२ आश्विन २०८२, बिहीबार

जेन-जि आन्दोलन, १९ जनाकाे ज्यान गयाे, गृहमन्त्रीकाे राजिनामा, सामाजिक संजाल खुल्ला र कर्फ्यु

काठमाडौं :सरकारले सामाजिक संजाल प्रतिबन्द गरे पछि काठमाडौं लगायत देशका विभिन्न भागमा युवाहरुले आन्दोलन गरिरहेका छन, आन्दोलनका क्रममा १९ जनाकाे ज्यान समेत गयकाे छ भने चार सय भन्दा बढि घाइते अवस्थामा विभिन्न हस्पिटलहरुमा उपचार भईरहेकाे छ ।

( जेन- जि) युवा पुस्ता आन्दोलन देशमा भईरहेकाे भ्रष्टाचार बेतिथिका बिरुद्धमा हाे,युवा पुस्तालाई उक्सायर कसैलाई सत्तामा पुग्नु छ भने कसैलाई सत्ताकाे आयु लम्बाइ राख्नु छ। याे आन्दोलनकाे अगुवाइ कस्ले गरेकाे थियाे र जिम्मा लिने कसले हाे ? याे पनि थाहा छैन । विभिन्न पार्टी, संघ संस्था र ब्यक्तिहरुले विज्ञप्ति र सामाजिक संजाल मार्फत आफ्ना धारणा ब्यक्त गरेका छन । आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजि सम्पतिकाे ठुलाे क्षति भयकाे छ । गृहमन्त्री रमेश लेखकले राजिनामा दियका छन । संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिबन्ध सामाजिक संजाल खुला रहेकाे जानकारी दिईसकेका छन ।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए ।

मन्त्री गुरुङले भने यहि कारणले आन्दोलन गरियकाे हाे भने खुल्ला रहने छ,सामाजिक संजाल नियमन गर्न खाेजियकाे थियाे ।

स्थानीय प्रशासनले काठमाडौंका विभिन्न ठाउमा कर्फ्यु जारी गरेकाे छ । बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।

सो सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी आदेशमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश लागु हुनेछ ।

कफ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूको सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।