२७ आश्विन २०८२, सोमबार

जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन हाे : डा. बाबुराम भट्टराई

काठमाडौं :पूर्वप्रधानमन्त्री तथा नेसपा ( नयाँ शक्ति )का अध्यक्ष  डा. बाबुराम भट्टराईले भट्टराईले जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन भएको बताए । यद्यपि आन्दोलनका क्रममा परिवर्तन नचाहने र बाह्य शक्तिले चलखेल गर्न खोजेको पनि उनले बताए ।

नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको  डाक्टर  बुधबार पद त्याग गरेका उनले आज पत्रकार सम्मेलन गरी यस्तो प्रष्टीकरण दिएका हुन् ।

विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएकोप्रति सचेत रहन उनले आग्रह गरेका छन् ।आफू राजनीति बाट अलग नभयकाे र चुनाव अघि नै भ्रष्टाचारीलाई कार्वाही हुनुपर्ने र भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।