काठमाडौं : जेन जि युवा मिराज ढुगानाले आज पत्रकार सम्मेलन मार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन गरेका छन ।ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका नभएको बताएका छन् । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पारेका छन् ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने उनको भनाइ छ ।
हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर कदापी होइन । यो क्लियर होस्,’ उनले भनेका छन् ।
हुलमुल मात्रै भएर देशको विकास नहुने जिकिर गर्दै उनले आधिकारिक बन्नका लागि कि त एनजीओ कि त राजनीतिक दल नै खोल्नुपर्ने बताए ।
बटमलाइन पूरा नभइ हामी चुनावमा जाने तयारीमा छैनौं । गर्दैनौं,’ ढुंगानाले भने, ‘प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा हाम्रो एउटा बटमलाइन हो । जसलाई सुन्नैपर्छ ।’
उनले थप भने, ‘विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्छ । ३ करोडमा ८० लाखलाई छुटाएर हुन्छ ? त्यत्रो रगत पसिना बगाएर गर्नुभएको जनसंख्यालाई छाड्न हुँदैन । यो नभइ पनि हामी निर्वाचनमा जानेवाल नै छैनौं ।’