२७ माघ २०८२, मंगलवार

Breaking News

जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :नलगाड नगरपालिकामा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका वडा नम्बर ७ चामाखेतका २२ वर्षीय शिशिर चन्द रहेको जाजरकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे नलगाड नगरपालिका वडा नम्बर ४ गाडेखोलामा चन्द पोलमा चढेर विद्युतको तार मर्मत गरिरहेका थिए । सोही क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनको पोलमै झुन्डिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द ज्यालादारीमा काम गर्ने मजदुर भएको बुझिएको छ । उनको शव पोष्टमार्टमका लागि दल्लीस्थित नगर अस्पतालमा राखिएको छ ।...
पशुपति क्षेत्रमा जथाभावि महायज्ञ गर्दा स्थानिय संस्कृति माथि हस्तक्षेप भएको भन्दै स्थानिय संघ संस्था द्वारा पशुपति क्षेत्र बिकास कोषको ध्यानाकर्षण

पशुपति क्षेत्रमा जथाभावि महायज्ञ गर्दा स्थानिय संस्कृति माथि हस्तक्षेप भएको भन्दै स्थानिय संघ संस्था द्वारा पशुपति क्षेत्र बिकास कोषको ध्यानाकर्षण

Breaking News
सरस्वती काफ्ले काठमाडौं :हिन्दु धर्मावलम्बिहरुको प्रमुख आस्थाको केन्द्र मानिने पशुपतिनाथ क्षेत्र भित्र साउन महिनाभरि ७ वटा महायज्ञहरु गरिनलागेको भन्ने हल्ला संगै त्यसले स्थानिय संस्कार र संस्कृतिमाथि हस्तक्षेप हुने भन्दै स्थानिय संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुले बिरोध गर्दै पशुपति क्षेत्र बिकास कोषको ध्यानाकर्षण गराएका छन् । त्यस क्षेत्रमा कृयाशिल करिब २० भन्दा बढी स्थानिय संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुले पशुपति क्षेत्र बिकास कोषको कार्यालयमा पुगि निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । पशुपति सिर्जनशील युवा क्लबको नेतृत्वमा कोषको कार्यालयमा पुगेका स्थानियहरुले व्यवसायीक रुपमा गर्न लागेका यस्ता महायज्ञहरुले स्थानिय संस्कार र संस्कृति माथि हस्तक्षेप हुने भएकोले पशुपति क्षेत्रको मुख्य मुख्य ठाउँहरुमा तथा स्थानिय जात्रा लाग्ने र आरति गर्ने ठाउँहरु...
न्यायाधीशलाई मोसो दलेकाे आराेपमा पक्राउ परेका नेकपा (बहुमत) का नेताहरूलाई पार्टीद्वारा सम्मान तथा अभिनन्दन

न्यायाधीशलाई मोसो दलेकाे आराेपमा पक्राउ परेका नेकपा (बहुमत) का नेताहरूलाई पार्टीद्वारा सम्मान तथा अभिनन्दन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :अफताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्यायाधीशहरुलाई मोसो दल्ने नेकपा (बहुमत) का नेताहरूलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो । पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले गरिब तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिम्मत गरेका नेताहरूलाई बधाई तथा धन्यवाद दिए । चलाउनेले पछिल्लो समयमा राज्यका तीनवोटै अङ्गहरूमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यस विरुद्ध नयाँ अभियान चलाएको पनि बताए । कालोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाइँले धेरै कुरा सिकाएको बताए । उनले भने,‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि मोसो मात्रै हैन अपराधीहरूलाई त्यो भन्दा...
काठमाडौंकाे बाैद्धमा आगलागी हुदा एक बृद्ध महिलाकाे मृत्यु

काठमाडौंकाे बाैद्धमा आगलागी हुदा एक बृद्ध महिलाकाे मृत्यु

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौंको बौद्धमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए। मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेको प्रहरीले जनाएको छ । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए । आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । ...
समाजवादी कम्युनिस्ट पार्टीले गर्याे नयाँ बसपार्क सरसफाइ

समाजवादी कम्युनिस्ट पार्टीले गर्याे नयाँ बसपार्क सरसफाइ

Breaking News, पुर्वाधार, यातायात, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौं गाेगंबु नयाँ बसपार्क भित्र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।आज उक्त पार्टीले काठमाडौं उपत्यका केन्द्रित जनअभियान अन्तर्गत काठमाडौं अभियान टिमले उक्त सरसफाइ कार्यक्रम गरेको हाे । सरसफाइ कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा अभियान टिमका ईन्चार्ज विनयराज, संयाेजक रेडियम सिंह सदस्यहरु सिबि, शाेम, आकाश, नविन, रुद्र, सरस्वती लगायतकाे टिमले आज नयाबसपार्क भित्र सरसफाइ गरेर जन अभियानको सन्देश प्रवाह गरेका हुन । उक्त कार्यक्रम संगै पार्टीको तत्कालीन कार्यक्रमबारे पर्चाहरु पनि बितरण गरियकाे थियाे ।साे पार्टीकाे यहीँ २०८२ असार ७ र ८ गते काठमाडौंमा सम्पन्न तेस्रो केन्द्रीय समितिकाे पुर्ण बैठकबाट उपत्यका केन्द्रित जनअभियान संचालन गर्ने निर्णय गरेको थियो । उक्त पार्टीले तत्कालीन कार्यनीति “जनतामा जाऔं ! जनताको सेवा गराैं !!” अभियान अवलम्बन गरि...
चिनबाट उर्लेकाे बाढीले रसुवा जिल्ला जलमग्न,

चिनबाट उर्लेकाे बाढीले रसुवा जिल्ला जलमग्न,

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : चिनबाट उर्लेकाे बाढिले रसुवा जिल्ला जलमग्न भयकाे छ । छिमेकी राष्ट्र चीनको भूभागमा भएको वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल र चीनबीचको प्रमुख स्थलमार्ग जोड्ने मितेरीपुललाई ध्वस्त बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे उर्लिएर आएको भेलले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढी स्थित पुललाई पूर्ण रूपमा बगाएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले सडक, पुल, भन्सार यार्डमा रहेका सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको छ। क्षतिको विवरण आइनसकेको तर ठूलो क्षति भएको अनुमान गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। बाढी राति आएको र मानवीय क्षति पनि भएको हुन सक्ने अनुमान गरिएको उनको भनाई छ। नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले बगाएको गाडीमा मान्छे पनि र...
कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न

कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाण्डाैं :कपाली समाजकाे ३०ओैं स्थापना दिवस तथा वृक्षाराेपण कार्यक्रम भयकाे छ।कपाली समाज केन्द्रकाे ३०ओैं स्थापना दिवसका अवसरमा  जाेगिंपाकाे कुश्लेचाैर स्थित समाधि स्थलमा वृक्षरोपण गरि स्थापना दिवस मनाईयकाे हाे । उक्त वृक्षाराेपण कार्यक्रम जाेगिंपाकाे कुश्लेचाैर स्थित कपाली समाधि स्थलमा गरिएकाे छ र असारकाे यहि साता सम्म पचली टेकु स्थित कपाली समाधि स्थल र स्वयम्भू कपाली समाधि स्थलमा पनि वृक्षाराेपण गर्ने जानकारी दिनु भएकाे छ। समाजकाे केन्द्रीय कार्य समिति गुठीका मूल नाईके ज्यूहरू पशुपति कपाली समाज, भक्तपुर कपाली समाज,यल कपाली समाज चित्लाङ्ग कपाली समाज र अन्य केही समाज र कपालीहरू मिलेर जम्मा १११वटा विभिन्न जातका बाेट बिरूवाहरू राेपी वृक्षाराेपण कार्यक्रम सम्पन्न गरिएकाे हाे। वृक्षाराेपण गर्नकाे लागि वन तथा भूसंरक्षण बिभाग हात्तिसार डिभिजन कार्यालय र वन बीउ प्रयाेगशाला तथा भण्डारण के...
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहमाथि कार्यकक्षमै हातपात भयकाे छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अज्ञात समूहले शाहलाई हातपात गरेको हो। कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए। ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासी ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ प्रमुख शाहले भने। घटनापछि शाहले सामान्य चोटपटक लागेको बताए। केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुख शाहमाथि आज कार्यकक्षमै कुटपिट भएको हो। उनले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा फैलाइएको दाबी गर्दै आएका छन्। ‘मैले कुनै गल्ती गरेको छैन, त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको थियो, ...
‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक : इन्द्रराम मोक्तानको शब्द, शशिकला मोक्तानको संगीत ( भिडियो सहित)

‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक : इन्द्रराम मोक्तानको शब्द, शशिकला मोक्तानको संगीत ( भिडियो सहित)

Breaking News, समाचार
काठमाडौं – तामाङ सांगीतिक क्षेत्रमा मौलिकता र भावनात्मकताको संगम बोकेको नयाँ तामाङ सेलो गीत ‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक भएको छ। श्री म्युजिकको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द गीतकार इन्द्रराम मोक्तानले लेखेका हुन्, जसले गीतमा तामाङ समुदायको सांस्कृतिक गहिराइ, प्रेम भावना र ग्रामीण परिवेशलाई उजागर गरेका छन्। गीतमा सङ्गीत चर्चित गायिका शशिकला मोक्तानले गरेकी छिन्, जसले परम्परागत तामाङ धुनलाई आधुनिक भावनात्मक प्रस्तुतिमा रूपान्तरण गरेकी छन्। स्वरको पक्षमा, तामाङ संगीतका वरिष्ठ गायक चन्द्र कुमार दोङ र गायिका शशिकला मोक्तानकै सुमधुर आवाज रहेको छ। उनीहरूको स्वरको संगमले गीतलाई भावनात्मक, कर्णप्रिय र सांगीतिक रूपमा समृद्ध बनाएको छ। भिडियोको निर्देशन रुपेश खड्काले गरेका छन् भने छायांकन केशव कटुवाल र सम्पादन श्याम लि...
बन कार्यालयमा स्टिंग अप्रेशन  : काेकाे थिए दारू पाटीमा सहभागी ? यर्थात विश्लेषण.

बन कार्यालयमा स्टिंग अप्रेशन : काेकाे थिए दारू पाटीमा सहभागी ? यर्थात विश्लेषण.

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, समाचार
✍️जनताको सेवा र वन क्षेत्रको संरक्षणका लागि जिम्मेवार मानिने जाजरकोटको डिभिजन बन कार्यालय पछिल्ला दिनमा गम्भीर विवादमा तानिएको छ । कार्यालय प्रमुख अमर प्रसाद शाहमाथी रक्सी पार्टीको आयोजना, स्रोतसाधनको दुरुपयोग, सर्वसाधारण , करारका कर्मचारीहरु र उपभोक्ता समितिमाथि दमन, र जिल्लाका प्रमुखहरुलाई हातमा लिएर राजनीतिक निकटता प्रदर्शन जस्ता गम्भीर आरोपहरू सार्वजनिक भएका छन् ।तल्लो थाप्लेको स्रोतका अनुसार, शाहले कार्यालयभित्रै सुरक्षाका उच्च अधिकारी, प्रमुख जिल्ला अधिकारी र नेताहरूलाई संस्थाको कार्यक्रम भनेर संस्थाको कोहि पनि मान्छे भित्र नभएको अवस्थामा रात्रिभोज र रक्सी पार्टीको आयोजना गरेका थिए । उनलाइ सिधाकुराले टेलिफोन गर्दा क्वाटरमा आएर भिडियो खिचेको पत्रकारहरुले भन्ने प्रतिक्रिया दिएका थिए तर उनले ओभानो बन्न खोजेको क्वाटरमा के कार्यक्रम हुन्छ भनेर प्रश्न चिन्ह खडा भएको छ । व्या...