२ कार्तिक २०८१, शुक्रबार

नेकपा बहुमतका केन्द्रीय सदस्य रामचन्द्र बलामी काे स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडौँ :नेकपा (बहुमत) का केन्द्रीय सदस्य रामचन्द्र बलामीको स्मृति र सम्मानमा पार्टी केन्द्रीय कार्यालयले बुधबार काठमाडौँकाे अनामनगर स्थित संवाद डबलीमा अपराह्न १ बजे  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयकाे छ ।

पार्टी संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, पार्टी केन्द्रीय कार्यालय सदस्यहरू, दिपक , प्रविण ,सचिवालय सदस्यहरू,  पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, विभिन्न जवस,मोर्चाका प्रमुख, पदाधिकारी र सदस्यहरूले बलामीकाे फाेटामा अविर र पुष्प गुच्छाले श्रद्धाञ्जली प्रकट गरेका थिय ।

कार्यक्रम काे संचालन प्रवक्ता हेमन्त प्रकाश वलि सुदर्शनले गरेका थिय भने बलामी काे पृष्ठभूमि काे बारेमा कार्यलय सदस्य उदय बहादुर चलाउने दिपक र गुणराज लाेहनि ले बाेल्दै बलामी का क्रान्तिकारी गुण आनिवानि बाट हामी सबैले सिक्नुपर्ने बतायका थिय । पार्टी संयोजक कन्चनले बलामी एक सच्चा क्रान्तिकारी निडर ईमानदार  नेता हुनुहुन्थ्यो र उहाले अवकाे क्रान्ति गर्ने पार्टी बहुमत बाहेक अरु नभएको भन्दै पार्टी मा सामेल हुनुभयो । पार्टी पुंनर्गठन भय पछि पहिलाे केन्द्रीय सदस्य गुमाएका छाै र पार्टीलाई अपुरणिय क्षति भयकाे बताय। बलामीका परिवारलाई पार्टीले पुर्ण सहयाेग गर्ने र उहाकि छाेरीहरुकाे पढाइमा पार्टीले जिम्मा लिने र उहाले छाेडेका अधुरा काम पूरा गर्न नेकपा बहुमत हर्दम लागि पर्ने प्रतिबद्ध ब्यक्त गरे ।

बलामीको ६० वर्षको उमेरमा गत बिहीबार काठमाडौँ महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पार्टी नेता बलामीको निधनपछि नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शोक वक्तव्य जारी गरी उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र पार्टीपङ्क्तिप्रति समवेदना प्रकट गरेका थिए ।
गत बिहीबार नै पशुपति आर्यघाटमा बलामीको सम्मानमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपा (बहुमत) का संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता हरिभक्त कँडेललगायत कयौँ कम्युनिस्ट नेता–कार्यकर्ताले उनको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए । सोही दिन उनको अन्तिम संस्कार गरिएको थियो । कम्युनिस्ट नेता बलामीका जीवनसँगिनी सुशीला बलामी, छोरा रोशन बलामी, छोरीहरू रोजिना बलामी श्रेष्ठ, स्मृति बलामी र आकृति बलामी छन् ।