२ कार्तिक २०८१, शुक्रबार

प्राथमिक तह स्थायी शिक्षकका लागि विज्ञापन खुल्यो कुन जिल्लामा कति हेर्नुहोस

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज प्राथमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो ।

सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । काेशी प्रदेशमा १३५५, मधेस प्रदेशमा १११७, बागमती प्रदेशमा १३४१, गण्डकी प्रदेशमा ८६१,लुम्बिनी प्रदेशमा ५३८, कर्णाली प्रदेशमा ४७२, र सुदुरपश्चिम प्रदेशमा ४२९ गरि जम्मा ६ हजार १३ जना स्थायी शिक्षक माग गरेकाे हाे ।
न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

बिज्ञापन कुन जिल्लामा कति हेर्नुहाेस :