तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ सम्पन्न : २४ बिधामा कसकसले पाए अवार्ड( सुचि सहित)
काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम एक्टिभ म्युजिक प्रा।लि।का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेको शभापतित्वमा प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगर को प्रमुख आतिथ्यता तथा
नेपाल सरकारका पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम वाईबा तामाङ को बिशेष आतिथ्यतामा सम्पन्न भयो ।
जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रम संचालन लोक गायीका रासी रिजालले गर्नु भएको थियो ।
कार्यक्रममा सुप्रिम बोर्डिङ स्कुल सामाखुसीका प्रिन्सिपल ओमकार लम्साल,युवा व्यवसायी साथै समाजसेवी घनस्याम भट्टराई,चलचित्र निर्देशक अमर वली,गायक रुपक डोटेल, सुटमाला सटिङ् एण्ड सुटिङ् सेन्टरका प्रोपाईटर राज कार्की, वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक कृष्ण स्वर्णकार लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्ति तथा समाजसेवी एवं ब्यवसायी र संगीत क्ष...







