२६ पुष २०८२, शनिबार

अन्तर्राष्ट्रिय

रुसि सेनामा कार्यरत जाजरकोटका नवीन लगायत ७ जनाकाे निधन

रुसि सेनामा कार्यरत जाजरकोटका नवीन लगायत ७ जनाकाे निधन

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : रुसी सेनामा कार्यरत जाजरकोटका नविन शाही सहित ७ जना नेपालीको निधन भएको छ । जाजरकोटको शिवालय गाउँपालिकाका शाही सहित रूसी सेनामा भर्ती भएका ७ जना नेपालीहरुको मृत्यु भएको बिहिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ । मन्त्रालयका अनुसार मृत्युहुनेमा जाजरकोटका नविन शाही, बाँकेका संजय केसी, बाग्लुङका जित बहादुर बिक, धादिङ्का पूर्ण बहादुर गुरुङ, रसुवाका सुन्दर मोक्तान,उदयपुरका पदम बहादुर घिमिरे र झापाका गंगाराम अधिकारी रहेका छन । मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य देशको सेनामा नेपाली नागरिक भर्ती हुन नपाइने प्रावधान रहेकोले स्वदेश फर्काउन कूटनीतिक प्रयास भइरहेका बेला रुसमा थप नेपाली नागरिकको निधन भएको प्रति सरकारले दुख व्यक्त गरेको छ । सरकारले ज्यान गुमाएका नेपाली नागरिकहरुका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका साथै त्यहाँ कार्यरत नेपाली...
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता ब्यक्त गरेकाे छ । केन्द्र का अध्यक्ष हस्तबहादुर केसिद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै ११४ ओैं अन्तर्राष्ट्रिय महिला दिवसप्रति ऐक्यबद्धता जाहेर गरेकाे हाे । विज्ञप्तिमा भनियकाे छ , "आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनमा एक ऐतिहासिक दिन । आज संसारभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरुले ११४ आौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस  अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको ११४ ओैं अन्तर्राष्ट्रिय महिला दिवसप्रति विश्वभर क्रियाशील हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्दछ ।" आजसम्म पनि विश्वभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरु एकातिर वर्गीय रुपले र अर्कोतिर जातीय , क्षेत्रीय  लिंगीय , धार्मिक तथा पृति...
आज ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस,विविध कार्यक्रमका साथ मनाउँदै

आज ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस,विविध कार्यक्रमका साथ मनाउँदै

Breaking News, अन्तर्राष्ट्रिय, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने,राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लाराजेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुर...
संसारमै देखियाे फेसबुकमा समस्या

संसारमै देखियाे फेसबुकमा समस्या

Breaking News, अन्तर्राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम 'डाउन' भएको छ।नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो। नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्।प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखियकाे बताउछन ।...
भारतमा ३०० जनामा काेभिड संक्रमण, ३ जनाएको मृत्यु ,सचेत हुन डाक्टरको सुझाव

भारतमा ३०० जनामा काेभिड संक्रमण, ३ जनाएको मृत्यु ,सचेत हुन डाक्टरको सुझाव

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा काेभिड-१९काे नयाँ भेरिएन्ट , ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ ।कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने कुरा बिशेषज्ञ डाक्टर बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने  डाक्टरको सुझाव रहेकाे छ । ‘कोरोना विरुद्धको खोपले ओमिक्रोनबाट जति सुरक्षित राख्थ्यो,भने  जेएन–१ संक्रमणले त्यसलाई घटाउने देखिँदैन बिशेषज्ञ डाक्टरको सुझाव छ ।’ सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि ह...
क्रान्तिकारी युवा संगठन नेपालले एनसिएलका कार्यलयमा टाँस्याे कालाे ब्यानर

क्रान्तिकारी युवा संगठन नेपालले एनसिएलका कार्यलयमा टाँस्याे कालाे ब्यानर

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, संस्कृति, सुचना संचार
काठमाडौं : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन "क्रान्तिकारी युवा संगठन नेपाल"ले सात वटै एनसेलकाे क्षेत्रीय कार्यालयहरूमा चेतावनिस्वरुप कालो ब्यानर टाँसेकाे छ ।एनसियल कम्पनीले कर छलि गरेकाे भन्दै बिहिबार प्रदेशका कार्यालयहरुमा ब्यानर लगाउदै कर चुक्ता नगरे थप कार्वाही अगाडि बढाउने पनि जनाएको छ । संगठनका प्रदेश कमिटीका सदस्यहरुले बिहिवार बिहानै १ नम्बर प्रदेशकाे बिराटनगर, २ नम्बर प्रदेशको जनकपुरधाम,बागमती प्रदेशको काठमाडौं , गण्डकी प्रदेशकाे पाेखरा , लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्ज , कर्णाली प्रदेशको सुर्खेत तथा सुदुर पश्चिम प्रदेशको धनगढीमा कालाे ब्यानर प्रदर्शन गरि टाँसेका हुन । व्यानरमा ‘एनसेललाई राष्ट्रियकरण गर !’, ‘एनसेलको कर छलीमाथी छानबिन गर्न नागरिक स्तरीय आयोग गठन गर जस्ता नाराहरु उल्लेख गरियकाे थियाे ।...
चिनमा ६.२ रेक्टर स्केलकाे भुकम्प गयाे, सयौं काे ज्यान गयाे कयौं घाइते

चिनमा ६.२ रेक्टर स्केलकाे भुकम्प गयाे, सयौं काे ज्यान गयाे कयौं घाइते

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् ।नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् ।बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् । गत से...
अमेरिकामा एक बन्दुक धारिले गाेलि चलाउदा १६ जनाकाे मृत्यु ५० जना घाइते

अमेरिकामा एक बन्दुक धारिले गाेलि चलाउदा १६ जनाकाे मृत्यु ५० जना घाइते

Breaking News, अन्तर्राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले  गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सो घटनामा परी अन्य ५० जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ । यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन । प्रहरीले सर्वसाधारणलाई आफू रहेकै ठाउँमा सतर्क भएर बस्न समेत आग्रह गरेको छ। उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि जारी गरेको बताएको छ । सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको बीबीसीले बताएको छ ।...
इजरायल र प्यालेस्टिनी हमासबिचकाे २८ दिनकाे लगातार  लडाइँमा परि ६,५०० भन्दा बढिकाे मृत्यु

इजरायल र प्यालेस्टिनी हमासबिचकाे २८ दिनकाे लगातार लडाइँमा परि ६,५०० भन्दा बढिकाे मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राजनीति, विचार, समाचार
काठमाडौं ।इजरायल र प्यालेस्टिनी हमास बिचकाे १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। हमासले इजरायलमा ७ अक्टुबरमा एक्कासी आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै जवाफी कारबाही सुरु गरेको थियो । हमासको आक्रमणमा परी १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने इजरायलले गरेको जवाफी कारबाहीमा सर्वसाधारणसहित ६ हजार ५०० भन्दा धेरै मारिएको हमासले जनाएको छ । हमासलाई लक्षित गरी आक्रमण गरेको भनिए पनि यसबाट ठूलो संख्यामा बालबालिकाहरु सहित सर्वसाधारण नागरिकहरु मारिएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । हमासका अनुसार इजरायलको हवाई हमलामा परी २ हजार ७०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ । हमासका अनुसार गत २४ घण्टामा ७५६ जनाको मृत्यु भएको छ भने त्यसमा ३४४ जना बालबालिकाहरु छन् । बीबीसीका अनुसार यो संख्या एकैदिनमा मृत्यु भएको...
इजरायल बाट २५४ जना नेपाली घर फर्के,आज राति ९ बजे काठमाडौं पुग्ने छन

इजरायल बाट २५४ जना नेपाली घर फर्के,आज राति ९ बजे काठमाडौं पुग्ने छन

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।युद्धग्रस्त इजरायलबाट २५४ जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगम, एयर लाइन्सकाे विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट एक नेपाली ले बताय ।नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५४ जना घर फर्कन लागेका हुन् । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् । त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।   ...