३१ भाद्र २०८१, सोमबार

आमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानित

काठमाडौ। विगत दुई दशक देखि कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा आबद्ध आमा कुजाईन रेस्टुरेन्ट क्यानडाका प्रवन्ध निर्देशक व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा“अन्तर्राष्ट्रिय सेफ सम्मान २०२४” बाट सम्मानित भएका छन् ।

बिहिवार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सवको शुभ–अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “ मौलिक तथा परम्परागत खानाको भूमिका” बिषयक बिचार गोष्ठी, सगरमाथा आधार शिविर कालापत्थरमा मे २०२५ मा हुन गइरहेको विश्व सेफ शिखर सम्मेलनको घोषणा सभा कार्यक्रमा प्रमुख अतिथि माननीय प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले भव्य समारोहका बीच सेफ ज्ञानेन्द्र बञ्जारा शर्मालाई सम्मान गर्नु भएको हो।

क्यानडाको क्यालगरी,एबीस्थित आमा कुजाईन रेस्टुरेन्टका प्रवन्ध निर्देशक निकै सकारात्मक सोचका धनी सम्मानित सेफ ज्ञानेन्द्रले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको Aama Nepalese Cuisine, जहाँ प्राकृतिक तथा शान्त वातावरण, आकर्षक मेनु नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेको छ l

आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा दुई दशक देखि सकृय सेफ ज्ञानेन्द्रले ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्सल, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गरेका छन।

घुमफिर र खानाप्रतिको प्रेमले उनलाई विश्वभर लग्यो जहाँ उनले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गरे र धेरै देशहरूमा पनि काम गरे। युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गरेका छन्।

पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर-१२,मोरङमा जन्मिएका सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन । हाल उनि जिबन संग्गिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार अहिले क्यालगरी एबी क्यानडामा बसोबास गर्छन् ।