२३ भाद्र २०८१, आईतवार

तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं : तारकेश्वर नगरपालिका काठमाडौं र सचेतना नागरिक संस्था – नेपालकाे सहकार्यमा नगरस्तरिय करदाता सचेतना सम्पन्न भयकाे छ ।
तारकेश्वर नगरपालिका धर्मस्थालि काठमाडौं र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर -११ काे सहकार्यमा काठमाडौंको टुसल मल्टि  भेन्युमा सनिवार दिउसाे भयकाे कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै नगर प्रमुख कृष्णहरि महर्जनले भने “करकाे  दायरालाई फराकिलो ,ब्यवस्थित र पारदर्शिताका लागि विभिन्न शिर्षकमा सचेतना कार्यक्रमहरु गर्दै आयका छाै, र घर देखि राष्ट्र निर्माण सम्मका लागि अर्थ ब्यवस्थापन नितान्तै आवश्यक रहने हुदा राजस्व ब्यवस्थापनमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेकाे छ, नगरकाे समग्र बिकाशका साथै, सब्य र सुन्दर नगर निर्माणका लागि ब्यवस्थित अर्थ नीति निर्माण गरि लागि परिरहेकाे कुरा नगर प्रमुख महर्जनले बताय।

कार्यक्रममा बाेल्दै सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीले कार्यक्रम काे उद्धेश्य र आगामी दिनहरुमा संस्थाले खेल्नु पर्ने भुमिकाकाे बिषयमा स्पष्ट पार्दै भने ,”याे कार्यक्रम नितान्त करदाता हरुलाई सरल सेवा सुविधाका लागि सचेता जगाउने मात्र नभई आगामी दिनहरुमा करदाताहरुले तिरेकाे कर काे सदुपयोग र उचित ब्यवस्थाप हुनु पर्छ” र याे कार्यक्रमले एउटा जागरण पैदा गर्ने छ र आगामी दिनहरुमा सबैले सचेत नागरिकको पहिचान सहित सबैले समयमै कर तिरी सचेत नागरिककाे पहिचान दिनेमा जाेड दिने कुरा ब्यक्त गरे । सचेत नागरिक संस्था नाफामुलक संस्था नभयर सेवामूलक संस्था भयकाे कुरा अध्यक्ष उप्रेतीको थियाे।

कार्यक्रम काे सहजीकरण आन्तरिक राजस्व कार्यलयका हेमन्त फुयाल ,रबिन शाह र उद्योग वाणिाज्य महासंघका रामचन्द्र दाहालले गरेका थिय ।

उक्त कार्यक्रमकाे अध्यक्षता नगर उप प्रमुख सिर्जना बुढाथोकीले गरेकी थिइन भने समया पाैडेलले संचालन गरेकि थिइन्।
प्रमुख अतिथिमा नगर प्रमुख कृष्ण हरि महर्जन,बिशेष अतिथिमा प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पाण्डे र अन्य अतिथिहरुमा  उद्योग वाणिाज्य महासंघका रामचन्द्र दाहाल, आन्तरिक राजस्व कार्यलयका रबिन शाह, हेमन्त फुयाल, सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीकाे आतिथ्यता रहेकाे थियाे र स्वागत  मन्तब्य ,  सागर  अर्यालले गरेका थिय । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लगायतले गमलामा पानी राखेर गरियकाे थियाे ।