६ बैशाख २०८२, शनिबार

Breaking News

तारकेश्वर नगरपालिकाका मेयरलाई वडाध्यक्ष फुयालको प्रश्न- फोहरको सात करोड कहाँ गयो ?

तारकेश्वर नगरपालिकाका मेयरलाई वडाध्यक्ष फुयालको प्रश्न- फोहरको सात करोड कहाँ गयो ?

Breaking News
काठमाडौं ।  काठमाडौंको तारकेश्वर नगरपालिकामा फोहरमैला व्यवस्थापनलाई लिएर विषयमा नगर प्रमुख कृष्णहरि महर्जन र ५ नम्बर वडाका अध्यक्ष शम्भुप्रसाद फुयालबीच विवाद भएको छ । फोहरलाई लिएर दुई जनप्रतिनिधि भनाभनमा उत्रिएका छन् । वडाध्यक्ष फुयालले तारकेश्वरबासीले फोहरमैलाको नाममा बुझाउने ७ करोड रुपैयाँबारे चासो राख्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि नगर प्रमुख महर्जनसँग विवाद भएको हो । फुयालले गत पुस २९ गते फेसबुकमा, ‘तारकेश्वर नगरपालिकामा वार्षिक रुपमा जनताले फोहरमैलाको नाममा ७ करोड बुझाउँछन् । कसलाई बुझाउँछन्, थाहा छैन । हिजोको मेयर पनि चुप, आजको पनि चुप’ भनेर लेखेका थिए । वडाध्यक्ष फुयालले नगरपालिकाको बेथिति फेसबुकमा लेखेपछि आक्रोशित नगर प्रमुख महर्जनले उनलाई स्पष्टीकरण सोधेका छन् । नगर प्रमुख महर्जनले वडाध्यक्ष फुयाललाई स्टाटस लेखेको तेस्रो दिन तीन दिने म्याद तोकेर लिखित स्पष्टीकरण...
अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

Breaking News
काठमाडौं । धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित  सोही उपमहानगरपालिका-५ हसनपुर बस्ने भारत पलिया घर भएका १७ वर्षीय किशोर समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
महत्त्वपूर्ण प्रस्तावहरु पास गर्दै भेरी नगरपालिका जाजरकोट काे १६ ओैँ नगर सभा सम्पन्न

महत्त्वपूर्ण प्रस्तावहरु पास गर्दै भेरी नगरपालिका जाजरकोट काे १६ ओैँ नगर सभा सम्पन्न

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट : भेरि नगरपालिका जाजरकाेटकाे १६ ओैं नगर सभा सम्पन्न भयकाे छ ।आईतवार भेरि नगरपालिका जाजरकोटकाे सभा भवनमा १६ ओैं नगर सभा तथा ( विधायन - २०८१ )सम्पन्न भयकाे हाे। नगर सभाकाे प्रारम्भमा उक्त सभामा गरिनु पर्ने आचारसंहिता बारे नगर पालिकाका  प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले जानकारी  दिए संगै  नगर प्रमुख चन्द्र प्रकाश घर्ती काे अध्यक्षतामा नगर उप प्रमुख सीता जैसि, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि र तेह्रवटै वडाका अध्यक्ष र वडा सदस्यहरुकाे  सहभागीतामा उक्त सभा संचालन भयकाे थियाे । नगर सभाकाे सुरुवातमा विभिन्न ऐन तथा विधेयकहरु प्रस्तुति गरियकाे थियाे। जस अन्तरगत - १- खानी तथा खनिज पदार्थको उत्खनन् विधेयक २०८१, २-भाैतिक पुर्वाधार बिकास तथा व्यवस्थापन विधेयक,२०८१ ३-सामाजिक सुरक्षा विधेयक २०८१ ४-स्वास्थ्य सरसफाइ ऐन- २०७४काे तेस्रो संशोधन,२०८१ ५-सामाजिक सुरक्षा नि...
रवि लामिछाने जोडिएको मुद्दाको थुनछेक बहस सोमबार पनि सकिएन

रवि लामिछाने जोडिएको मुद्दाको थुनछेक बहस सोमबार पनि सकिएन

Breaking News
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दाको थुनछेक बहस सोमबार पनि सकिएन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार र सोमबार बहस भएको थियो।   सरकारी वकिल, सहकारी पीडित तर्फका वकिलहरूले बहस सके पनि लामिछाने पक्षका वकिलहरूले बहस गर्न बाँकी छ। त्यसैले लामिछानेलाई सोमबार पनि न्यायिक हिरासतमा पठाउने तयारी छ। यो मुद्दामा ९ जना सरकारी वकिलहरूले बहस गरेका थिए। सहकारी पीडितका तर्फबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका हुन्। लामिछाने पक्षका वकिलहरूले भने बुधबार मात्रै बहस गर्नेछन्। सरकारी वकिलहरू र सहकारी पीडितका तर्फका वकिलहरूले यो मुद्दालाई गम्भीरतापूर्वक हेरिनुपर्ने विषय बहसका क्रममा राखे।   ‘यो मुद्दालाई छिटोछिटो अघि बढाउन हुन्न, गम्भी...
रवि लामिछानेलाई आज फेरि न्यायीक हिरासतमा राखिने

रवि लामिछानेलाई आज फेरि न्यायीक हिरासतमा राखिने

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेलाई आज न्यायीक हिरासतमा पठाईएको छ । स्वर्णलक्ष्मी सहकारी घोटालाका प्रतिवादी उनलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासको आदेश बमोजिम लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याईयकाे थियाे । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछानेको ८४ दिन लामो हिरासत बसाई अन्त्य भएको थियो । आज बयानका लागि आफैँ जिल्ला अदालतमा उपस्थित भएका उनको थुनछेक बहस नसकिएकाले प्रहरीको जिम्मा लगाइएको हो । उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरील...
विकास र समृद्धिका लागि एमाले महासचिव पोखरेलको ५ बुँदे सुझाव

विकास र समृद्धिका लागि एमाले महासचिव पोखरेलको ५ बुँदे सुझाव

Breaking News
काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिको आकांक्षा छिटो पूरा गर्ने हो भने राजनीतिक स्थायित्वको सुनिश्चिततासहित दक्ष जनशक्ति विकास अपरिहार्य रहेको बताएका छन् ।   सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले राजनीतिक स्थायित्वको सुनिश्चिततासहित दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने पाँच बुँदे सुझाव प्रस्तुत गरेका छन् । महासचिव पोखरेलका अनुसार जागिरमुखी शिक्षालाई उद्यमशिलता, व्यापार र व्यवसायोन्मुख शिक्षामा रूपान्तरण गर्नुपर्ने र प्राविधिक तथा व्यावसायिक शिक्षाको हिस्सा ६० प्रतिशतभन्दा माथि पुर्‍याउनुपर्ने आवश्यकता छ ।   यसैगरी, महासचिव पोखरेलले शारीरिक र मानसिक रूपमा स्वस्थ जनशक्ति विकासका लागि आवश्यक चेतना, पूर्वाधार र सामर्थ्य विकासमा जोड दिनुपर्ने बताएका छन् । साथै, प्रत्येक नागरिकलाई आधुनिक प्रविधि र...
रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दियपछि पुर्व गृहमन्त्री तथा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५र५ लाख र कृष्ण बहादुर गुरुङसँग एक लाख रुपैंया धरौटी माग भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था भने नरहेकाे बताएको छ । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं लिने भयकाे छ। लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी ...
जन्म दिनकाे अवसरमा अधिकारीले गरे विपन्न बालबालिका लाई सहयोग

जन्म दिनकाे अवसरमा अधिकारीले गरे विपन्न बालबालिका लाई सहयोग

Breaking News, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :समाज सेवि तथा "शारदा शेर स्मृति प्रतिष्ठान" जाजरकोटका अध्यक्ष अर्जुन बहादुर अधिकारीले आफ्नो जन्मदिनको अवसरमा नेपाल राष्ट्रिय मावि रिन्टाकुरा छेडागाड ८ जाजरकोटका  विपन्न, असाह्य, असक्त र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग प्रदान गरेका छन् ।विशेष कार्यक्रमको आयोजना गर्दै, उनले विद्यालयका ५५ जना विद्यार्थीलाई कापीकलम, २ वटा भलिबल र १ वटा जाली वितरण गरेका छन् । समाजसेवा र शिक्षा क्षेत्रमा अधिकारीको योगदानले विद्यार्थीहरूमा उत्साह बढाएको विद्यालयका शिक्षक तथा अभिभावकहरूले बताएका छन् । कार्यक्रममा सहभागी एक विद्यार्थीले भने, “हामीजस्ता विपन्न विद्यार्थीहरूलाई यस्तो सहयोगले पढाइमा झनै प्रेरणा दिन्छ । अधिकारी सर प्रति हामी आभारी छौँ ।” अर्जुन बहादुर अधिकारीले यस अवसरमा भने, “समाजका विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक साधनको अभावमा पढाइमा अवरोध नहोस् भन्ने मेरो सधैं प्रयास रहन्छ । आ...
भुकम्पमा परि चिनमा १२६ जनाकाे मृत्युु भयकाे छ, संख्या थप पढ्न सक्ने अनुमान गरियकाे छ

भुकम्पमा परि चिनमा १२६ जनाकाे मृत्युु भयकाे छ, संख्या थप पढ्न सक्ने अनुमान गरियकाे छ

Breaking News, पुर्वाधार, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तकाे सिगात्सेमा मंगलबार बिहान गयकाे भुकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७.१ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन्  भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार ६:५०मा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो । भूकम्पका कारण सिगात्सेमा मात्रै एक हजार बढी घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बिजुली र पानी आपूर्ति प्रभावित भएको छ। राष्ट्रपति सी जिनपिङले खोज, उद्धार र राहत वितरणका लागि पूर्णरुपमा परिचालित हुन र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन...
नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

Breaking News, समाचार
काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । गत आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।   यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । ...