११ श्रावण २०८१, शनिबार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) जिल्ला समिति ललितपुरको प्रथम भेला सम्पन्न

नेकपा बहुमत निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) ललितपुर जिल्लाको  प्रथम भेला  महालक्ष्मी नगरपालिका वडा न.९ लामाटार ललितपुर मा सम्पन्न भयकाे हाे ।
ज्ञानेन्द्र ताण्डुकार काे अध्यक्षता, राज श्रेष्ठ संचालन , स्वागत मन्तब्य रिन छिङ शेर्पाले गरेकाे उक्त कार्यक्रममा प्रमुख अतिथि किसान महासंघ का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ , बिशेष अतिथि नेकपा बहुमत ललितपुरका ईन्चार्ज दिल , संयाेजक केबि मल्ल ( डेविड ) ,अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय सदस्य राम बहादुर सिंह ( रेडियम ), अखिल नेपाल महिला संगठन  क्रान्तिकारी कि केन्द्रीय उपाध्यक्ष पवित्रा , किसान महासंघ का केन्द्रीय सचिव  तथा वाग्मती ब्युरो ईन्चार्ज दावा , युवा जन स्वयंमसेवक नेपाल केन्द्रीय कोषाध्यक्ष  कविता, नेकपा बहुमत  ललितपुरका सबै  नगर पालिका ईन्चार्ज र एक सय पचास  जना भन्दा बढि ललितपुर का किसान दाजु भाइ तथा दिदी बहिनिहरुकाे सहभागितामा जिल्ला भेला सम्पन्न भयकाे हाे ।

 भेलामा सबै अतिथिहरुले बाेल्दै किसानका आधारभुत समस्याहरुकाे पहिचान गरि नेपालमा उत्पादन भयका हरेक बस्तुकाे बजारिकरण गर्न र  समस्या हरुकाे हल गर्न    सबै किसानहरु एक भयर संघर्ष गर्नका लागि प्रतिबद्ध हुनु पर्ने बताय । ज्ञानेन्द्र ताण्डुकारकाे संयाेजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयाेजक समिति निर्माण गर्दै भेला सम्पन्न भयकाे हाे ।