
सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले बुझाए प्रधानमन्त्री लाई ज्ञापनपत्र
१४ फाल्गुन काठमाडौं । ।जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । आईतबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका हुन् ।
१० बर्षे जनयुद्धमा सहादात प्राप्त गर्ने महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारी नेतृत्वको टोटीले ज्ञापन पत्र बुझाएको हो । एक सय बढी सहिद तथा बेपत्ताका परिवारहरुको उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा १४ वटा माग राखिएको छ ।
जनयुद्धको महान् लक्ष्यलाई संस्थागत गर्ने र सहिद तथा बेपत्ता योद्दाहरुको सपनालाई साकार पार्ने तर्फ नेपाल सरकारको गभ्भीर ध्यान जाओस् भन्दै उनीहहरुले सहिद तथा बेपत्ता परिवारले अनुभूत गर्ने गरी आफ्ना मागको सुनुवाई गर्न अनुरोध गरेका छन् ।
‘महान् जनयुद्धको राजनैतिक लक्ष्य प्राप्तिको लागि पहलकदमी लिइय...