१५ बैशाख २०८३, मंगलवार

समाचार

काे हुन ..? राम बहादुर बम्जन “लिटिल बुद्ध” उपनाम बताउने ब्यक्ति

काे हुन ..? राम बहादुर बम्जन “लिटिल बुद्ध” उपनाम बताउने ब्यक्ति

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बूढानीलकण्ठबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए । उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । तर, त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किन बाध्य भयो । बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर...
२०८० सालकाे एसइई परिक्षा चैत पहिलाे सातामा हुने

२०८० सालकाे एसइई परिक्षा चैत पहिलाे सातामा हुने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौ : २०८० सालकाे (एसईई)काे परिक्षा चैत पहिलो सातामा सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बुधबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, उनले भने । संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने भन्दै शर्माले अन्योलमा नपर्न आग्रह गरे । शिक्षा विधेयकमा १० कक्षाको परीक्षा उल्लेख नभएकाले धेरै कुरा आएको छ, एसईई हुन्छ । परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ । क्यालेन्डर अनुसार एसईई हुन्छ’, उनले भने । अध्यक्ष शर्माले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले  एसईई प्रभावित नहुने उनले बताए । जाजरकोट र रुकुम पश्...
युवा संघ नेपालले गर्याे भुकम्प पिडित बालबालिकालाई २३० थान झाेला बितरण

युवा संघ नेपालले गर्याे भुकम्प पिडित बालबालिकालाई २३० थान झाेला बितरण

Breaking News, पुर्वाधार, शिक्षा, समाचार
जाजरकोट  : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले भुकम्प पिडित बालबालिकालाई २३० थान  झाेला बितरण गरेकाे छ । मंगलबार जिल्लाको छेडागाड नगरपालिका वडा न. ५ का ३ वटा बिद्यालय श्री भाग्योदय मा.बि बडावन , श्री दोभान बिध्याज्योति प्राथामिक बिधालय थलहबजार र श्री जनता बालबिकास केन्द्र बडाबनका बालबालिकाहरुको लागी जम्मा २३० वटा  स्कुल झोला बितरण  गरियकाे थियाे। गत कार्तिक १७ गते राति जाजरकोट काे बारेकाेट गाउपालिकाकाे रामिडाडा केन्द्रबिन्दु  भयर गयकाे भुकम्पले जाजरकोट , रुकुम र सल्यान लगायतका अधिकांश बिद्यालयहरुमा क्षति भयपछि बालबालिकाहरु खुल्ला चाैर र पाल मुनि अध्यन गरिरहेका छन्। सामाजिक अभियान्ता बिशान्त जंग शाहीकाे पहलमा उक्त झाेलाहरु संकलन गरि संगठनका जिल्ला अध्यक्ष सराेज जंग शाही र उपाध्यक्ष  अशाेक बहादुर सिंह लगायतको टिमले उक्त राहतका सामाग्री बितरण गरेका थिय ।बालबालिकाहरु नयाँ झाेला पाय ...
क्रान्तिकारी युवा संगठन नेपालका ३ जना युवा ८ दिन पछि हिरासत मुक्त

क्रान्तिकारी युवा संगठन नेपालका ३ जना युवा ८ दिन पछि हिरासत मुक्त

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :कान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा ७ नम्बर प्रदेस संयोजक दिपेन्द्र ऐरी , केन्द्रिय सचिवालय सदस्य पदम हमाल र केन्द्रिय सदस्य  आकाश कार्कि मंगलबार हिरासत मुक्त भएका छन् । उनीहरूलाइ झुट्टा मुद्दा लगाइ प्रचण्ड नेतृत्वकाे गठबन्धन सरकारले हिरासतमा राखेको ८ औं दिनको दिन प्रत्यक ब्यक्ति ४ हजार धरौटीमा रिहाई गरेको क्रान्तिकारी युवा संगठन नेपालले जनाएकाे छ । सरकारका प्रमुख ५ वटा कार्यालयहरुमा दलाल संसदीय व्यवस्था नाङ्गियो भनेर नाङ्गो भएर बिरोध गर्दा सरकारले ३२ जना नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरि हिरासतमा राखेको थियो। केहि नेताकार्यकर्ताहरु २४ घन्टाको हिरासत बसाईपछि रिहाई भएका थिए भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गिरफ्तार भएका नेताकार्यकर्ता आठ दिन पछि मंगलबार रिहाई गरियकाे  हाे ।...
कोभिड १९ सङ्क्रमणको नयाँ सब भेरियन्ट “जेएन वान” नेपालमा पनि भेटियाे, सचेत रहन मन्त्रालयको सुझाव

कोभिड १९ सङ्क्रमणको नयाँ सब भेरियन्ट “जेएन वान” नेपालमा पनि भेटियाे, सचेत रहन मन्त्रालयको सुझाव

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :विश्वका केही देशमा फैलिरहेको कोभिड १९ सङ्क्रमणको नयाँ सब भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयले साेमबार विज्ञप्ति जारी गर्दै नयाँ सब– भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ । नयाँ भेरियन्टको सङ्क्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘जिन सिक्वेन्सिङ’मा सातवटा नमूनामा ओम्निक्रोनको सब–भेरियन्ट जेएन.वान देखिएको बताए । मन्त्रालयले सङ्क्रमण रोक्न नेपाल–भारत सीमानाकाका प्रवेश विन्दुमा ‘हेल्थ डेस्क’ स्थापना गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन द...
भारती हस्तक्षेप बिरुद्ध अन्तरार्ष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण पत्र

भारती हस्तक्षेप बिरुद्ध अन्तरार्ष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण पत्र

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : अन्तराष्टृिय लेखक तथा पत्रकार केन्द्रले हालै नेपाल सरकारले भारतिय दुतावास संग गरेका - २० कराेड बराबरको याेजना तथा प्राेजेक्ट भारतले आफै  छनाेट गरि नेपालमा लगानि गर्न पाउने सम्झौता तथा कार्यक्रम बिरुद्ध एक प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गरायकाे छ। साेमबार केन्द्रका अध्यक्ष हस्त बहादुर के सि द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनियकाे छ " पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको साम्राज्यवादी तथा विस्तारवादि दलाल सरकारले भारतीय बिस्तारवादि सरकारसित सिधै २० कराेडकाे लगानी गर्न पाउने र प्राेजेक्ट तथा याेजनाहरु समेत आफैले छनाैट गरेर लगानी भित्र्याउन पाउने गरि अपराधपुर्ण तरिकाले भारतिय विस्तारवादि सरकार संग दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेर गम्भीर प्रकारकाे राष्ट्रघाति सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनता प्रति अक्षाम्य चाल घात गरेकाे परिघटनाले बिश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथ...
नेता हेमन्त प्रकाश ओली “सुदर्शन” काे घरमा प्रहरीको ३५ दिने पक्राउ पुर्जि

नेता हेमन्त प्रकाश ओली “सुदर्शन” काे घरमा प्रहरीको ३५ दिने पक्राउ पुर्जि

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :क्रान्तिकारी कम्यूनिष्ट पाटी, नेपालका नेता हेमन्त प्रकाश ओली 'शुदर्शन' को घरमा प्रहरीले ३५ दिने प्रकाउ पुर्जि टासेको छ ।पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज समेत रहेका ओलिको घरमा प्रहरीले पक्राउ पुर्जि टाँसेकाे हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति विपरीत पार्टीका नेता माथि पक्राउ पुर्जि जारी गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एक कार्यालय सदस्यले जानकारी दिए । आफ्नो पार्टीले तत्कालिन सरकार संग गरिएको सहमती बमोजिम पार्टी माथिको प्रतिबन्ध फुकुवा, राजबन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने लगाएका विषयमा सहमति गरिएपनि प्रतिवन्ध फुकुवा वाहेकका सहमतिहरु सरकारले इमानदारीपुर्वक पालना गर्न आलटाल गरिरहेको समेत उनले बताए । बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर सहमति भएको लामो समयसम्म पनि स...
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको बैंठक बालुवाटारमा

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको बैंठक बालुवाटारमा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक निरन्तर जारी छ। शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू आज पुन: प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका छन्। शनिबार रातिको बैठकमा १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी मोटामोटी सहमति भएको छ । राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसले गठबन्धनलाई आजै भागबन्डा टुंगो लागउन दबाब बढेकाे छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् ।...
देशकाे सबै भुभागमा चिसाे निक्कै बढे पछि सचेत रहन माैसम बिद्हरुकाे सुझाब

देशकाे सबै भुभागमा चिसाे निक्कै बढे पछि सचेत रहन माैसम बिद्हरुकाे सुझाब

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाण्डौ : देशका सबै ठाउमा चिसाे निक्कै बढे पछि सबैलाई सचेत रहन माैसमबिद्हरुले सुझाव दियका छन्।देशका उच्च हिमालि र पहाडि भुभागमा हिउकाे कारण र तराईमा हुस्सु र कुईराेले देशकाे सबै भुभागमा यतिवेला निक्कै चिसाे बढेकाेले सबैलाई चिसाेबाट बच्न माैसमबिदहरुले सुझाव दियका हुन। उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा आज केहि। बढेको छ । हिजो तीन दशमलव पाँच डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज पाँच दशमलव एक डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान पौने ६ बजे मापन गर्दा हिजोभन्दा आज एक दशमलव छ डिग्री सेल्सियसले न्यूनतम तापक्रम बढेको मौसमविद् सञ्जीव अधिकारी जानकारी दिनुभयो । हिजो यो वर्षको जाडो सिजनको सबैभन्दा कम तापक्रम मापन गरिएको थियो। मौसमविद्का अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । अहिले मधेस ...
बिभिन्न पार्टी परित्याग गर्दै, वैद्य नेतृत्वको आरसिपिमा प्रवेशको लहर

बिभिन्न पार्टी परित्याग गर्दै, वैद्य नेतृत्वको आरसिपिमा प्रवेशको लहर

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं  : बिभिन्न पार्टीबाट विद्रोह गर्दै माेहन वैद्य "किरण"ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा यतिबेला प्रवेशको लहर बढेकाे छ । ६ नम्बर प्रदेश अन्तरगत बर्दिया जिल्लामा आज  ५२ जना  नेताकार्यकर्ताहरु  ध्रुविकरण भएका छन् । नेपालमा अबको बिकल्पको रुपमा एक मात्र पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भएको निष्कर्षमा पुगेका ५२ जना नेता कार्यकर्ताहरु विभिन्न पार्टीबाट विद्रोह सुरु गरेका हुन्। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाको जिल्ला समितीद्धारा बर्दियाको मधुवन नगरपालीकामा आयोजित एक धुर्विकरण कार्यक्रमका बिचमा उनिहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा  ६ नम्बर प्रदेश इञ्चार्ज संगम आर सि, पार्टीका बर्दिया जिल्ला इन्चार्ज शक्ति, जिल्ला संयोजक दिलमान लगाएत समग्र जिल्ला पार्टीले धुर्विकृत भएका नेता कार्यक्रता हरुलाई स्व...