५ बैशाख २०८२, शुक्रबार

संस्कृति

आरसिपि नेपालले २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाउने

आरसिपि नेपालले २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाउने

Breaking News, राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौँ उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ । फागुन १ गते काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरूको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरू गरिने पार्टी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उपत्यका बाहिर सात वटै प्रदेश र जिल्लाहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको ...
गायक मिलन मोक्तानको लाेक गित ‘पुर्वै पाँचथर‘ सार्वजनिक

गायक मिलन मोक्तानको लाेक गित ‘पुर्वै पाँचथर‘ सार्वजनिक

Breaking News, मनाेरन्जन, संस्कृति
काठमाडौं :लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ ।       आफनी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ्गमा गीत निमार्ण गरिएको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । "https://www.youtube.com/embed/R9KA7DOA-Tc?si=IlQZbfI17GLEY8El" t ...
मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

Breaking News, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न  व्यक्तिलाई पुरस्कृत गरिएको छ । समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रमा शनिबार विभिन्न १७ जना व्यक्ति तथा एउटा संस्थालाई १५ हजार राशिसहित प्रमाणपत्रद्वारा सम्मान तथा पुरस्कृत गरिएको हो । साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा आयोजित कार्यक्रमा प्रा.डा.घनश्याम न्यौपाने ‘परिश्रमी’, गान्धीराज काफ्ले, सुनील अधिकारी, तिलकप्रसाद लुइँटेल, राजन सिलवाल, अम्बिकादेवी भण्डारी, गिरिराज डल्लाकोटी, देवीप्रसाद शर्मा पन्थी, चन्द्रप्रसाद न्यौपाने, विनोद दाहाल ‘वत्स’, बाजुराम पौडेल, दुर्गा अधिकारी भमरकोटे, देवराज उपाध्याय, ममता मृदुल, मदनप्रसाद नेपाल तथा बाल प्रतिभा चक्षु भट्टराईका साथ नेपाल वेद विद्याश्रम मावि गौशालालाई पुरस्कृत गरिएको थियो । साहित्यकार तथा पूर्वप्रशासक ग...
इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष मा पंज्ञानि र सदस्य सचिवमा मरहट्टा चयन

इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष मा पंज्ञानि र सदस्य सचिवमा मरहट्टा चयन

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाल पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको भालुबाङमा भएको बस दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद रिक्त हुन पुगेको थियो । प्रगतिवादी कवि तथा निबन्धकार पंज्ञानी सो प्रतिष्ठानको सदस्यसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । पंज्ञानीलाई अध्यक्षमा चयन गरेपछि खाली भएको सदस्य सचिवमा प्रतिष्ठानकै कार्यसमिति सदस्य समेत रहेका कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई चयन गरिएको छ । अध्यक्ष पंज्ञानी तथा सदस्यसचिव मरहट्टा दुबै जना तीसको दशकदेखि निरन्तर प्रगतिवादी साहित्य लेखनमा क्रियाशील ब्यक्ति हुन । दुवै स्रष्टा नेपालको प्रगतिवादी साहित्यका क्षेत्रमा कविता र निबन्धकारका रूपमा स्थाप...
आज सहिद दिवश विभिन्न कार्यक्रम गरि मनाईयाे

आज सहिद दिवश विभिन्न कार्यक्रम गरि मनाईयाे

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाईयाे।इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौर काठमाडौंमा विशेष श्रद्धाञ्जली सभा गरियकाे छ । आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भयकाे थियाे। सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेका थिय।  माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि देशै भरि सहिदलाई स्...
अजित मिजारले न्याय नपाय संघर्षमा उत्रने विभिन्न दलित संगठनको साझा घाेषणा

अजित मिजारले न्याय नपाय संघर्षमा उत्रने विभिन्न दलित संगठनको साझा घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : ८ वर्ष अघि अन्तरजातीय प्रेम सम्बन्धका कारण हत्या गरिएका काभ्रेका अजित मिजारले न्याय नपाय सम्मा विभिन्न दलित संगठनहरुले संघर्षका कार्यक्रम गर्ने घाेषणा गरेका छन ।मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान  गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको बताए । ८ वर्षदेखि शिक्षण अस्पतालमा मिजारको शव रहँदासम्म ...
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा दिवंगत पुर्ण हमालप्रति श्रद्धाञ्जली ब्यक्त

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा दिवंगत पुर्ण हमालप्रति श्रद्धाञ्जली ब्यक्त

Breaking News, विचार, संस्कृति, स्वास्थ
काठमाडौं : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पुर्ण बहादुर हमालकाे निधन प्रति केन्द्रले श्रद्धाञ्जली ब्यक्त गरेकाे छ । शनिबार एक प्रेस वक्तव्य मार्फत दिवंगत हमाल प्रति श्रद्धाञ्जली ब्यक्त गरियकाे हाे। केन्द्रका अध्यक्ष हस्त बहादुर के.सि.द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ " बिश्वभर क्रियाशिल क्रान्तिकारी लेखक तथा पत्रकार संगठन, अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पूर्ण बहादुर हमालकाे निमाेनियाका कारण उपचारक्रममा २०८० साल माघ २ गते ६४ बर्षकाे उमेरमा अल्पआयुमै निधन भयकाे छ । उहाँ लामाे समय देखि बाथरोगले ग्रसित हुनुहुन्थ्यो उहाकाे मृत्युले हामी अत्यन्तै भावविह्वल भयका छाै । वक्तव्यमा भनियकाे छ -हाम्राे संगठन यश दुखद घडीमा बुवा पुर्ण प्रसाद हमाल प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शाेकसन्तब्द परिवार जनमा हार...
जनसाँस्कृतिक महासंघ द्वारा पुर्ण हमालकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त

जनसाँस्कृतिक महासंघ द्वारा पुर्ण हमालकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त

Breaking News, संस्कृति, समाचार
काठमाडौं :अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सङ्गठनका केन्द्रीय सदस्य जीबन हमालका बुबा पूर्णबहादुर हमालको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली वक्तब्य जारि गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक हिरामणि दु:खीद्वारा जारी वक्तब्यमा भनिएको छ ‘पूर्णबहादुर हमाल जनयुद्धका क्रममा पार्टी र आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका एकजना इमान्दार सुभेच्छुक हुनुहुन्थ्यो’ । मृतक हमालको निधनबाट आफ्नो सङ्गठन स्तब्ध भएको जनाउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सङ्गठनका सदस्य जीवन हमाल र उहँको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ, वक्तव्यमा भनिएको छ ।...
प्रा.डा. ताराकान्त पाण्डे काे पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण

प्रा.डा. ताराकान्त पाण्डे काे पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं : गत पुस २७ दाङ जिल्लाको भालुवाङमा बस दुर्घटनामा परी निधन  भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा साैन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरियकाे छ। इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका पाण्डेयकाे पार्थिव शरीरमा मंगलबार  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले पार्टीको झन्डा ओढाएर र माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिय। मंगलबार दिउँसो १२ :३० बजेदेखि २:३० बजेसम्म इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राङ्गण घट्टेकुलोमा श्रद्धाञ्जलीका लागि राखिएकाे अध्यक्ष पाण्डेयकाे पार्थिव शरीरमा उहाँकी जीवनसाथी शिला याेगी, छाेरी ज्वाइँ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्यहरू, नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल, सञ्चारमन्त्री रेखा शर्मालगायत साहित्य तथा...
नेपाली राजनीतिमा तिनवटा धारा बिद्यमान छन,क्रान्तिकारी धारा नै मुल जनपक्षीय धारा हाे : सिपि  गजुरेल

नेपाली राजनीतिमा तिनवटा धारा बिद्यमान छन,क्रान्तिकारी धारा नै मुल जनपक्षीय धारा हाे : सिपि गजुरेल

Breaking News, राजनीति, विचार, शिक्षा, संस्कृति
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य तथा भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष सीपी गजुरेलले अहिले नेपाली राजनीतिमा तीनवटा धाराहरु रहेकाे बताय ।यथास्थितिवादी, प्रतिगामी र अग्रगामी÷क्रान्तिकारी धारा (जनगणतन्त्रवादी) विद्यमान रहेको भन्दै अग्रगामी र क्रान्तिकारी धाराको नेतृत्व क्रान्तिकराी कम्युनिस्ट पार्टी, नेपालले गरिरहेको स्पष्ट पारे । अहिले यथास्थितिवादीहरुले जनगणतन्त्रवादीहरुलाई घेराबन्दि गरेको चर्चा गर्दै अहिले कमजोर जस्तो देखिए पनि विजयी हुने राजनीतिक लाइन (धारा) यही नै भएको नेता गजुरेलले दाबी  गरे। शुक्रबार काठमाडौंकाे घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयाेजित "१२ओैं भक्त बहादुर श्रेष्ठकाे स्मृति दिवस"का दिन नेता गजुरेलले भने  "पार्टीको क्रान्तिकारी लाइनका विषयमा कसैसँग सम्झौता नगरेको र यो नै सबैले कम्युनिस्ट क्रान्तिकारी हर...