काठमाडौं । ‘मै थपुँला सही’ लोकदोहोरी भाकाको नयाँ गीत सार्वजनिक भएको छ।
यसपूर्वक घुमाउने घर पोखरामा लगायतका चर्चित गीतमा स्वर दिइसकेका गायक सुदीप अधिकारीले यसपटक नवराज तिमल्सिना ‘एकान्ते’ को शब्द र लयको गीतलाई बिहिबार उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
गीतमा गायक सुदीप अधिकारी र गायिका रचना रिमालको स्वर रहेको छ। गीतको लय र शब्द नवराज तिमल्सिना ‘एकान्ते’ले तयार पारेका हुन् भने भिडियो आठ मिनेट ३४ सेकेण्डको रहेको छ।
उत्कृष्ट छायाङ्कनसहित तयार भएको भिडियोमा लोमस शर्मा र करिष्मा ढकालले आकर्षक मोडलिङ गरेका छन्।
लोक तथा दोहोरीको मौलिक शैलीमा तयार गरिएको ‘मै थपुँला सही’ दर्शक तथा श्रोतालाई मनपर्ने अपेक्षा लिइएको छ।