११ श्रावण २०८१, शनिबार

काेभिड काे खतरा हुन सक्ने भन्दै सचेत रहन गृहमन्त्रालयकाे सार्वजनिक सुचना

काठमाडौं । गृह मन्त्रालयले छिमेकी देशहरूमा कोभिड-१९ को नयाँ भेरियन्ट (बीएफ ७ ) को संक्रमण दर दिनानुदिन बढ्दै गएकाले जोखिमलाई मध्यनजर गर्दै सबैलाई सचेत रहन  आग्रह गरेकाे  छ।

अहिले इसाई धर्मालम्बीले मनाउने क्रिस्मस तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेको छ।यसको विद्यमान अवस्थालाई मध्यनजर गर्दै  जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यलय , स्थानीय निकाय लगायत सराेकारवाला सबैमा सार्वजनिक स्थलमा भिडभाड हुने ठाउँहरुमा मास्क लगाउनु पर्ने सेनिटाईजर प्रयाेग गर्नु पर्ने , एक अर्कामा भाैतिक दुरि कायम गर्ने,ब्यक्तिगत सरसफाइ लगायतका आवश्यक स्वास्थ्य प्राेटेाकल ब्यवस्था  गर्न  मन्त्रालयले अपिल गरेको हो।

सुचना :