२० चैत्र २०८१, बुधबार

अन्तर्राष्ट्रिय

हमासले इजरायलमाथि आक्रमण गरे पछि १० जना नेपालीकाे मृत्यु भयकाे पुष्टि भयकाे छ

हमासले इजरायलमाथि आक्रमण गरे पछि १० जना नेपालीकाे मृत्यु भयकाे पुष्टि भयकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी यकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,परराष्ट्र उच्च स्रोतले भन्यो,‘मृतकको शव संकलनको काम भइरहेको छ। शवहरू नेपाल ल्याउने विषयमा भोलि बैठक बसेर निर्णय गर्छौं।’ हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्। शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो। आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली ...
अफगानिस्तानमा भुकम्प जादा १०० जनाकाे ज्यान गयाे

अफगानिस्तानमा भुकम्प जादा १०० जनाकाे ज्यान गयाे

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् । कतिपय मिडियाहरुले भूकम्पमा परी ३०० भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन । अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।...
इजरायल आक्रमणमा परि नाै जना नेपाली घाईते,

इजरायल आक्रमणमा परि नाै जना नेपाली घाईते,

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेकाे  छ ।ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलि सकेकाे छैन । सनिवार परराष्ट्र मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता जनाएको छ।
नेपालले भारत बिरुद्ध शान्दार ब्याटिङ

नेपालले भारत बिरुद्ध शान्दार ब्याटिङ

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे ।...
भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
काठमाडौं ।भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो । ५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् । अगस्ट १७ मा लखनऊबाट उक्त रेल रामेश्वरको तीर्थयात्रामा निस्किएको थियो । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार केही यात्रीले रेलभित्रै सिलिन्डर ग्यासँ प्रयोग गरेर चिया पकाइरहेका थिए । त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि घटनाको जाँच भइरहेको अधिकारीहरूले बताएका छन् । यसैबीच आगलागीमा मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय रेल्वे प्रतिपरिवार १० लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।   ...
“नेपाली क्रान्तिको जित अवश्यम्भावी छ” भन्दै स्वीकपाले क्रान्तिकारी पार्टीलाई पठायो यस्तो सन्देश

“नेपाली क्रान्तिको जित अवश्यम्भावी छ” भन्दै स्वीकपाले क्रान्तिकारी पार्टीलाई पठायो यस्तो सन्देश

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीचमा एकता भएर नेपाली मजदुर वर्गको एउटै पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएकोमा स्वीट्जरल्याण्डको कम्युनिस्ट पार्टी, स्वीट्जरल्याण्डले अत्यन्तै खुसी व्यक्त गरेको छ । उसले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई एक सन्देश पठाउँदै भनेको छ, “माक्र्सवाद–लेनिनवाद–माओवादको वरिपरि एकजुट होऔं !, नेपाली क्रान्तिको जित अवश्यमभावी छ !’ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई पठाइएको सन्देशमा भनिएको छ, “पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिक्रान्तिकारी, संशोधनवादी गुटले क्रान्तिलाई धोका दिनुभन्दा अगाडि नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्वमा नेपाली सर्वहारा वर्ग र जनता – विश्वको दोस्रो “गरीब” देश अर्थात् विश्वको दोस्रो सबैभन्दा शोषित देशका सर्वहारा वर्ग र जनताको संघर्षको गौरवशाली इतिहास छ । ...
अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।अफगानिस्तान (माओवादी) पार्टी’ केन्द्रीय समितिले नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी केन्द्रीय समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई सम्बोधन गरी मे २६ तारिखको मितिमा पठाएको बधाईपत्रमा यो एकताले विश्वभरिका माओवादीहरूलाई खुसी र प्रेरणा दिनेमा ठूलो अपेक्षा र विश्वास गरिएको उल्लेख छ । बधाईपत्रमा देशको हितमा आधारित यो सिद्धान्तनिष्ठ एकता नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी परिवर्तनका लागि नेपालमा मालेमावादीहरूको अटल प्रतिबद्धता एवम् अथक र इमानदार प्रयासको परिणाम रहेको उल्लेख छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीको जनसङ्घर्ष र मुख्यतः नेकपा (माओवादी) द्वारा १९९६ देखि २००६ सम्म सञ्चालित विजयी जनयुद्धको गौरवशाली इतिहास रहेको सन्...
भारतकाे हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता

भारतकाे हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतकाे हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । ...
दुई प्रधानमन्त्री दाहाल र माेदि बिच आज भेटवार्ता हुने

दुई प्रधानमन्त्री दाहाल र माेदि बिच आज भेटवार्ता हुने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएको छ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुने बताएको छ। त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । ...
जापानी प्रधानमन्त्री फुमियाे लक्षित बम प्रहार

जापानी प्रधानमन्त्री फुमियाे लक्षित बम प्रहार

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रबिधि, समाचार
टाेकियाे।जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनीलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन । एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दैै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको...