२७ माघ २०८२, मंगलवार

Breaking News

बिकास काेषद्वारा भक्तजनका लागि निशुल्क बससेवा

बिकास काेषद्वारा भक्तजनका लागि निशुल्क बससेवा

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :पसुपतिनाथकाे मन्दिरमा श्रावन महिनाको सोमबार दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको सहजताको लागि पशुपति क्षेत्र विकास कोषले बिहान ४:०० बजे देखि १०:०० बजे सम्म ४ वटा बसमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेको छ। रुट १ - बल्खु - कलंकी - बालाजु - नारायण गोपाल चोक - चाबहिल हुदैँ पशुपति पार्किङ। रुट २ - बल्खु - सातदोबाटो - कोटेश्वर - ऐरपोर्ट हुदैँ पशुपति पार्किङ। मयुर यातायात संगकाे सहकार्यमा उक्त सेवा संचालन गरेकाे बिकाश काेषले जानकारी दियकाे छ ।...
गायक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक (भिडियो सहित )

गायक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक (भिडियो सहित )

Breaking News
काठमाडौ । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा “जर्सी गाईको दूध” बोलको गीत सार्वजनिक गरेका हुन्। रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छ। गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छिन्। गीतको म्युजिक भिडीयोमा नृत्य निर्देशन तथा निर्देशन चर्चित कोरियोग्राफर शंकर बीसीले गरेका छन्। शंकर बीसी स्वयं र मोडल रिया खड्काले अभिनय गरेको छ । नविन घर्ती मगरले सम्पादन गरेको भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन्। गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो। हेर्नुहोस उक्त गितको पुरा भिडियो: https://youtu.be/6ow3oWNNycs?t=2...
नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हडताल, शैक्षिक संस्था बन्द

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हडताल, शैक्षिक संस्था बन्द

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको देशव्यापी शैक्षिक हडतालका कारण शुक्रबार शैक्षिक संस्था बन्द भएका छन्। काठमाडौं उपत्यकाका विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् भने काठमाडौँ बाहिरका विद्यालयहरु पनि ठप्प छन्। काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् । बहुमत निकट अखिल क्रान्तिकारीले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्न, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण गर्न, विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा कायम गर्न, शिक्षक तथा विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्न, शिक्षामा दलालीकरण र माफियाकरणको अन्त्य गर...
मानव सेवा फाउन्डेसनले पशुपतिमा आज देखि महायज्ञ सुरु गरेकाे छ

मानव सेवा फाउन्डेसनले पशुपतिमा आज देखि महायज्ञ सुरु गरेकाे छ

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौ : आज साउन १ गते नेपालकाे सबै भन्दा ठुलाे धार्मिक स्थल काठमाडौंकाे पशुपति मन्दिरमा महायज्ञ सुरु भयकाे छ ।मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा  “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२”को प्रारम्भ भएको छ ।उक्त फाउन्डेसनले पशुपति क्षेत्र वरिपरि परिक्रमा गरेर महायज्ञ सुरुवात गरेकाे हाे । काठमाडौं महानगरपालिका - १४ कलंकी मा केन्द्रिय कार्यालय रहेको मानवसेवा फाउण्डेसनले यहि २०८२आज साउन १ गते देखि आगामी भदौ २१ गते सम्म पशुपति क्षेत्रमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२” चल्नेछ। यो फाउण्डेसनले अहिले पनि गोदावरी नगरपालिका वडा नं. १४ मा मामा घर अनाथालय आश्रम र चागु नारायण नगरपालिका -९ मा छोरीको घर जेष्ठ नागरिक आश्रम सन्चालन गरिरहेको जनाएको छ । फाउन्डेसनले देशै भरि यस्ता बिभिन्न धार्मिक कार्यक्रमहरु गर्ने क्...
काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भेरी नगरपालिका -१ कोल्चौर टाेललाई निशुल्क रुपमा  इन्टरलक इट्टा बनाउने मेसिन वितरण गरिएको छ । विल्ड अप नेपालको सहयोग तथा वडा कार्यालयले समन्वयमा  उक्त मेसिन गाउँवासीहरुलाई वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त मेसिन वडा अध्यक्ष दिपक रानाबाट हस्तान्तरण गरिएको हो । २०८० साल कात्तिक १७ गते राति जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले उक्त वडामा धेरै क्षति पुर्‍याएकाे  थियो । भुकम्पका कारण कोल्चौर गाउँका एउटै घरका ६ जनाको ज्यान गएको थियो । माटो र ढुङ्गा बनेका घरहरु भयकाे कारण गाउका प्राय घरहरु भत्केका थिए। भुकम्प पिडित गाउलेहरुलाई राहत होस भनेर इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको विल्ड अप नेपालका कर्मचारी राजकपुर लिम्बुले बताए । इन्टरलक इट्टाले संरचनालाई भुकम्प प्रतिरोधि बनाउन सहयोग पुग्ने र अरु इट्टा भन्दा सस्तोमा उपलब्ध हु...
नेकपा बहुमत निकट बिद्यार्थी संगठनद्वारा प्रधानमन्त्री र शिक्षा मन्त्रीको पुत्लादहन

नेकपा बहुमत निकट बिद्यार्थी संगठनद्वारा प्रधानमन्त्री र शिक्षा मन्त्रीको पुत्लादहन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं: नेकपा बहुमत निकट अनेरास्ववियू (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गराउन दबाबस्वरुप चरणवद्ध आन्दोलन गर्ने क्रममा मशाल जुलुश गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्रीरघुजी पन्तको पुत्लादहन गरेको छ।आज राजधानी काठमाडौंकाे सिंहदरबार अगाडि उक्त संगठनका   विद्यार्थीहरुले काठमाडौँको डिल्लिबजारबाट सिंहदरबारतर्फको सडक खण्डमा मशाल जुलुश सहित पुत्लादहन गरेका हुन्। उक्त संगठनले साउन २ गते देशव्यापी शैक्षिक हड्ताल गर्ने समेत जानकारी दिएको छ। । अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाहका अनुसार संविधानको धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भइरहेको, शिक्षालाई निजीकरण तथा व्यापारीकरणतर्फ लैजान खोजिएको साथै शैक्षिक माफिया तथा दलालहरूको संरक्षण भइरहेकोले आन्दोलन गरेको जानकारी फिए। संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्ध...
समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ललितपुरमा टिमले आज जन अभियान उद्घाटन गरेकाे छ

समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ललितपुरमा टिमले आज जन अभियान उद्घाटन गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले आज ललितपुरमा जन अभियान उद्घाटन गरेकाे छ । समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालकाे गत असार ६-७ मा सम्पन्न केन्द्रीय कमिटीकाे पुर्ण बैंठकबाट पारित उपत्यका केन्द्रीत तीन महिने "जनतामा जाओै जनताकाे सेवा गराै" भन्ने जन अभियान उपत्यकाका तिनवटा जिल्ला - ( काठमाडौं,ललितपुर र भक्तपुर ) र बिद्यार्थी टिम सहित चार वटा टिमले असार देखि भदाै सम्मा अभियान संचालन गर्ने निर्णय गरेकाे थियाे । जस अन्तर्गत भक्तपुर र काठमाडौंमा टिमले उक्त अभियान उद्घाटन गरेर संचालनमा रहेकाे र आज ललितपुरकाे टिमले अभियान उद्घाटन गरेकाे अभियान टिमका ईन्चार्ज तथा पार्टी स्थायी कमिटी सदस्य विनाेद थापाले जानकारी दिए । अभियान उद्घाटन कार्यक्रम ललितपुरकाे लगनखेलमा भयकाे थियाे । उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका सल्लाहाकार समितिका संयाेजक रिम,अन्य अतिथिका रुपमा पार्टीका स्थ...
सुर्खेतमा नक्कली नाेट छाप्ने मिडिया हाउसका संचालक सहित ५ जना पक्राउ

सुर्खेतमा नक्कली नाेट छाप्ने मिडिया हाउसका संचालक सहित ५ जना पक्राउ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक मिडिया हाउसका संचालक सहित पाँच जनालाई पक्राउ गरेकाे छ । मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको हाे ।प्रहरीले करिब १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा बढी अफिम जस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ५ जनालाई नियन्त्रणमा लिएको हो । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीका अनुसार, एक गोप्य सूचनाको आधारमा प्रहरीले यो सञ्जाल तोड्न सफल भएको हो । शाहीले भने, ’यो एक सङ्गठित अपराधको सञ्जाल हो । हामीले यसको गहिराइसम्म पुगेर अनुसन्धान गरिरहेका छौँ। मिडियाजस्तो सम्मानित क्षेत्रको आवरणमा यस्तो अवैध गतिविधि हुनु निकै गम्भीर विषय हो ।’ ‎यसरी खुल्यो रहस्य ‎प्रहरीका अनुसार यो अपरेसनको सुरुवात सोमबार सुर्...
सेवा निर्वित सिअनमि सिंहलाई स्वास्थ्य चाैकि टालेगाँऊले सम्मान सहित बिदाई गरेकाे छ

सेवा निर्वित सिअनमि सिंहलाई स्वास्थ्य चाैकि टालेगाँऊले सम्मान सहित बिदाई गरेकाे छ

Breaking News, समाचार, स्वास्थ
जाजरकोट : कुशे गाउँपालिका–२ टालेगाउँ स्थित स्वास्थ्य चौकीले सेवा निर्वित्त सिनियर अनमिको विदाइ गरेको छ । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर सेवा निर्वित्त सिअनमिको स्वास्थ्य चौकीले विदाइ गरेको हो । ३२ बर्ष एउटै स्वास्थ्य चौकीमा सेवा गरेर सेवा निर्वित्त सिअनमि हृदय कुमारी सिंहलाई स्वास्थ्य चौकीले सोमबार विदाइ गरेको स्वास्थ्य चौकी इन्चार्ज शेर बहादुर बस्नेतले जानकारी दिए । २०५० साल भदौ २२ गते सेवा प्रवेश गरेकी सिअननमि हृदय कुमारी सिंह २०८२ असार ११ गते पदावधि सकिएको थियो । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर स्वास्थ्य चौकीले सिंहलाइ विदाइ गरेको छ । विदाइ कार्यक्रममा स्वास्थ्य चौकीले सिंहलाइ सम्मान–पत्र, मायाको चिनो स्वरुप झोला, टर्च, छाता, सोल लगाएतका सामाग्री हस्तान्तरण गरेर विदाइ गरेको थियो । विदाइ कार्यक्रम कुशे गाउँपालिका–२ का वडा अध्यक्ष मान बहादुर सिंहको अध्यक्षतामा आयोज...
नेकपा बहुमत निकट बिद्यार्थी संगठनका उपाध्यक्ष  रुपा बुढा लगायत १० जनालाई प्रहरीले गिरफ्तार गरेकाे छ

नेकपा बहुमत निकट बिद्यार्थी संगठनका उपाध्यक्ष रुपा बुढा लगायत १० जनालाई प्रहरीले गिरफ्तार गरेकाे छ

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौ :शिक्षामा निजीकरण र व्यापारिककरणको विरोध गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रुपा बुढामगरसहित १० जना विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न माग राख्दै सोमबार देशभर विद्यार्थी प्रदर्शन आह्वान गरेको थियो। सोही क्रममा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नेताहरूलाई पक्राउ गरेको हो । गिरफ्तारमा पर्ने नेताहरूमा उपाध्यक्ष बुढामगर सहित सचिवालय सदस्य लक्ष्मी शाह, सर्जन पाण्डे, आयुष घिमिरे, केन्द्रीय सदस्य बज्जिर सिंह नेपाली, सक्षम विश्वकर्मा, सुप्रिया नेपाली, समीर विक, सन्जु राई, र कम्युनिस्ट युवा संगठन नेपालका सचिवालय सदस्य पदम हमाल रहेका छन् । प्रहरीको यो हस्तक्षेपप्रति संगठनले कडा आपत्ति ...