२३ भाद्र २०८१, आईतवार

श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट बिद्रोह गरेका नेताहरुले विशेष भेला गरि  पार्टीको नाम घाेषणा गरेका छन । जेठ १७- १९ गते सम्मा काठमाडौंमा आयाेजना गरियकाे कार्यक्रममा पार्टीको नाम “श्रमिक कम्युनिस्ट पार्टी नेपाल” राखेका छन ।

पुर्व बिद्यार्थी अध्यक्ष तथा युवा नेता पुर्ण बहादुर सिंह समरजंगकाे संयोजकत्वमा ४५ सदस्यीय केन्द्रीय कमिटी र मानध्वज श्रेष्ठ रिमकाे संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय सल्लाहकार कमिटि निर्माण गरेका छन । कार्यक्रममा देशै भरिबाट प्रतिनिधिमुलक सहभागीता रहेकाे थियाे।

“नव ओैपनिवेशिक पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गराै ! वैज्ञानिक समाजवादी जनक्रान्तिकाे दिशामा अघि बढाैँ!!भन्ने मुल नाराका साथ आगामी कार्यक्रम वैज्ञानिक समाजवादी जनक्रान्ति नै रहने एक नेताले बताय ।

२४ बुदे समसामयिक प्रस्ताव , -१३ बुदे आचारसंहिता एक दर्जन भन्दा बढि भ्रष्टाचारीहरुकाे नाम सार्वजनिक र आगामी ३ महिने अभियान सहित पार्टीको नाम घाेषणा गरेका हुन ।

नेपालमा भयका सबै कम्युनिस्ट हरु नक्कली भयकाे र विभिन्न आन्दोलन गरेर जन्तामा भ्रम फैलाउने र धाेका दिदै आयकाेले अब श्रमिक कम्युनिस्ट पार्टी नेपालले जन्तामा जाने र जन्ताबाटै सिक्ने, एक नेताले बताय ।

नव निर्वाचित संयाेजक सिंहले भने – साम्राज्यवाद प्रतिक्रियावाद,तथा संसदीय पार्टी हरुबाट श्रमिक वर्गलाई मुक्त पार्न आफुहरुले नयाँ पार्टी घाेषणा गरेकाे र जनतामा जाउ, जनताको सेवा गराै भन्ने नारा सहित ६ महिना भित्र पार्टीको राष्ट्रिय सम्मेलन गर्ने ,राष्ट्र घाति जनघाति र तस्कर हरसलाई जनकारबाही गर्ने ,बर्ग संघर्ष उठायर नेपालमा वैज्ञानिक समाजवादी जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्घघाेष पनि संयाेजक सिंहले गरे ।

सम्मेलन आयाेजक समितिका सदस्य अशाेक सुवेदिले भेलाद्वारा पारित निर्णय समसामयिक प्रस्ताव र भ्रष्टाचारिहरुकाे कालाे सुचि सार्वजनिक गर्दै जनकारबाही अब श्रमिक कम्युनिस्ट पार्टीले गर्ने उद्घघाेष गरे ,।कार्यक्रममा बाेल्दै नव घाेषित पार्टीका सल्लाहकार समितिका संयाेजक मानध्वज श्रेष्ठ रिमले युवाहरुले संसाेधनवाद बाट बिद्रोह गरेर नया पार्टी घाेषणा गर्दा आफुले आफ्नै जिवनमा क्रान्ति सम्पन हुने बिस्वास रहेकाे बताय ।घाेषणा सभामा पार्टीका सम्मेलन आयाेजक समितिका सदस्य – बिनाेद थापा , माधव गाैतम , हरि श्रेष्ठ , डा.शिवसंकर बस्याल , नवराज भट्ट सीता गाैतम ,र युवा नेता तिलक वयकले क्रान्ति सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता गरे।

घाेषणा सभा कार्यक्रमकाे संचालन रण बहादुर बिकले गरेका थिय भने स्वागत मन्तब्य माधव गाैतम विनयले गरेका थिय र कलाकार हरुकाे सांगीतिक प्रस्तुति सहित कार्यक्रम सम्पन भयकाे थियाे ।