काजी, कमारा र अधुरो क्रान्ति
काजीले
कमाराहरुलाई
फर्मेशनमा उभ्यायो र भन्यो-
एकीकृत क्रान्तिको सपना पुरा हुदैछ !
कमाराहरु पनि
कमान्डरले थामीदिएको बीउ समात्दै
काजीले भट्याएको वाली गाए र रमाए
भौतिकबाद्को रातो किताब
पिसाबखानामा मिल्काएर
क्रान्तिको अधुरो सपना
धान रोपेर पूरा गरे !!!
जाजरकोट। कुशे गाउँपालिका वडा न.८जाजरकोट रिजापहाडा काँडेचौरकी नर बहादुर खड्का कि श्रीमति सेतु खड्काको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । आईतबार विहान ९ बजे खेतमा घाँस काट्न गएकी खड्कालाई सर्पले टोकेर अवस्था गम्भिर भयपछि हेलिकप्टर द्वारा उद्दार गरियकाे हाे ।
सोमबार गाउँपालिकाको पहलमा खड्काको उद्धार गरिएको हो । खड्कालाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याईएको छ ।
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत, जिल्ला समन्वय समिति सदस्य विनिता नेपाली र वडाध्यक्ष डिल्लीबहादुर सिंहको संयूक्त पहलमा हेलिकप्टरकाे पहल गरि उद्दार गरिएको हो । गाउँपालिकाको विपद् कोष बाट उद्दार गरिएको हाे । हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।...
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी र बैज्ञानिक समाजवादी पार्टी नेपाल निकट बिद्यार्थी संगठन बिच आज संगठन पुनर्मिलन कार्यक्रम सम्पन्न भयकाे छ ।
शाेमबार काठमाडौं काे बागबजार स्थित अनेरास्ववियु क्रान्तिकारी काे केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरि पुनर्मिलन भयकाे हाे ।
कार्यक्रममा बैज्ञानिक समाजवादी पार्टीका बिद्यार्थी नेता बिकाश रसायलि प्रवेश लाई माेहन वैद्य किरणले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी का फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेलकाे प्रमुख आतिथ्यतामा, संगठन कि केन्द्रीय सह-संयोजक तथा ३ न.प्रदेश ईन्चार्ज शिलु न्याैपाने र ६ न. प्रदेश ईन्चार्ज गाेबिन्द बिष्टको काे उपस्थितिमा रसायलिलाई दाेसल्लाद्वारा स्वागत गरियकाे थियाे र कार्यक्रमकाे संचालन ३ प्रदेश संयोजक उषाकिरण "आजाद"ले गरेका थिय ।
...
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ।
निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डीपीआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए।
हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ। जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए।
साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ। सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए। हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबा...
नकुल चाैलागाई ,काभ्रे :
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिबेशन तथा बैठक सप्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले श्याम विकको संयोजकत्वमा तिन सदस्य थप गर्ने गरि ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला संयोजक माधब गौतमले दलाल संसदीय ब्यबस्थाको अन्त्य गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवाद स्थापनाको लागि लागि पार्टी एकता भएको बताए । उनले क्रान्तिमा सुरुमा प्रचण्डले गद्दार गरेको र बिप्लवले पनि त्यही बाटो समातेकोले बिद्रोह गर्नु परेको स्पष्ट पारे।
कार्यक्रममा जिल्ला सहसंयोजक ढोक प्रसाद अधिकारीले उत्पीडिनमा परेको जनता नउठे सम्म क्रान्ति सप्पन्न नहुने बताउँदै उत्पीडिनमा परेको जनता पहिला उठ्नु पर्नेमा जोड दिए । सोहि कार्यक्...
नेपालगन्ज । जाजरकोट कुशे गाउपालिका वडा न.२ तल्लाे डाेग्री टाेलका रमेश सिंहकाे भारतकाे हरिद्धार भन्ने ठाउमा ट्रकले च्यापियर घटनास्थल मै मृत्यु भयकाे छ।
शुक्रबार नेपालगन्ज देखि रिजर्भमा लिईयकाे जिपकाे टायर पन्चर भयकाे अवस्थामा बाहिर निस्कने क्रममा गुडिरहेको टृकले ठक्कर दियपछि च्यापेर घटनास्थलमै उनकाे मृत्यु भयकाे बताईयकाे छ।
१९ बर्षका सिंह कक्षा ११ मा पढ्दै थिय। ६ बर्ष पहिले उनका बुवा नर बहादुर सिंहकाे घर नजिकैकाे भिरमा लडेर घाइते भइ उपचारका लागि भारतकाे लखनउ लिदै गर्दा बाटाेमै निधन भयकाे थियाे । हाल सात जनाकाे घर परिवार मध्ये जेठा छाेरा रमेश थिए असल, ईमान्दार,मेहेनेती सामाजिक सदभावना राख्ने स्भावका ब्यक्ति थिए। उनको आमाले गाउँ घरमै अर्काकाे खेतीपाती गरेर भाईबहिनिलाई खानपिन जुटाउन कठिन भएकोले उनी बर्खा विदामा भारत गएर मजदुर गरेर दशैमा आमा भाईबहिनिकाे लागि लत्ताकपडा र आफ्नो पढाइ खर्च ...
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन, अनेरास्ववियु (क्रान्तिकारी ) ३ न. प्रदेश कमिटीको एकता भेला तथा प्रशिक्षण सम्पन्न भयकाे छ ।
शुक्रबार काठमाडौंको बागबजार स्थित पद्मकन्या कलेजमा संचालित भेलामा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ३ न. प्रदेश कमिटी ईन्चार्ज हेमन्त प्रकाश ओलि "सुदर्शन",केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने "दिपक" संगठनका फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेल , संयाेजक मिलन राई, सह-संयाेजक बिरेन्द्र शाह , पेशल दाहाल शिलु न्याैपाने , संगठनका केन्द्रीय कार्यलय सदस्य गाेबिन्द बिष्ट , डि बि शाहि , लगायतका नेता हरुकाे विशेष उपस्थिति तथा प्रदेश अन्तर्गत जिल्लाका प्रतिनिधिहरुकाे सहभागीतामा भेला सम्पन्न भयकाे हाे ।
भेलाले ५५ सदस्य प्रदेश कमिटी गठन गरेकाे छ । भेलाकाे अध्यक्षता उषाकिरण "आजाद"ले गरेका थिय भने संचालन हरि बिष्टले गरेका थिय ।कार...
काठमाडौं । प्रगतिशील लेखक स्रष्टा द्धय अतृप्त पाण्डे र पेशल आचार्यको सम्झनामा स्मृति सभा सम्पन्न भयकाे छ।
बिहिवार नेपाल - काेरिया लेखक/ पत्रकार मंच र हित प्रसाद उपाध्याय-जुनमाया सुवेदी साहित्य प्रतिष्ठानकाे आयाेजनामा काठमाडौंको अनामनगर मा रहेेकाे संबाद डब्बलिमा स्मृति सभा संचालन भयकाे हाे ।
स्रष्टा पाण्डे काे २००७साल कार्तिक १२ गते जन्म भई २०८०असार १२ गते मृत्यु र आचार्यको २०२४भदौ ११ गते जन्म भई २०८० साउन १ गते निधन भयकाे थियाे ।दुबै जनाले विभिन्न काल खण्डमा प्रगतिशील लेख ,कविता लेखी अनुकरणीय इतिहास निर्माण गरेका थिय ।
स्रष्टा द्धय पाण्डे र आचार्यको सम्झना गर्दै कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य हेमन्त प्रकाश ओली ,प्रा.डा.राम प्रसाद ज्ञवाली,नरेन्द्र जंग पिटर लगायत विभिन्न कवि, लेखक र राजनैतिक बिचारकहरुले कविता र बिचार ब्यक्त गर्दै श्रदान्जली ब्यक्त ...
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् ।
अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाहिर सुन समातिएको स्रोतले बताएको छ । सुन हङकङबाट आएको बताइएको छ ।...
काठमाडौं ।पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए।
उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए।
डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु सङ्क्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन्।
महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकोमा साउन १ गते सम्म आइ...