२ कार्तिक २०८१, शुक्रबार

निर्णय पुस्तिका नै खाेस्न लगाई बजेट निकासा गर्दै जलस्रोत तथा सिंचाई कार्यलय कैलाली

कैलाली : मुक्ति गैरे/ जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीले उपभोक्ता समितिकाे निर्णय र आग्रहलाई वेवास्ता गर्दै नितिगत भ्रष्टाचारकाे निम्ति बजेट निकासा गर्न लागेको रहस्य खुलेको छ ।

श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीका डम्बरबहादुर परियार अध्यक्ष र खड्का बहादुर चाैधरि सचिव रहेको उपभोक्ता समितिकाे २०८० चैत ३ गते बैठकमा केही मानिसहरु लगायतको समुहलाई प्रयोग गरि निर्णय पुस्तिका खाेसिएकाे छ । कार्यलय प्रमुख अमर बहादुर पालले उक्त उपभोक्ता समितिमा आएकाे ३१ लाख ८४ हजार ९ सय ५८ रुपैयाँ १३ पैसाकाे बजेट पुरानो कार्यअवधि रहेको उपभोक्ता समितिलाई वेवास्ता गर्दै कृते उपभोक्ता समिति निर्माण गरि उक्त कृते उपभोक्ता समितिमा कृते पदाधिकारी र सदस्यहरुकाे नाममा कृते हस्ताक्षर गरि काम सम्पन्न गरेको भन्दै केही राजनीतिक दलका साँसद, मन्त्री र दलहरुका कार्यकर्ताहरु संग मिलि उक्त बजेट निकासा गर्न लागेकाे रहस्य खुलेको छ ।

उक्त उपभोक्ता समितिका सम्पुर्ण सम्पन्न माेठ तथा कागजातहरु खाेजि अहिले उक्त समितिकाे नाममा नयाँ कृते समिति निर्माण गरि भुक्तानी सम्झौता गर्ने तयारी गरिएको छ । डम्बरबहादुर परियारकाे अझै दुईबर्ष कार्यअवधि उक्त उपभोक्ता समितिमा रहेको छ । उक्त विवाद भईसकेपछि समितिका अध्यक्ष र सचिवले कार्यलयमा निवेदन दिई अावश्यक समन्वय र छलफल गराई पाँउ भन्दा पनि कार्यलय प्रमुख अमर बहादुर पालले वेवास्ता गरेकाे बताए । यहाँका साेझासाझा ईमानदार जनतालाई भ्रममा पारि नितिगत भ्रष्टाचारमा उद्धत भएको देख्दा अचम्म लागेको उक्त समितिमा आबद्ध सदस्यहरुले बताउने गरेका छन् । हामी यसका निम्ति जिवनमरणकाे लडाइँ लड्दै आयाैं हामीलाई ज्यान मार्ने, अपहरण गर्ने र हातपात समेत गर्ने गरियो तर यस्तो व्यथितिलाई कार्यलयले अन्त्य गरि समाधान दिनुपर्ने बेलामा उल्टै मिलाेमताे गरि बजेट निकासा गर्नु के याे नितिगत भ्रष्टाचार हाेईन् र ? हामीलाई न्याय कसले दिने त ?

उपभोक्ता समितिका अध्यक्ष र सचिवले पठाएकाे जानकारी पत्रहरु-