२७ माघ २०८२, मंगलवार

Breaking News

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको तदर्थ समिति गठनको अवसरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको तदर्थ समिति गठनको अवसरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

Breaking News
 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नेपालको फुल कन्ट्याक्ट कराँतेलाई विधिसम्मत रूपमा मान्यता दिई गठन गरिएको तदर्थ समितिको सम्मानमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार त्रिपुरेश्वरस्थित रंगशालामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सभापतित्व आयोजक तथा फुल कन्ट्याक्ट कराँतेका संस्थापक महागुरु सिहान जगत प्रसाद गौचनले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राखेपका सदस्य सचिव टंकलाल घिसिङको विशेष उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ र बोर्ड सदस्य जगत सिंह धामी, साथै अतिथिका रूपमा तदर्थ समिति संयोजक सुर्य बहादुर बुढाथोकी र प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ कार्यक्रममा सहभागी थिए। कार्यक्रममा तदर्थ समितिका सदस्यहरू, फुल कन्ट्याक्ट कराँते संघहरूका ब्रान्च चिफ (नेपाल प्रमुख), पूर्व मुख्य प्रशिक्षक, प्रशिक्षक, ...
जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधी प्राप्त गरेका छन

जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधी प्राप्त गरेका छन

Breaking News
काठमाडौं  :  जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधि प्राप्त गरेका छन् । माध्यमिक तह तृतिय लक्ष्मी खत्री,निम्न माध्यमिक तह द्धितीय जय बहादुर थापा र प्राथमिक तह प्रथम अच्युत प्रसाद शर्मा रहेका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले जाजरकोट जिल्लाका तीन जनालाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरी सम्मान गरेको हो । उत्कृष्ट शिक्षकमा छनोट हुने लक्ष्मीले हाल बारेकाेट गाउपालिका लिम्सामा रहेको श्री विरेन्द्र एश्वर्य माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेकी छिन् । त्यस्तै उत्कृष्ट शिक्षकमा छनोट भएका अर्का शिक्षक थापा हाल छेडागाड नगरपालिका १३ दशेरामा रहेको श्री जनप्रिय माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेका छन् भने शर्माले भेरी नगरपालिका वडा नं ४ मा रहेको श्री रामजानकी प्राथमिक विद्यालयमा अध्यापन गराउदै आएका छन् । ...
सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
धादिङ : सिद्धलेक गाउपालिकामा मानव अधिकार, सामाजिक न्याय र उद्यमशिलता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भयकाे छ ।बागमती प्रदेश अन्तर्गत पर्ने सिद्धलेक गाउपालिका धादिङमा गत असार १२ देखि संचालन भयकाे उक्त तालिममा गाउपालिका भित्रका महिला समुहहरुकाे सहभागीतामा क्षमता अभिवृद्धि तालिम संचालन भयकाे हाे । महिला सेवा समिति काे आयाेजना र सिद्धलेक गाउपालिकाकाे समन्वयमा संचालित उक्त कार्यक्रमकाे उद्घाटन गाउपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्यालले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गर्नु भयकाे थियाे । तालिममा बिशेष गरि गाउपालिका भित्रका कानुनी र मानवअधिकार सम्बन्धिका बिषयहरुमा प्रशिक्षाानात्मक रुपमा सहभागीहरुलाई जानकारी दिनुका साथै कसरी उद्यमशिल र सक्षमता हासिल गर्न सक्छौं भन्ने बिषयमा जानकारी मुलक प्रशिक्षण  दिईयकाे थियाे । उक्त कार्यक्रममा गाउपालिका अन्त...
धान दिवसका दिन समाजवादी कम्युनिस्ट पार्टी नेपालले गर्याे, जन अभियान उद्घाटन

धान दिवसका दिन समाजवादी कम्युनिस्ट पार्टी नेपालले गर्याे, जन अभियान उद्घाटन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
भक्तपुर : समाजवादी कम्युनिस्ट पार्टी नेपालले धान दिवसका दिन जन अभियान उद्घाटन गरेकाे छ।जनतामा जाऔँ, जनताको सेवा गरौँ भन्ने उद्धेश्यका साथ पार्टीको  तेस्रो पुर्ण बैठकले तीन महिने उपत्यका केन्द्रीकृत अभियान तय गरेकाे थियाे ।उक्त अभियानका लागि काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यका भित्रका तीन जिल्लामा टिम बिभाजन गरियकाे थियाे । भक्तपुर काे टिमले आज जनअभियान भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयबाट सुरु गरेकाे हाे।अभियानका क्रममा भक्तपुर अभियान ईन्चार्ज अशाेक सुवेदी ( विप्लव ), कमान्डर हीरामणि रावल, सदस्यहरू सीता गौतम र अर्जुन वली, अतिथिहरूमा काठमाडौंँ अभियान कमान्डर तथा जनपक्षीय पत्रकार सङ्गठनका अध्यक्ष रामबहादुर सिंह (रेडियम), विद्यार्थी अभियान अध्यक्ष तथा विद्यार्थी सङ्गठनका अध्यक्ष मुक्ति गैरे र विद्यार्थी नेता भुवन भट्टराईसहित विद्यालय परिवार र विद्यार्थीहरुकाे सहभागीतामा अभियान...
ब्रेनल्याण्ड एकेडेमीको उत्कृष्ट सफलता : एसईई २०८१ मा ४ जिपिए सहित शतप्रतिशत नतिजा

ब्रेनल्याण्ड एकेडेमीको उत्कृष्ट सफलता : एसईई २०८१ मा ४ जिपिए सहित शतप्रतिशत नतिजा

Breaking News
काठमाडौं । ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट सहभागी भएका २५ जना सम्पूर्ण विद्यार्थीले ४।०० जिपिएसहित उत्तीर्ण भएका छन। विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त दाहालले उक्त नतिजाप्रति गर्व व्यक्त गर्दै भने, “हामीले यस वर्ष २५ जना विद्यार्थी एसईईमा सहभागी गराएका थियौं, जसमध्ये सबैले उत्कृष्ट नतिजासहित ४।०० जिपिए ल्याएका छन। यस्तो ऐतिहासिक सफलता प्राप्त गर्नु विद्यालय परिवार, विद्यार्थी, शिक्षक, अभिभावक र स्टाफहरूको सामूहिक प्रयासको परिणाम हो। यस उपलब्धिमा हामी अत्यन्त गौरवान्वित छौं।” विद्यालयका संस्थापक प्रिन्सिपल तथा वरिष्ठ बालसाहित्यकार एवम शिक्षासेवी पारसमणि दाहालले समेत विद्यालयको निरन्तर सफलताको मूल कारण बालमैत्र...
डाेल्पामा पहिरोले करिब ५३ घरमा क्षति पुर्‍यायाे

डाेल्पामा पहिरोले करिब ५३ घरमा क्षति पुर्‍यायाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
डाेल्पा दुनै : हिमाली  जिल्ला डोल्पाको काइके गाउँपालिकामा गए रातिको अविरल वर्षापछिको बाढीपहिरोले करिब ५३ घरमा क्षति पुर्‍याएको छ । गाउँपालिका-४ अन्तर्गत पर्ने रिबा गाउँमा पूर्ण, आंशिक र सामान्य गरी करिब ५३ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार चार घरमा लेदो पस्दा पूर्ण क्षति भएको छ भने पुथा आधारभूत विद्यालयको चारकोठे कच्ची भवन पूर्ण रूपमा क्षति भएको छ । बाढीबाट विद्यालयका कम्प्युटर, सीसीटीभी, दिवा खाजा, भवन संरचनालगायतमा करिब २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिहीबार मध्यराति आएको बाढीले करिब १ करोड ८४ लाख रुपैयाँबराबरको क्षति पुर्‍याएको प्रहरी मुचुल्कामा उल्लेख छ । प्रहरीका अनुसार आठ घरमा आंशिक क्षति र बाँकी घरमा सामान्य क्षति पुगेको छ । हालसम्म जनधन तथा पशुचौपा...
एसइई रिजल्ट सार्वजनिक, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड

एसइई रिजल्ट सार्वजनिक, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिक गरेका छन् । शर्माका अनुसार, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र मार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ । यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड ...
२०८१मा लिईएकाे एसइई परिक्षाकाे रिजल्ट आज हुने, नतिजा हेर्न के गर्ने ?

२०८१मा लिईएकाे एसइई परिक्षाकाे रिजल्ट आज हुने, नतिजा हेर्न के गर्ने ?

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :२०८१ सालमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब केही समयपछि सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ। २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो  परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । परिक्षा नियन्त्रक भट्टका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ । नतिजा कहाँ हेर्ने:...
बारेकाेट गाउपालिका जाजरकोटले वार्षिक उपलब्धि सार्वजनिक

बारेकाेट गाउपालिका जाजरकोटले वार्षिक उपलब्धि सार्वजनिक

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :जाजरकोटको बारेकोट गाउँपालिकाले आफूले गरेका वार्षिक काम सार्वजानिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले ८ हजार मिटर सडक निर्माण गरेको बताए,४ हजार ५०० मिटर स्तरोन्नत्ती गरिएको र २८० मिटर आरसीसी ढलान गरिएको बताएको छ । ८ सय मिटर सडक मेसिनरी वाल, ३३० वटा ग्याविन जाली, पलम कङक्रिट स्ट्रक्चर ५०० मिटर, सडक नाली ३५०० मिटर, निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३ वटा २ कोठे भवन निर्माण गरिएको छ । बारेकोट गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण गरिएको समेत पालिकाले जनाएको छ । अलग मानव अलग पशुघर निर्माण गरेर १२४ जना कृषकलाई भैंसी पालन सम्बन्धी तालिम प्रदान गरिएको जानकारी गराएको छ । आ.व. २०८१/०८२ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार चालु आ.व.मा १२३ वटा अलग पशुघर निर्माण गरिएको छ । कृषि क्षेत्रमा के भए ? गाउँपालिका अन्तर्गत करिब ६ ह...
एघार कम्युनिस्ट पार्टीले अमेरिकी युद्धकाे विरुद्धमा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन

एघार कम्युनिस्ट पार्टीले अमेरिकी युद्धकाे विरुद्धमा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : नेपालका एघार कम्युनिस्ट पार्टीले इरान र प्यालेस्टाइन माथिकाे अमेरिकी र इजरायली आक्रमणकाे घाेर निन्दा गर्दै  अन्तरक्रिया कार्यक्रम गरेका छन्।साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रममा रामप्रसाद पुरी–नेकपा मसाल, अग्नि सापकोटा –नेकपा माओवादी केन्द्र, सङ्गीत श्रोता –राजनीतिक सम्वाद थलानी, राजेस्वरी सुवेदी – बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , चित्रबहादुर केसी– राष्ट्रिय जनमोर्चा , धर्मेन्द्र बास्तोला – नेकपा (बहुमत), चिरन सी – नेपाल कम्युनिस्ट पार्टी , घनस्याम भुसाल – नेकपा एकीकृत समाजवादी समेतले मन्तब्य राखेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ ले आफूहरूले इरानी जनताको न्यायपूर्ण आन्दोलनलाई समर्थन गरेको तर इरानको सरकार सही छ भनेर होइन, इरानको सार्वभौमिकतामाथि आक्रमण गरिएकोले समर्थन गरेको बताएका छन् ।“इरान...