२७ आश्विन २०८२, सोमबार

देशभर हामी डिजिटल जेनेरशन गठन गरेर अगाडि बढ्छाै : महेश बस्नेत

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले अब देशभर डिजिटल जेनेरशन गठन गरेर अगाडि बढ्ने बतायका छन ।

बुधबार साइबर ब्युरोमा बयान दिएर आएपछि उनले पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेका उनले प्रतिसोधको राजनीति नगर्न चेतावनी दिएका छन्।

आफूलाई राजनीतिक प्रतिसोधको सिकार बनाउन खोजिएको आरोप लगाउँदै उनले जेन–जी आन्दोलनमा घुसपैठ गरेर विध्वंस गरिएको आरोप लगाएका छन्।

उनले आन्दोलनमा विध्वंस मच्चाउने साम्राज्यवादबाट परिचालन भयका सुदन गुरुङ लगायतकालाई पक्राउ गर्नु पर्ने बताए। यस विषयमा जाहेरी दिइसकेको भन्दै अव मुलुकभर यही अभियान चलाउने उनले बताए।

‘हामी अव देशभर डिजी फोर्स गठन गरेर अगाडि बढ्ने छौ,’ उनले भने, ‘अब देशभर हामी डिजिटल जेनेरशन गठन गरेर अगाडि बढ्ने छौ।’ एमाले निकट युवा संगठन र कांग्रेस निकट युवाहरु अब एक भयर जाने समेत उनले बताय ।