६ माघ २०८१, आईतवार

अन्तर्राष्ट्रिय

इजरायल बाट २५४ जना नेपाली घर फर्के,आज राति ९ बजे काठमाडौं पुग्ने छन

इजरायल बाट २५४ जना नेपाली घर फर्के,आज राति ९ बजे काठमाडौं पुग्ने छन

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।युद्धग्रस्त इजरायलबाट २५४ जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगम, एयर लाइन्सकाे विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट एक नेपाली ले बताय ।नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५४ जना घर फर्कन लागेका हुन् । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् । त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।   ...
भारतकाे बिहारमा रेल दुर्घटना हुदा ६ जनाकाे मृत्युु सयाैं घाइते

भारतकाे बिहारमा रेल दुर्घटना हुदा ६ जनाकाे मृत्युु सयाैं घाइते

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।  ...
३२ जना नेपालीलाई इजरायली सेनाले सुरक्षित स्थानमा लियकाे छ

३२ जना नेपालीलाई इजरायली सेनाले सुरक्षित स्थानमा लियकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ । नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धा गरिएको छ । यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नाम कृषि फर्म र ठेगाना: १,रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा २,बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट ३,आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली ४,नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर ५,लोकेन्द्र बिष...
हमासले इजरायलमाथि आक्रमण गरे पछि १० जना नेपालीकाे मृत्यु भयकाे पुष्टि भयकाे छ

हमासले इजरायलमाथि आक्रमण गरे पछि १० जना नेपालीकाे मृत्यु भयकाे पुष्टि भयकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी यकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,परराष्ट्र उच्च स्रोतले भन्यो,‘मृतकको शव संकलनको काम भइरहेको छ। शवहरू नेपाल ल्याउने विषयमा भोलि बैठक बसेर निर्णय गर्छौं।’ हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्। शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो। आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली ...
अफगानिस्तानमा भुकम्प जादा १०० जनाकाे ज्यान गयाे

अफगानिस्तानमा भुकम्प जादा १०० जनाकाे ज्यान गयाे

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् । कतिपय मिडियाहरुले भूकम्पमा परी ३०० भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन । अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।...
इजरायल आक्रमणमा परि नाै जना नेपाली घाईते,

इजरायल आक्रमणमा परि नाै जना नेपाली घाईते,

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेकाे  छ ।ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलि सकेकाे छैन । सनिवार परराष्ट्र मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता जनाएको छ।
नेपालले भारत बिरुद्ध शान्दार ब्याटिङ

नेपालले भारत बिरुद्ध शान्दार ब्याटिङ

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे ।...
भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
काठमाडौं ।भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो । ५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् । अगस्ट १७ मा लखनऊबाट उक्त रेल रामेश्वरको तीर्थयात्रामा निस्किएको थियो । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार केही यात्रीले रेलभित्रै सिलिन्डर ग्यासँ प्रयोग गरेर चिया पकाइरहेका थिए । त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि घटनाको जाँच भइरहेको अधिकारीहरूले बताएका छन् । यसैबीच आगलागीमा मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय रेल्वे प्रतिपरिवार १० लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।   ...
“नेपाली क्रान्तिको जित अवश्यम्भावी छ” भन्दै स्वीकपाले क्रान्तिकारी पार्टीलाई पठायो यस्तो सन्देश

“नेपाली क्रान्तिको जित अवश्यम्भावी छ” भन्दै स्वीकपाले क्रान्तिकारी पार्टीलाई पठायो यस्तो सन्देश

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीचमा एकता भएर नेपाली मजदुर वर्गको एउटै पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएकोमा स्वीट्जरल्याण्डको कम्युनिस्ट पार्टी, स्वीट्जरल्याण्डले अत्यन्तै खुसी व्यक्त गरेको छ । उसले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई एक सन्देश पठाउँदै भनेको छ, “माक्र्सवाद–लेनिनवाद–माओवादको वरिपरि एकजुट होऔं !, नेपाली क्रान्तिको जित अवश्यमभावी छ !’ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई पठाइएको सन्देशमा भनिएको छ, “पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिक्रान्तिकारी, संशोधनवादी गुटले क्रान्तिलाई धोका दिनुभन्दा अगाडि नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्वमा नेपाली सर्वहारा वर्ग र जनता – विश्वको दोस्रो “गरीब” देश अर्थात् विश्वको दोस्रो सबैभन्दा शोषित देशका सर्वहारा वर्ग र जनताको संघर्षको गौरवशाली इतिहास छ । ...
अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।अफगानिस्तान (माओवादी) पार्टी’ केन्द्रीय समितिले नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी केन्द्रीय समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई सम्बोधन गरी मे २६ तारिखको मितिमा पठाएको बधाईपत्रमा यो एकताले विश्वभरिका माओवादीहरूलाई खुसी र प्रेरणा दिनेमा ठूलो अपेक्षा र विश्वास गरिएको उल्लेख छ । बधाईपत्रमा देशको हितमा आधारित यो सिद्धान्तनिष्ठ एकता नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी परिवर्तनका लागि नेपालमा मालेमावादीहरूको अटल प्रतिबद्धता एवम् अथक र इमानदार प्रयासको परिणाम रहेको उल्लेख छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीको जनसङ्घर्ष र मुख्यतः नेकपा (माओवादी) द्वारा १९९६ देखि २००६ सम्म सञ्चालित विजयी जनयुद्धको गौरवशाली इतिहास रहेको सन्...