ऐना पहरा’मा प्रतिविम्बित समाजको तस्बिर
-नवीन पल्लव
खैरेनी वाङ्मय परिषद्ले यही असार ७ गते शनिवार स्थानीय ऐना पहरामा ऐना पहरा काव्य गोष्ठीको आयोजना गर्यो । चितवन, काठमाडौँ र तनहुँका स्रष्टालाई आमन्त्रित गरिएको सो कार्यक्रममा करिब दुई दर्जन सर्जकहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए । परिषद्का अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
लोमश वाङ्मय प्रतिष्ठान तथा जरा फाउन्डेसनले सहकार्य गरेको उक्त कार्यक्रममा प्रमुख अभ्यागत चुमानले ऐना पहराले नै अब खैरेनीको आर्थिक भविष्यको डोहो बनाउने उद्घोष गरे । उनले भौतिक पूर्वाधारको विकासका अतिरिक्त साहित्य र कलाको विकासले नै त्यहाँको सभ्यता मापन गर्ने जिकिर गर्दै आगामी वर्ष आँधीमूलमा बन्दै गरेको विशाल पोखरीमा नौका विहार गर्दै सिर्जना पस्कने वातावरण तयार गर्न आफू हमेशा खटिरहेको अवगत गराए । योजना सहित आएको...








