३२ असार २०८२, बुधबार

Breaking News

पहिला बहिनिले मृगौला दिईन अहिले आमाले दिने तयारी छ,सहयाेगकाे अपेक्षा गरेकाे छु

पहिला बहिनिले मृगौला दिईन अहिले आमाले दिने तयारी छ,सहयाेगकाे अपेक्षा गरेकाे छु

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा मिर्गाैलाको डायलासिस गर्दै गरेका जाजरकोट कुशे गाउपालिका ५ का केबि मल्लले आफ्नो ज्यान जोगाउनका लागि आर्थिक सहयोगको आशा राखेका छन् । अस्पतालमा उपचाररत उनले आर्थिक अभाबका कारण आफनो उपचारमा समस्या भएको बताए । उनका अनुसार अहिले उनको दुई वटै मिर्गाैला विग्रेको छ । यही कारण उनी गाउँंबाट आमालाई बोलाएर ७५ वर्षीय बृद्धा आमाको मिर्गाैला प्रत्यारोपण गर्ने तयारीमा छन् । तर आर्थिक अभाबका कारण समस्या परेको उनले सुनाए । बहिनी तुलसी मल्लले जनाए अनुसार दाजु ६ वर्ष अगाडिदेखि नै मिर्गाैलाका विरामी हुन् । ६ वर्ष अघि नै आफनो मिर्गाैला दिएर दाइलाई सहयोग गरेको तुलसीले सुनाइन् । आफू पनि विवाहित भएकाले घर र छोराछोरी गाउँमै अस्तव्यस्त रहे पनि दाजुको कोही नभएकाले सहयोगमा रहेको उनले बताइन् । उनको साथमा अहिले उनकी साइली बहिनी तुलसी मल्ल मात्रै छ...
बैशाख २५ गते सेफ्स एसोसिएसन अफ नेपालको ३०औं वार्षिकोत्सव हुँदै

बैशाख २५ गते सेफ्स एसोसिएसन अफ नेपालको ३०औं वार्षिकोत्सव हुँदै

Breaking News
काठमाडौं – नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (Chefs Association of Nepal) ले आफ्नो ३०औं वार्षिकोत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ। आगामी २०८२ साल बैशाख २५ गते, काठमाडौंको चावहिलस्थित स्मार्ट प्यालेसमा कार्यक्रमको आयोजना गर्न लागिएको हो। वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट सेफहरूको योगदानको कदर गर्दै विशेष सम्मान कार्यक्रमसमेत आयोजना गरिनेछ। कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहनेछ भने नेपाली परम्परागत खानाको विविध स्वादसमेत प्रस्तुत गरिनेछ। संस्थाले आगामी दिनमा नेपाली खाना र पाककलालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउँदै नेपालको सांस्कृतिक कूटनीतिमा समेत टेवा पुर्याउने दीर्घकालीन योजना अघि सारेको छ। यससँगै नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान विस...
जाजरकोटमा लडेर घाइते भयकि एक महिलाकाे मृत्युु

जाजरकोटमा लडेर घाइते भयकि एक महिलाकाे मृत्युु

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : जिल्लाको  भेरी नगरपालिका–३ ठाँटिमा एक महिला लडेर घाइते भई उपचारको क्रममा ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ठाटीस्थित बाग्लुङ होटलको हेरचाहका लागि बसेकी स्थानीय ७० वर्षीया विष्णु परियार आइतबार दिउँसो करिब १२:१० बजे बारीको छेउमा सुतिरहेको अवस्थामा एक्कासी उठ्ने क्रममा करिब ५ मिटर तल सडकमा खसेकी थिइन्। खस्दा टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो। तर उपचारकै क्रममा सोही दिन दिउँसो १२:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक प्रेम हमालको कमाण्डमा ६ जना प्रहरी टोली खटिएको थियो। ...
जनक केसिद्वारा लिखित “हाम्रो जाजरकोट”नामक पुस्तक सार्वजनिक

जनक केसिद्वारा लिखित “हाम्रो जाजरकोट”नामक पुस्तक सार्वजनिक

Breaking News, राष्ट्रिय, विचार, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको समग्र परिचयलाई समेटेर तयार पारिएको पुस्तक ‘हाम्रो जाजरकोट’ सार्वजनिक गरिएको छ। जाजरकोट सदरमुकाम खलंगामा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्रीले पुस्तक विमोचन गर्नु भयकाे हाे। पुस्तकमा जाजरकोट जिल्लाको परिचय सहित विभिन्न जानकारीमूलक सामग्री समावेश गरिएको लेखक केसीले बताउनु भयो । "आफूले सम्वन्धित विषयका इतिहासका जानकारसँगै भेटेर सूचना सङ्कलन गरेर पुस्तक तयार पारेको जानकारी गराउनुभयो ।"‘हाम्रो जाजरकोट’ पुस्तक प्रकाशनमा महत्वपूर्ण सहयोग गर्ने कुशे गाउँपालिकालाई उहाँले धन्यवाद दिनुभयो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान प्रकाशन रहेको पुस्तक १ हजार प्रति प्रकाशन गरिएको छ । पुस्तकको समीक्षा भेरी ज्ञानोदय क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द्र बहादुुर बुढाले गर्नुभएको थियो । पुस्तकमा प्रयोग भएका धेरै शव्दहरूमा स्थानीय भाषा शव्दका लय भए पन...
अछाम तुर्माखाँद च्यूरी मेला बगुर्खाल सडक ३ बर्ष देखि अलपत्र,आधा काम गरेर रकम निकास गरि हिनामिना

अछाम तुर्माखाँद च्यूरी मेला बगुर्खाल सडक ३ बर्ष देखि अलपत्र,आधा काम गरेर रकम निकास गरि हिनामिना

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :अछाम तुर्माखाँद च्यूरी मेला बगुर्खाल सडक ३ बर्ष देखि अलपत्र परेको छ।अछाम जिल्लाको तुर्माखाँद गाउपालिका वडा नम्बर ४ को आ.व. २०७८/०७९ "तुर्माखाँद च्यूरीमेला बगुरखाल सडक निर्माण याेजना" को लागी प्रदेश सरकारले बिनियोजित जम्मा रकम रु २५ लाख हो, जस मध्य उपभोक्ता समितिले त्यसको आधा काम मात्र गरेर पुरै काम सम्पन्न भएको भनी निर्णय गरि प्राबिधिक मुल्यांकन समेत गराइ बिल समेत उठाइ २०७९ असार मसान्तमा पास गरिएको  हो। तर त्यहाको स्थानीय उपभोक्ताले भने स्टेटमेट अनुसार पुरै काम नभएको भन्ने व्यापक जन गुनासो आएपछि उपभोक्ता समिति का अध्यक्ष झंकर बुढा ले १० लाख रुपैया बचेको बताएका छ्न,जस मध्य ५ लाख ५० हजार उपभोक्ता समितिको खातामा छ बाँकी ४ लाख ५० हजार इन्धनको लागि एउटा ब्यापारी लाई दिएको बताएका हुन। तर उपभोक्त समितिको भने कुनै निर्णय छैन। आ.व.२०७८/०७९ मा तुर्माखाद गाउपालिका प्रमुख प्रशासकीय अधिकृत...
समाजवादी कम्युनिस्ट पार्टीले पाल्पामा गर्याे जग्गा कब्जा

समाजवादी कम्युनिस्ट पार्टीले पाल्पामा गर्याे जग्गा कब्जा

Breaking News
बुटवल : समाजवादी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही - पाल्पा जिल्ला संगठन समितिले मालपोत र नापी कार्यलयलाई चेतावनी दिदै तानसेन नगरपालिकामा रहेको प्रभास पुरीले निर्माण गरेको ३५ राेपनि जग्गा कब्जा गरेको छ । उक्त पार्टीका जिल्ला सचिव हेमन्तले एक विज्ञप्ति जारी गर्दै उक्त जग्गा अधिकरण गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनलेे जारी गरेको विज्ञप्ति । "प्रेस विज्ञप्ति: पुर्ण पाठ : प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम किन ? १) जलस्रोत ऐन २०४५ लाई मिचि प्रभासको दोस्रो पोखरी पुर्ने काम गरेकोले ।, २) जैविक विविधता र पर्यावरणीय सन्तुलनको दृष्टिले अति महत्वपूर्ण मानिएको एवम् सिमसार क्षेत्रको रूपमा रहेको प्रभास तालको दोस्रो पोखरिको नाम निसाना भेट्‌ने काम गरेकोले । ३) प्राकृतिक सम्पदा तथा सिमसार क्षेत्रको चरम अतिक्रम गरे...
जाजरकोटमा मुक्ति बस्नेत पेट्रोल पम्प संचालन

जाजरकोटमा मुक्ति बस्नेत पेट्रोल पम्प संचालन

Breaking News, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ ।भेरी नगरपालिका–४, बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले मङ्गलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यसअघि पेट्रोल पम्प नहुँदा उपभोक्ताहरू ड्रम तथा जर्कीनबाट तेल किन्न बाध्य थिए । आज बिहान आयोजित एक विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले पम्प उद्घाटन गर्नुभयो । प्रमुख खत्रीका अनुसार अब उपभोक्ताहरूलाई शुद्ध इन्धन सहजै प्राप्त हुने र महँगोपनाबाट समेत राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेखबहादुर मग्रातीले जिल्लामै पहिलो पटक नेपाल आयल निगम अन्तर्गतको पम्प सञ्चालनमा आएकोमा मुक्ति बस्नेत सप्लायर्सलाई धन्यवाद दिनुभयो । अब सरकारी तथा गैरसरकारी कार्यालयका सवारी साधनलाई तेल आपूर्तिमा सहजता हुने बताउनुभयो । यातायात व्यवसायी भीमबहादुर बुढाले पनि पम्प सञ्च...
कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न बाेर्डकाे शिक्षकलाई अनुराेध

कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न बाेर्डकाे शिक्षकलाई अनुराेध

Breaking News, शिक्षा
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न आन्दोलनरत शिक्षकहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आगामी ११ गतेदेखि निर्धारण गरिएको परीक्षा नियमित रूपमा सञ्चालन गर्न शिक्षकहरूलाई अनुरोध गर्ने निर्णय गरेको बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। बैठकपछि उनले भने, ‘परीक्षा केन्द्र तोकिएको छ। परीक्षा तोकिएकै मितिमा गर्नुपर्छ भनेर विद्यार्थीहरूको अनुरोध आएको छ। हामीले आज पनि हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएका विद्यालयमा आवश्यक तयारी गर्न सबैसँग पुनः अनुरोध गर्ने निर्णय गरेका छौं। शिक्षकहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ। ५ लाख ५० हजार विद्यार्थीको परीक्षा भएका कारण परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने नै निर्णय भएको छ।’ नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठम...
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्ने भएको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक-पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।...
शिक्षा मन्त्री भट्टराईले राजिनामा दिएकी छिन

शिक्षा मन्त्री भट्टराईले राजिनामा दिएकी छिन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।...