२३ भाद्र २०८१, आईतवार

नगर स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

काठमाडौं :अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड न १० को आयोजना र श्री सुबोधिनी माध्यमिक बिधालय शितगंगा १० को ब्यवस्थापनमा नगरपालिका स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भयकाे छ ।कार्यक्रममा श्री मन्द्रे मा बि प्रथम , श्री सुबोधिनी मा बि द्वितिय श्री गौरा मा बि तृतीय र सान्त्वना स्थान हासिल गर्ने श्री शितगंगा नगरपालिका वार्ड न १० स्थित श्री डिही आधारभुत बिधालय रहेका छन ।कार्यक्रममा प्रमुख अतिथि शितगगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल , बिशिस्ट अतिथि वडा अध्यक्ष केशव प्रसाद वेल्वासे, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ महासचिव लक्ष्मण वलि,  शिक्षा शाखा प्रमुख बिनोद पोखरेल विभिन्न बिधालयका प्र अ एवम् शिक्षक प्रतिनिधिको सहभागीता रहेको थियो।