९ श्रावण २०८१, बिहीबार

प्रभु बैंक लिमिटेडकाे शाखा जाजरकोटमा पनि विस्तार  

जाजरकोट :प्रभु बैंक लिमिटेडले जाजरकोटमा आफ्नो शाखा सञ्जाल विस्तार गरेकाे छ ।देशै भरिका सर्वसाधारणहरुमा सेवा पुर्‍याउने उद्धेश्यका साथ जाजरकोटमा पनि उक्त बैंकले शुक्रबार देखि भेरी नगरपालिका,वडा नं.४ स्थित खलङ्गा बजारमा आफ्नो ३०७औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हाे ।प्रभु बैंक लि.ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै देशका  विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ ।

प्रभु बैंक लि.को यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।बैंकको जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।