२ आश्विन २०८२, बिहीबार

जेन-जि आन्दोलन पछि नेपालीको पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कि

काठमाडौं : जेन- जि आन्दोलन पछि पुर्व पुर्व प्रधानन्याधीश  सुशिला कार्कि प्रधानमन्त्रीमा नियुक्त ।

शुक्रबार राति राष्टृपति रामचन्द्र पाैडेलले कार्कीलाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ४२ ओैँ तथा नेपालीको पहिलाे महिला प्रधानमन्त्रीका रुपमा कार्किले शपथ लिएकी छिन्।

(जेन–जी) को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको आगामी फागुन २१ गते निर्वाचन हुने गरि प्रतिनिधि सभा विघटनकाे सिफारिस गरेकि छिन्।

जेन-जी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।

शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा थिए ।

कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका प्रमुखहरु जेन- जि आन्दोलनका अगुवाहरु लगायतका व्यक्तिहरु दर्शनार्थीका रुपमा  उपस्थित थिए ।