२ माघ २०८२, शुक्रबार

राष्ट्रिय

भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :पुर्ननिर्माणका लागि सरकारले प्रति परिवार पाँच लाख अनुदान दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार घर निर्माणका लागि पाँच लाख अनुदान दिने निर्णय गरेको हो । पुनर्निर्माणका लागि सरकारले आन्तरिक स्रोत, बाहृय सहयोग, अनुदान र ऋण प्रयोग गर्ने भएको छ । कार्यविधि अनुसार भूकम्प प्रतिरोधी घरको ढाँचा तयार गरी पुनर्निर्माणको काम अघि बढ्ने बताईयकाे छ। भूकम्प गएको चार महिना बितिसक्दा पनि पुनर्निर्माणको काम अघि नबढेको भन्दै संसदमा सरकारको आलोचना भएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउने निर्णय गरेको बताए । "कार्यविधि स्वीकृत भइसकेको छ । अब आन्तरिक र बाहृय स्रोत परिचालन गरी पुनर्निर्माण अघि बढ्छ,"गृह मन्त्री श्रेष्ठले भने । जाजरकोटमा हालसम्म ४२ हजार...
सुर्खेतमा ट्याक्टर र बाइक ठाेकिँदा एकको मृत्यु, एक गम्भिर घाइते

सुर्खेतमा ट्याक्टर र बाइक ठाेकिँदा एकको मृत्यु, एक गम्भिर घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
सुर्खेत :  सिम्ता गाउँपालिका वडा नं ६ काे जामुने वजारमा वाइक र ट्याक्टर ठाेकिदा वाइकमा सवार विरेन्द्र नगरपालिका वडा ३ निवासी वर्ष २९ का विजय रानाकाे घटना स्थलमै मृत्यु भएको छ । जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुने वजार देखि राकम तर्फ आउँदै गरेको भे १ त ४५ नम्बरकाे ट्याक्टर वजारमै एकआपसमा ठाेकिएको स्थानीयकाे भनाइ रहेको छ । माेटरसाइकल चालक वि न पा १ निवासी वर्ष २३ का रुपेश गिरीकाे अवस्था भने चिन्ताजनक रहेको इ.प्र.का. वादेपिपल राकमले बताएकाे छ । उपचारका लागि गिरीलाइ अहिले सुर्खेत लगिएको छ । ट्याक्टर चालक भने प्रहरी नियन्त्रणमा रहेका छन ।...
सरकारी जग्गा अतिक्रमकाे अवस्था बुझेर पठाउन गृहमन्त्रालकाे जिल्ला प्रशासन लाई निर्देशन

सरकारी जग्गा अतिक्रमकाे अवस्था बुझेर पठाउन गृहमन्त्रालकाे जिल्ला प्रशासन लाई निर्देशन

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको छ । मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ । विज्ञप्ति यस्तो छ : ...
क्रान्तिकारी युवा संगठन नेपालले गिरफ्तार नेताहरुकाे रिहाइको लागी प्रेस विज्ञप्ति जारी गरेकाे छ

क्रान्तिकारी युवा संगठन नेपालले गिरफ्तार नेताहरुकाे रिहाइको लागी प्रेस विज्ञप्ति जारी गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
पाेखरा :क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा कास्की जिल्ला संयोजक सुर्य गिरफ्तार भएका छन । उनलाई पोखरा औद्योगिक क्षेत्र नजिकबाट गिरफ्तार गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे सहायक संगठन क्रान्तिकारी युवा संगठनले चरणबद्ध रुपमा देशका विभिन्न ठाउँहरुमा भ्रष्टाचार विरुद्ध कालोमोसो दल्दै आएको छ । साथै उक्त संगठनले आजै एक विज्ञप्ति जारी गर्दै विनासर्त रिहाइको माग गरेको छ । रिहाइ नगरिए सशक्त सङ्घर्षमा होमिन बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षनै हुनुपर्ने समेत चेतावनी दिएको छ । विज्ञप्तिमा यस्ताे भनियकाे छ : “हजारौं युवाहरुको बलिदानमा जन्मिएको महान तथा गौरवशाली सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपाल विगत लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविका पक्षमा एवम् भ्रष्टचारका विरुद्धमा सडक सङ्घर्षमा रहेको सर्वविदितै छ । सङ्गठनका केन्द्रिय सदस्य त...
सहिद तुफानकाे  स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :महान् सहिद तुफान( गोपाल बहादुर सिंह) को स्मृति दिवसका दिन पूर्णबहादुर सिंह समरजङ्ग ले आफ्ना बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको नाममा २०७८ सालमा स्थापना गरिएको "बितु सिंह- बिन्दासरा सिंह स्मृति छात्रवृत्ति" श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे-२ का छात्र- छात्रालाई प्रदान गरिएको छ ।आजकै दिन २०५८ मा जनमुक्ति सेना नेपालले अछामको मङ्गलसेन कार्वाहीको क्रममा कमरेड तुफानलगायत दर्जनौं योद्धाहरुले उच्च सहादत प्राप्त गरेका थिए । छात्रवृत्ति सिंहका जेठा दाजु श्री गोरख बहादुर सिंह , बिद्यालयका प्रअ तिलकबहादुर सिंह शिक्षक भक्त बहादुर सिंह , सिता कुमारी सिंह , बिब्यस  अध्यक्ष हरि बहादुर सिंह सहिद तुफान कि आमा तुलसा सिंह लगायतको उपस्थितिमा उक्त बिद्यालयमा अध्यनरत  ८ कक्षाकी उत्कृष्ट छात्रा नमुना  सिंह र जेहेन्दार छात्र कक्षा ५का प्रशान्त सिंह लाई नगद रूपैयाँ पाँच हजारका दरले एक समा...
कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
बुटवल :पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवहाक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बुधबार साँझ महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ । सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ । बसमा ४० जना यात्रु रहेकाे र मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेकाे बुटवल प्रहरी कार्यलयले जनायकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे जनयुद्ध दिवसमा ऐक्यबद्धता

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे जनयुद्ध दिवसमा ऐक्यबद्धता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
आज फागुन १ गते । क्रान्तिकारी माओवादी पार्टीहरु , जनवर्गीय संगठनहरु र आम मुक्तिकाी जनसमुदायले देशव्यापी रुपमा २९ आौं जनयुद्ध दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यसमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यबद्धता रहेको छ । विक्रम सम्बत २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले सञ्चालन गरेको दस वर्षे सशस्त्र जनयुद्ध तत्कालीन नेपाली समाजको राजनीतिक , आर्थिक , सामाजिक,साँस्कृतिक लगायत वर्गीय क्षेत्रीय,लिङ्गीय समेतका विभेदहरुको आमूल परिवर्तन जनताको नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा पुगेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्ने महान् उद्श्येका साथ सञ्चालन गरिएको समग्र वर्गयुध्द थियो । फलस्वरूप त्यसबाट नेपाली जनता र नेपाल राष्ट्रलाई  महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त भएक...
ऐतिहासिक महान जनयुद्ध जिन्दावाद

ऐतिहासिक महान जनयुद्ध जिन्दावाद

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
आज फागुन १ गते अर्थात जनयुद्ध दिवस सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्‌वाद, साम्राज्यवाद, सबैखाले प्रतिक्रियावाद, अवसरवाद, संशोधनवाद, अकर्मण्यतावाद, गोलचक्करवादलगायत क्रान्तिविरोधी शक्तिहरूको पराजय नहुँदासम्म र नेपाली जनताले मुक्तिको सास फेर्ने वैज्ञानिक समाजवाद स्थापना नहोउन्जेलसम्म यो जारी छ, जारी रहनेछ । महान् जनयु्द्धमा बलिदान गर्ने महान् सहिदका परिवारजनहरू, बेपत्ता योद्धाका परिवार तथा घाइते योद्धाहरू, जनयुद्धमा लामबद्ध शक्ति, समर्थक, शुभचिन्तक सबैमा हामी २९ औँ महान् जनयुद्ध दिवसको हार्दिक शुभकामना प्रक...
जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने बतायका छन ।उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए । कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उनले भने ।...
नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने

नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनि विदा दिने निर्णय सार्वजनिक गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराम पोखरेलद्धारा हस्ताक्षर गरिएको प्रेस नोटमा यही माघ २७ गते नलगाड नगरपालिकाको २९ औं नगर कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक विदा दिने निर्णय भएको बताईएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगका रुपमा रहेको सशस्त्र जनयुद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेलाई स्मण गर्दै नलगाड नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, बिषयगत शाखा र सवै विद्यालयहरुमा सार्वजनिक विदा दिने प्रेस नोटमा जनाईएको छ । विगत बर्षहरुमा फागुन १ गतेदेखि ३ गतेसम्म जनयु...