्गो शैक्षिक संस्थालाई अस्तव्यस्त बनाएकोले कारबाही गरिएको युवा संगठन नेपाल भेरी कर्णालीले एक प्रेस विज्ञप्ति जारी गरि सार्वजनिक गरेकाे छ ।